Tuesday, April 21News That Matters

खेलकुद

दशौँ नारदमुनि स्मृति गोल्ड कप : त्रियुगालाई हराउँदै एभरेष्ट सेमिफाइनलमा

दशौँ नारदमुनि स्मृति गोल्ड कप : त्रियुगालाई हराउँदै एभरेष्ट सेमिफाइनलमा

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट पूर्णपुष्टि माघ १८ । एभरेष्ट फुटबल क्लब सुनसरी दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको सेमीफाइनलमा पुगेको छ । शुक्रबार बसाहास्थित नारदमुनि थुलुङ स्मृति रङ्गशालामा भएको अन्तिम क्वाटर फाइनल खेलमा न्यू त्रियुगा स्पोर्ट फुटबल क्लब सप्तरीलाई ० गोलको विरुद्ध १ गोल गर्दै एभरेष्ट फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो । एभरेष्टका लागि जर्सी नम्बर ९ का आशिष चापागाईले ५८ मिनेटमा पेनाल्टी सुटआउट मार्फत गोल गरे । उनले पेनाल्टी सुटआउट मार्फत गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस खेलको म्यान अफ द म्याच एभरेस्टका जर्सी नम्बर ९ का आशिष चापागाई बने । त्रियुगालाई हराएर सँगै एभरेष्टले झापासँगको सेमिफाइनल भेट पक्का गरेको हो । भोलि सलहेश युवा क्लब सिराहा र बागमती युवा क्लब सर्लाहीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्र...
स्व. लालशेर राई स्मृति मेयर कपको उपाधि बोक्सेलाई

स्व. लालशेर राई स्मृति मेयर कपको उपाधि बोक्सेलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १८ । स्वर्गिय लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले जितेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा वडा नं. १२ डिएमगेटलाई १ गोलको विरुद्ध ४ गोल गर्दै बोक्सेले उपाधि हात पारेको हो । पहिलो हाफको निर्धारीत समय सम्म दुबै टिमले गोल रहित बराबरी खेलेको थियो । दोस्रो हाफको सुरुवती ३७ औँ मिनेटमा जर्सि नं. १० का अर्जुन मगरले गोल गर्दै बोक्सेलाई आग्रता दिलाएका थिए भने खेलको ४७ औँ मिनेटमा मगरले व्यत्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । बोक्सेको लागी जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का लकि राईले सम्मान १–१ गोल गरे । खेलको ६६ औँ मिनेटमा रविसंकर चौधरीले डिएमगेटका लागी सान्त्वना गोल गरे । यस खेलको म्यान अफ द म्याच बोक्सेका दिपक मगर बने । उपाधि विजेता बोक्सेले नगद रु. ५० हजार सहित ट्रफि, मेडर र प्रमाणपत्र प्रा...
स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई

स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
बिजय कुमार राई उदयपुर,  १७ माघ । जिल्लाको सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले चुमेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा बोक्सेले वडा नं. १२ डिएमगेटलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो हाफको निर्धारीत समय सम्म पनि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको सुरुवती ३७ औँ र ४७ औ मिनेटमा बोक्सेका तर्फबाट जर्सि नं. १० का खेलाडी अर्जुन मगरले व्यत्तिगत २ गोल गर्दै टिमलाई अग्रता दिलाए भने बोक्सेकै अर्का खेलाडि जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का खेलाडि लकि राईले सम्मन १–१ गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए । यता वडा नं. १२ को तर्फबाट भने रविसंकर चौधरीले खेलको ६६ औँ मिनटमा १ गोल गरे पनि थप गोल गर्न टिम असफल रह्यो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि...
सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनी गोल्ड कपको सेमिफाईनलमा

सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनी गोल्ड कपको सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १७ । सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहिबार बसाहास्थित नारदमुनि थुलुङ स्मृती रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई एक गोलको विरुद्ध दुई गोल गर्दै सलहेश युवा क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरेको हो । सलहेश युवा क्लबका लागि खेलको २३ औँ मिनेटमा जर्सी नम्बर ७ का विदेशी खेलाडी श्याम मुर्मुले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ४० औँ मिनेटमा जर्सी नम्बर १२ का रोहन कार्कीले गोल गर्दै एलेक्स सिटी फुटबल क्लबलाई खेलमा फर्काए । तर, खेलको ६० औँ मिनेटमा जर्सी नम्बर १७ का मिलन राईले सलहेश युवा क्लबका लागी दोस्रो गरे । यस खेलको म्यान अफ द म्याच जर्सी नम्बर १७ का मिलन राई बने । एलएक्सलाई हराएको सलहेशले यस अघि संकटालाई हराएको बागमतिसँगको सेमिफाईनल भेट पक्का गरेको छ भने भोली न्...
झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

झापा १० औँ नारदमुनी गोल्ड कपको सेमिफाइनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १६ । झापा ११ फुटबल क्लब १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बुधबार चौदण्डिगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको दोस्रो क्वाटर फाईनल खेलमा आयोजक बसाहा क्लबलाई शून्यको विरुद्ध एक गोल गर्दै झापा सेमीफाइनलमा प्रवेश गरेको हो । झापाका लागि जर्सी नम्बर १८ का (कप्तान) पेमा तामाङले ७९ औँ मिनेटमा गोल गरे । उनले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । भोली हुने तेस्रो क्वाटर फाईनल खेल सलहेश युवा क्लब (सिराहा) र एलएक्स सिटी फुटबल क्लब (मोरङ्ग) बिच हुनेछ । भोली हुने तेस्रो क्वाटर फाईनलको विजेताले बागमति युवा क्लब (सर्लाही) सँग सेमिफाईनल खेल्नेछ भने न्यु त्रियुगा स्पोर्टस क्लब (सप्तरी) र एभरेष्ट फुटबल क्लब (सुनसरी) बिचको चौँथो क्वाटरफाईनलको विजेताले झापासँग सेमिफाईनल खेल्नेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी...
उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप सुरु, उद्घाटन खेलमा बागमति विजयी

उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप सुरु, उद्घाटन खेलमा बागमति विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १५ । उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप फूटबल प्रतियोगिता २०८१ सुरु भएको छ । मंगलबार बसाहा युवा क्लबद्धारा आयोजित १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकपको उद्घाटन एमाले कोशी प्रदेश इन्चार्ज तथा कोशि प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राइले गरेका हुन् । चौदन्दीगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको पहिलो उद्घाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन बागमती युबा क्लब सर्लाहीले संकटा फूटबल क्लब काठमाण्डुलाई १–० गोल अन्तरले हराएको हो । बागमतिका लागी जर्सी नं. १४ का सनम धिमालले ७२ औँ मिनेटमा गोल गरे । उनको त्यहि गोल नै जितका लागी निर्णायक गोल बन्यो । ८ टिमको सहभागी रहेको गोल्डकप यहि माघ २२ गते सम्म संचालन हुनेछ । भोली हुने दोस्रो क्वाटरफाईनल खेल आयोजक बसाहा क्लब र झापा फुटबल क्लबबिच हुनेछ । उपाधी बिजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ...
पूर्व जनमुक्ति सेना फुटवल प्रतियोगिता : पालिका अध्यक्ष मोक्तानको गोलमा सिन्धुली बिजयी

पूर्व जनमुक्ति सेना फुटवल प्रतियोगिता : पालिका अध्यक्ष मोक्तानको गोलमा सिन्धुली बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १३ माघ । पूर्व जनमुक्ति सेना नेपाल त्रियुगा नगर कमिटी उदयपुरको आयोजनामा भएको फुटवल प्रतियोगितामा सिन्धुली बिजयी बनेको छ । पूर्व जनमुक्ति सेना नेपाल उदयपुर र जनमुक्ति सेना नेपाल सिन्धुली जिल्ला बिचको मैत्रिपूर्ण खेलमा १÷० ले सिन्धुली बिजयी बनेको हो । सिन्धुलीको तर्फबाट मरिण गाउँपालिका अध्यक्ष समेत रहेका बिमर्श मोक्तानले गोल गरेका थिए । अन्तत अध्यक्षको मोक्तानको गोलनै निर्णायक बन्यो । लिग चरणमा सिन्धुली र उदयपुरका पूर्व जनमुक्ति सेना, माओवादी नेता, र योङ कम्युनिस्ट लिग (वाईसिएल) गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए । आयोजक संयोजक अर्जुन तामाङका अनुसार महिला र पुरुष पूर्व लडाकु खेलाडीहरूको समान सहभागिता खेलमा देखिएको थियो । विजेता टिम सिन्धुलीलाई माओवादी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला सचिव तथा एन्फा महासचिव किरण राई...
चौदण्डीगढीमा जिल्ला स्तरीय ८ औं मेयर कप ब्याटमिन्टन सुरु

चौदण्डीगढीमा जिल्ला स्तरीय ८ औं मेयर कप ब्याटमिन्टन सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टी, माघ ११ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जिल्ला स्तरीय आठौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ आज (शुक्रबार) देखि सुरु भएको छ।राष्ट्रको लागि खेल्कुद, स्वास्थको लागि खेल्कुद भन्ने मुल नाराका साथ बसाहा ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रतियोगिता बसाहास्थित स्वर्गीय सनात कुमार राई कबर्ड हलमा सुरु भएको हो । प्रतियोगितामा ए डिभिजनका १६, बि डिभिजनका ५७ र ४५ + भेटान्समा २९ र ५५ + भेटान्समा १६ टिम गरि जम्मा ११८ टिमले सहभागी जनाएकाे छ । ए डिभिजनका प्रथमले नगद रु. २५००० सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोले नगद रु. १५००० सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रोले नगद रु. १०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ । त्यस्तै बि डिभिजनका प्रथमले नगद रु. २०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोले नगद रु. १०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रोले नगद रु. ८००० सहित ...
छैटौं चौदण्डीगढी मेयर कप फुटबल आजदेखि सुरु

छैटौं चौदण्डीगढी मेयर कप फुटबल आजदेखि सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ ७ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नगरको वडा नम्बर ६ स्थित कालिका माध्यामिक विद्यालयको मैदानमा हुने उद्घाटन खेलमा वडा नम्बर ९ र वडा नम्बर ३ बीच प्रतिस्पर्धा हुने छ । नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरका अनुसार प्रतियोगितामा नगरका १० वडामध्ये वडा नम्बर १ बाहेक ९ वटा वडाले सहभागिता जनाउँदैछन् । आजदेखि सुरु हुने प्रतियोगिता माघ १२ गतेसम्म चल्नेछ । विजेताले नगद ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा दैनिक म्यान अफ दि म्याच घोषणा गरिनुका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने छ । यस वर्षदेखि नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल प्रद...
उदयपुरगढी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड शुरु

उदयपुरगढी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड शुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष २३ । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ बाहुनीटारमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । धुवाजन माविको आयोजना र गाउँपालिकाको संयोजनमा आयोजित प्रतियोगितामा गाउँपालिकाभरका १६ विद्यालयका विद्यार्थीहरू सहभागी छन् । गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक बविन राईका अनुसार विद्यार्थीहरूले भलिबल, एथलेटिक्सका विभिन्न खेल र छेलो हान्ने लगायतका प्रतिस्पर्धामा भाग लिनेछन् । गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा उपाध्यक्ष जितबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईं, विभिन्न वडाका अध्यक्षहरू, गाउँपालिका प्रवक्ता सहेक विश्वकर्मा, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।...