Thursday, May 7News That Matters

बिचार

गरिबको मुहारमा खुसी बाँड्न चाहन्छु : अध्यक्ष राई

गरिबको मुहारमा खुसी बाँड्न चाहन्छु : अध्यक्ष राई

बिचार
भोजपुरको एउटा विकट तर थुप्रै सम्भावना बोकेको पालिका हो “आमचौक गाउँपालिका” । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले यसको मुहार फेर्ने प्रयास गरिरहेका छन् । जनप्रतिनिधिहरुको तर्फबाट पालिकाको नेतृत्व एक प्रभावशील युवा नेता अशोक राईले गरिरहेका छन् । नेकपा केन्द्रको तर्फबाट जीतेका अध्यक्ष राई, आफुलाई राजनीतिक दलको कार्यकर्ता भन्दा पनि  सम्पूर्ण आमचौकबासी नागरिकहरुको नेतृत्व (जनप्रतिनिधि) हो भन्ने हेतुले काम गरिरहेको दावी गर्छन् । पालिका र पालिकाबासीको विकास र समृद्धिका लागि थुप्रै योजनाहरु बनाई सकारात्मक पहल, प्रयासका साथ विकासे कदम पनि अगाडि सारिरहेको पाइएको छ । जहाँ इमान्दारिता त्यहाँ विकास भन्ने मान्यता राख्ने अध्यक्ष राई विकास र उन्नतीले पछि परेका, विकट अनि ग्रामिण भेगका आफ्नो पालिकाबासीको निम्न स्तरलाई माथि उकास्न चाहन्छन् । १ नंं प्रदेश मध्ये मै सबैभन्दा बढि पूजीगत खर्च गर्न ...
हो, म ठूलै सपना देख्छु : मेयर चौधरी

हो, म ठूलै सपना देख्छु : मेयर चौधरी

बिचार
उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उनका थुप्रै सपनाहरु छन् । मेयर बनिसकेपछि पुरै नगरबासी र नगरको विकास र समृद्धिको चिन्ता र सपनामा डुब्नुपर्ने अवस्था रहेको बताउने मेयर चौधरी करिब अढाई वर्षको कार्य अवधिमा थुप्रै योजना र कामहरु भएको दावी गर्छन् । महत्वकांक्षी मेयरको रुपमा चिनिने चौधरी ठूलै सपना नदेखे प्रगती हाँसिल गर्न नसकिने मान्यता राख्छन् । पत्रकारहरुको क्षमता बृद्धि र पत्रकारिता प्रवद्र्धनमा प्रतिबद्ध रहेको मेयर चौधरीले पत्रकारहरुलाई ल्यापटप बाँडेको आरोप पनि खेपे । आप्mनै कार्यकालमा त्रियुगालाई उपमहानगरपालिको हैसियत दिने लक्षका साथ अगाडि बढेका चौधरीको नगर र नगरबासीप्रतिको दृष्टिकोण, कामहरुको समिक्षा र भावी योजना, सपनाको बारेमा पूर्णपुष्टि मिडियाले गरेको सम्बाद प्रस्तुत छ : पूर्णपुष्टि : अहिले मेयरको भुमिका निर्वाह गरिरहदाको अवस्थामा कस्तो अनुभुति भइरहेको छ ? मेयर : एउट...
बढ्दो सम्बन्ध विच्छेदबारे सोचौँ

बढ्दो सम्बन्ध विच्छेदबारे सोचौँ

बिचार
जिल्ला अदालत उदयपुरले भर्खरै सार्बजनिक गरेको तथ्यांकले श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेदको अवस्था बढ्दो रहेको आकडा देखाएको छ । तीन आर्थिक वर्षको अवस्थालाई हेर्दा क्रमिकरुपले सम्बन्ध विच्छेदको घटना बढ्दो रहेको छ । आथिंक वर्ष ०७३/०७४ मा १३६ वडा सम्बन्ध विच्छेद रहेकोमा ०७४/०७५ मा १५८ वटा हुदै ०७५/०७६ मा २४३ पुगेको छ । सम्बन्ध विच्छेदको यो आकडाले  सोच्न बाध्य बनाएको छ । सोचौं कि, समाजमा यसरी सम्बन्ध विच्छेद हुदै जाने हो भने अवस्था कस्तो होला रु पारिवारिक अवस्था र आश्रित वालवालिकाको अवस्था के होला रु सम्बन्ध विच्छेद बढिरहेको छ किन रु भन्ने अर्को प्रश्न टड्कारो छ । सम्बन्ध विच्छेदको कारणहरु पनि पत्ता लगाउन जरुरी छ । सामाजिक रुपमा चलेको प्रशंगका आधारमा हेर्ने हो भने धेरै जसो बैदेशिक रोगजारका कारण सम्बन्ध विच्छेद बढिरहेको छ । श्रीमान् वा श्रीमती रोजगारीका लागि विदेश गईसकेपछि श्रीमान् र श्रीम...
सरकारी गाडीको दुरुपयोग बढ्दो

सरकारी गाडीको दुरुपयोग बढ्दो

बिचार
गएको शनिबार प्रहरीले एक प्रशंसनीय काम नै गर्यो । उसले छाडारुपले गुडिरहेको सरकारी गाडीलाई नियन्त्रणमा लियो । प्रशासन कार्यालयको पास नै नलिई आफुखुसी विदाका दिन प्रयोग गर्ने ९ वटा सवारी साधन प्रहरी नियन्त्रणमा पर्यो । यसरी सरकारी सवारी साधनको दुरुपयोग गर्ने कुनै पनि कर्मचारीलाई छुट छैन । यो कानून, नियम विपरित कार्य हो तर, नियमन निकायले यसको निगरानी र कडाई गर्न सकिरहेको छैन । उसले कडाई गर्न नसकेको प्रतिफल नै यसरी छाडारुपमा सरकारी सवारी साधनहरु विदाका दिन पनि आफुखुसी चलिरहेको ।  सरकारी निकाय जो आफैले नियमको खिलाफ चल्नु सामान्य कुरो हैन । त्यस्तालाई कडाइ गर्नु र दण्ड सजाय भोगाउनु पर्ने काम पनि नियमन निकायकै हो । तर, यस्ता काम भईरहेको छैन । उदयपुर जिल्लामा नयाँ सिडियोको आगमन, नयाँ सुरक्षा प्रमुखहरुको आगमन जस्ता कुराले पनि यो केही सक्रियता देखिएको वा देखाइएको हुनसक्छ । सुरुमा केही सक्रियता देखा...
लागू औषध दूब्र्यसन रोक्न, मनैदेखिको प्रतिबद्धताको खाँचो

लागू औषध दूब्र्यसन रोक्न, मनैदेखिको प्रतिबद्धताको खाँचो

बिचार
यतिबेला जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेकाहरु मध्ये अधिकांश लागू औषधमा संलग्न छन् । यसले उदयपुरमो लागूऔषध दूब्र्यसनको अवस्था जटिल बन्दै गईरहेको संकेत गर्दछ । यसमा बढिजसो किशोराअवस्था र युवाअवस्थाका छन् । सेवन गर्ने वा कारोवार गर्ने दुबै यिनै उमेर समुहका छन् । यसले समाजमा एकतिर विकृति, विसंगती, हिंसा बढाउदैछ भने अर्कोतिर भविष्यका राष्ट्र हाक्ने पुस्ता कतातिर लाग्दैछ भन्ने प्रश्न उठाएको छ । भविष्यका भरोसा युवाहरुले लागूऔषधमा जिन्दगी बेकार फाल्दैछन् । लागू औषधमा फसिसकेपछि उकास्न ज्यादै मुस्किलको कुरो हो । त्यसैले सकेसम्म युवाहरुलाई फस्नबाट जोगाउनु नै बेस् । यो बुभ्mनु जरुरी छ । खासगरी गलत साथीको संगतले दुब्र्यसनमा फस्ने गरेको पाईन्छ । साथीको लैलैमा लागेर रमाईलो गर्ने, अरुलाई तामझाम देखाउने वा अनावश्यकरुपले तनाव, झमेला व्यवस्थापनको नाममा लागू औषध सेवन गरिदिने र त्यसैमा गहिरो ...
फेसबुकमा फोटो कम गर्ने हो की, नेता तथा जनप्रतिनिधी ज्यूहरु

फेसबुकमा फोटो कम गर्ने हो की, नेता तथा जनप्रतिनिधी ज्यूहरु

बिचार
पहरा कान्छा बेलाबेलामै निकै रोचक प्रशंग चर्चा हुने गर्छ । “काम भन्दा प्रचार बढी”, “राहत भन्दा सेल्फी बढी” यस्तै यस्तै । हुन पनि कतिपय ठाउँमा अचाक्कलीरुपमा फेसबुके प्रचार अस्वभाविकरुपले भईरहेको पाईन्छ । यतिबेला “फेसबुके जनप्रतिनिधिहरु”को जो चर्चा छ । कहिले काँही चाहिदो र भएको भन्दा बढि नै पोष्ट गरेको भन्दै टिकाटिप्पणी हुने गरेको छ । भरखरै राहतकै सिलसिलामा सांसदबृत्तमा यो राम्रै चर्चा चल्यो । भिषण वर्षाले धनजनको क्षती पुर्यायो । उदयपुरको दुई पहाडी पालिकाहरु लिम्चुङबुङ र ताप्लीमा खाद्य्य संकट पर्यो । जनप्रतिनिधि र जनप्रतिनिधिको पहलमा ती पालिकाहरुमा प्रदेश सरकारले राहतस्वरुप खाद्यान्न उपलब्ध गरायो । खाद्यान्न सडक अवरुद्धका कारण हेलिबाट ढुवानी गर्ने प्रवन्ध पनि मिलाईयो । नेपाली सेनाको हेलीले राहत पालिकाहरुमा पुर्यायो तर, सरकारले छुट्याएको सबै राहत पुर्याउन भने सकेन । ढुवानी महंगो परेको भन...
छुवाछुत अन्त्य ः बोलिमा हैन, व्यावहारमा चाहियो

छुवाछुत अन्त्य ः बोलिमा हैन, व्यावहारमा चाहियो

बिचार
झनक बहादुर विश्वकर्मा देश अहिले छुवाछुत मुक्त राष्ट्र घोषित भई संविधानको प्रस्तावनामा नै सामन्ति निरङ्कुश र केन्द्रिकृत एकात्मक राज्य व्यावस्थाले सिर्जना गरेको सवै प्रकारका विभेदहरु र उत्पिडनको अन्त्य गर्दै जातिय क्षेत्रिय भाषिक, धार्मिक, लैङ्गिक विभेद र सवै जातिय छुवाछुतको अन्त्य गरी आर्थिक समान्ता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता मुलक सिद्धानतका आधारमा समतामुलक समाज निर्माण गर्ने संकल्प गरिएको छ । नेपालको संविधानको मौलिक हक अन्र्तगत धारा २४ मा छुवाछुत भेदभाव विरुद्धको हक र धारा ४० मा दलितको हकको व्यावस्था गरिएको छ । यि त भए कानुनी व्यावस्थाको कुरा तर आज पनि नेपाली समाजमा कही कतै राज्य र समाज भित्र सामान्ति ब्राहमणबादी चिन्तनले घर गरी रहेको छ कि भन्ने आभाष हुन जान्छ । समाजको मनोविज्ञान एकातिर धर्मद्धारा निर्देशित छ, धार्मिक जागरण हुनसकेको छैन । म...
मेरो देशको हस्पिटल अनि जापानको…

मेरो देशको हस्पिटल अनि जापानको…

बिचार, स्वास्थ्य
मुकेश राई, हाल जापान भरखरै भोटराज सरको एभिन्यूज रिपोर्टमा उदयपुर जिल्ला अस्पतालको दुरदशा हेरें । त्यसै नौनारी गलेर आयो । म यतिबेला जापानमा छु । भोली फर्केर म पनि त यही ठाँऊ (नेपाल) मा जाने हो । म पनि त बिरामी हुन्छु परिवारको सदस्य विरामी हुन्छन् साथी भाई बिरामी हुन्छन् । के म त्यो झन्झट र त्यो दशा भोग्न सक्छु किनकी एक प्रकारले मेरो  त्यो बानीहरु छुटी सकेको छ । अनि यहाँको बानीभित्र म लगभग रमाउन थाली सकेको छु । तरपनि मैले फर्कनु छ किनकी म हुर्केको समाज, साथी सँगी, मेरो भोगाईहरु, अनुभवहरु अझ भनौं मेरो ऊर्वर समय मैले त्यही ब्यतित गरें र म फेरि फर्केर आउँछु भन्ने मेरो मनोसङ्कल्प पनि थियो, छ । फेरि देस सम्झन्छु, अत्यास लागेर आउँछ । यहाँको भोगाईहरु त्यसैत्यसै मीठो ईर्ष्या लाग्छ । म  यहाँको सरकारी कार्यलय, हस्पिटल, सार्वजनिक ठाँऊहरु, बस र ट्रेनको यात्रा सबै ठाँऊमा केही पनि त्यस्तो सुधार गर्न...
‘……पार्टीका पत्रकार ज्यू !’

‘……पार्टीका पत्रकार ज्यू !’

बिचार
दमन राई  सानोछँदा रेडियो नेपालको घटना र विचार नछुटाई सुन्ने गर्थेँ । जोसिलो स्वरमा फरर्र खबर वाचन गरेको मलाई औधी मनपथ्र्यो । मावलीमा बस्दा हजुरबाको रेडियो सुनेर ममा रेडियोप्रतिको प्रेम सुरु भएको थियो । रेडियो सुन्दा रेडियोभित्र कत्रा–कत्रा मान्छे होलान्जस्तो लाग्थ्यो । कहिलेकहीँ त हजुरबाले जे बोल्नुहुन्छ त्यही कुरा रेडियोमा सुनिन्छ जस्तो पनि लाग्थ्यो । साँझमा बालबाटिका होस् या बेलुका प्रहरी कार्यक्रममा आउने सन्देशमुलक नाटक सकेसम्म छुटाउन मनले मान्दैनथ्यो । गाउँकै एकजना भाईको सानो रेडियो किन्नका लागि आमालाई रोईकराई गरेको अहिलेजस्तो लाग्छ । साथमा पैसा थिएन । आमाले गाउँमै सरसापटी गरेर जुटाउनु भएको पैसाले रेडियो हातमा पर्दा फुरुङ्ग बनेको थिएँ । जे होस् एक किसिमले सानैदेखि रेडियोप्रेमी बनेको थिएँ । बेलुकाको ७ बजेपछि प्रशारण हुने घटना र बिचारको वाचन र शैली सुन्दा ‘यसरी नै बोल्न पाए हुन्थ्यो’ ...