Saturday, May 16News That Matters

मनोरञ्जन

किरणको ‘तिमीलाई सलुट’ गित सार्वजनिक

किरणको ‘तिमीलाई सलुट’ गित सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ २२ उदयपुरका किरण निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिमीलाई सलुट’ बोलको गित सार्वजनिक भएको छ । बेलका नगरपालिका–५ निबासी किरणको पहिलो गित आईतबार सार्वजनकि भएको हो । नरेश भुर्तेलको म्युजिक रहेको गितमा दिनेश सुवेदीको लिरिक्स र उद्यमराज पौडेलको एरेन्ज रहेको छ । नेपाल प्रहरीमा कार्यरत किरणले पहिलो पटक गित रेकड गराएको छ । उनको गायन क्षेत्र भने शोख हो । कोरोना महामारी सामान्य भएपछि यस गितको म्यूजिक भिडियो बजारमा ल्याउने भुर्तेलले जानकारी दिएको छ । माया पिरती र रोमान्टिक मिश्रीत गितले राम्रै बजार पाउने आशा लिएको छ । https://www.youtube.com/watch?v=2i4WKilYOqw...
बलिउड अभिनेता दीलिपको भाई अहसानको निधन

बलिउड अभिनेता दीलिपको भाई अहसानको निधन

मनोरञ्जन
काठमाडौं, १८ भदौं । बलिउड अभिनेता दीलिप कुमारको दोस्रो भाई अहसान खानको बुधबार राती ११ बजे निधन भएको छ । उनी कोरोना भाइरससँग लडिरहेका थिए । अगस्ट २१ मा दीपिको अर्को भाईले पनि कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् । दीलिपको दुई भाई असलम र अहसान खान दुबै जना कोरोना पोजेटिभ थिए । उनीहरुमा अक्सिनको कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहसान खान ९० वर्ष थियो । उनी ब्लड प्रेसरको बिरामी थिए ।...
फ्यानहरुलाई आयुष्मानको ‘तेश्रो लिङ्गी’ लुक्स

फ्यानहरुलाई आयुष्मानको ‘तेश्रो लिङ्गी’ लुक्स

मनोरञ्जन
नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए । उनले, एक सिरिजका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । तर, यो गेटअप अन्य चलचित्रमा परिवर्तन गरे जस्तो साधारण खालको भने छैन । आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् । आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’ आयुष्मानले यो श्रृङ्खला ...
ट्विटरमा कसरी घटे् कंगनाको फलोअर्स ? ‘मैले नोटिस गरिरहेकी छु’

ट्विटरमा कसरी घटे् कंगनाको फलोअर्स ? ‘मैले नोटिस गरिरहेकी छु’

मनोरञ्जन
नायिका कंगना रनावतले ट्विटरमा आफ्नो दैनिक ४० देखि ५० हजार फलोअर्स कम भएको बताएकी छिन् । आफू राष्ट्रवादी भएकै कारणले गर्दा फलोअर्स कम भएको उनको तर्क छ । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्–‘हो, मैले पनि यो कुरा नोटिस गरिरहेकी छु । मलाई यो बिषयमा शंका थियो तर अब पुष्टी भयो कि ट्विटरले नै यो काम गरिरहेको छ । तपाइको फलोअर्स केही समय अगाडि ९ लाख ९२ हजार थियो, तर पछि घटेर फेरि ९ लाख ८८ हजार भयो ।’ कंगनाले जवाफमा लेखेकी छिन्–‘म यो कुरामा सहमत छु । मेरो दिनमा ४० देखि ५० हजार फलोअर्स कम भैरहेका छन् । ट्विटरले यस्तो काम किन गरिरहेको छ रु कसैलाई यो बिषयमा आइडिया छ रु’ कंगनाले यो गुनासो ट्विटर इन्डिया, ट्विटरका सीइओलाई पनि व्यक्त गरेकी छिन् । कंगनाले राष्ट्रवादी मानिसलाई हरेक स्थानमा संघर्ष गर्नुपर्ने उल्लेख गरेकी छिन् । कंगनाले आफै अनफलो भैरहेको ट्विटर प्रयोगकर्तासँग माफी पनि मागेकी छिन् । ...
बलिउड नायिका आलियाको सडक २ ले  डिस्लाइको रेकर्ड राख्यो

बलिउड नायिका आलियाको सडक २ ले डिस्लाइको रेकर्ड राख्यो

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, साउन ३० प्राय जुनसुकै फिल्म भिडियोहरुमा लाइकनै बढी आउने गरेको पाइन्छ । डिस लाईक प्राय लाइक भन्दा कम नै आउने गरेको एलिया भट्टको टेलर २ मा भने सार्वधिक डिस्लाइक आएको छ । पछिल्लो समय बलिउडको सफल नायिकाको रुपमा चिनिदैँ आएको आलियाको सडक २ को टेरले स्टारड्रम नै घटाएको अवस्था छ । टेलरमा उनले सर्वाधिक डिस्लाई कामाइन् । हाल फक्स स्टार हिन्दी नामक युटुवमा राखिएको टेलरमा ४ लाख ७७ लाइक रहेको छ भने उता डिस्लाइकमा भने ८८ लाख रहेको छ । नायक सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको छ । दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा आएको डिसलाइकलाई हेर्दा हुन्छ । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अ...
बाल गायक बिदुर शर्माको आमा सार्वजनिक

बाल गायक बिदुर शर्माको आमा सार्वजनिक

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, साउन, १५ बाल गायक बिदुर शर्माको सुमधुर आवाजमा सजिएको कणर्प्रिय गीत आमा सार्वजनिक भएको छ । नौ बर्षिय बहु प्रतिभाका धनी गायक शर्माको स्वरले सजिएको उक्त गीतमा बिमला हुमागाईले निकै नै मार्मिक शब्द कोरेका छन् । गीतको भिडियोमा समेत उनै गीतकार हुमागाई र गायक शर्माले जिवन्त अभिनय गरेका छन् । शर्मा र हुमागाईलाई भिडियोमा सचित्र उतार्ने काम भने छायाँकार मुकेश हुमागाईले गरेका छन् । गीतको भिडियोमा आफ्नो सन्तानको खुशीको लागि एउटी आमाले गरेको तमाम संघर्ष अनि पीडा मार्मिक ढंगले उतारिएको छ । गीतमा संगीत मनोज सांगसेन राईले भरेका छन् भने गीतको रेकर्डिस्ट सुरेश राई, मनोज सांगसेन राई रहेका छन् । राजु कार्कीले मिक्सीङ गरेको भिडियोमा श्रृङ्गार कविता तोलाङ्गीले गरेकी छिन् भने सम्पादन, कलरिङ प्रकाश एसकेले गरेका छन् । निकै नै उत्कृष्ट भिडियोको निर्देशन आदित्य बुढाथोकीले गरेका छन् । थुप्रै भिड...
प्रताप दासको स्वरमा रहेको ढुङ्गा मुढा’ बजारमा

प्रताप दासको स्वरमा रहेको ढुङ्गा मुढा’ बजारमा

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, असार १० गायक प्रताप दासको सुमधुर आवाजमा सजिएको ढुङ्गा मुढा’ बोलको गीत सार्वजानिक भएको छ । बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई, अंकित  मल्लको आकर्षक अभिनयले भिडियो उत्कृष्ट बनेको छ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको आकर्षक स्वरले सजिएको ढुङ्गा मुढा’ बोलको गीतको भिडियोमा श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारीक  विचलनलाई सचित्र उतारेको छ । हालै मात्र रिलिज भएको उक्त गीतको शब्द रचना बिमला हुमागाईले गरेकी  छिन भने मिठासपुर्ण स्वरमा गीतलाई अझै उत्कृष्ट बनाउन संगीत भर्ने तथा एरेन्ज गर्ने काम भने मनोज सेङसन राईले गरेका छन् । कविता  तोलाङीको शृङ्गार, मुकेश हुमागाईको छायाँकन रहेको भिडियो सम्पादन तथा कलरिङ प्रकाश एस के ले गरेका छन् । मर्मस्पर्शी ...
गाईघाट बजारमा आँपको सस्तो बजार, आँपले बजार नपाएपछि सस्तोमा बिक्रि गर्दै  (फाेटाेफिचर)

गाईघाट बजारमा आँपको सस्तो बजार, आँपले बजार नपाएपछि सस्तोमा बिक्रि गर्दै (फाेटाेफिचर)

मनोरञ्जन
पूणर्पुष्टि, असार १०, यो बर्ष आँप धेरै फलेपछि बजार भाउ सस्तो भएको छ । आँपले बजार नपाउँदा बजारमा आँप सस्तोमा बिक्रि गर्नु परेको व्यापारीहरु बताउँछन् । प्रतिकेजी ४०/५० रूपैयामा विक्री छ । विक्री नहुदा अझ सस्ताे हुने अवस्था पनि छ ।    
लिम्चुङबुङ सेरोफेरो -फोटोफिचर

लिम्चुङबुङ सेरोफेरो -फोटोफिचर

मनोरञ्जन
पूर्णपुष्टि, जेठ २५ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका विकट ठाउँमा रहेकाे सानाे गाउँपालिका भएपनि प्राकृतिक हिसावले सुन्दर पालिका हाे । पालिका हराभरा वनपाखा, खाेलानदि, झरनाले सजिसजाउ छ ।  विविध जातजाती, धर्म, संस्कार, संस्कृतिकाे पनि धनि लिम्चुङबुङ गाउँपालिकाले राम्रा, नराम्रा सबैखाले कुराहरूकाे सामना र पहल प्रयास गरिरहेकाे छ । पालिकाकाे हालकाे अवस्थाका केही झलकहरू यी तस्बिरहरूबाट प्रस्तुत छ । दाेवाटेडाँडामा एभरेष्ट भ्यूटप अाफैमा रमणीयस्थल हाे भने त्यहाँबाट मनाेरम हिमश्रृंखला तथा मनाेरमदृष्यहरू अवलाेकन गर्न सकिन्छ । अन्य ठाउँहरू झै यहाँकाे गाउँबस्ती पनि लामाे लकडाउनकाे मारमा छ भने काेराेना संक्रमणकाे उच्च जाेखिममा छन् । स्थानीय सरकार पालिका र पालिकाबासीलाइ काेराेना संक्रमणबाट जाेगाउन लागिपरेकै छ । हालसम्म पालिकामा संक्रमित भेटिएका छैनन्। गतवर्ष वर्षामा प्राकृतिक नाकाबन्दी पर्दा...
प्रम ओलीको रचना रहेको गीति एल्बम विमोचन

प्रम ओलीको रचना रहेको गीति एल्बम विमोचन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेठ २५ गते । प्रधानमन्त्रीत केपी शर्मा ओली लगायतको रचना रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारमा सानुकान्छा तामाङ र मुगा कार्कीले गीति एल्बमको विमोचन गर्नुभएका हुन् । राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित ५ रचनाकारको गीत समावेश गरिएको छ । प्रधानमन्त्री ओलीले रचना गर्नुभएको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् । त्यस्तै पौडेलको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिएका छन् । रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राज...