राष्ट्रीय संगितकर्मी संघ गण्डकीमा गौतम
पूर्णपुष्टि,मंसिर २३
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनमा कृष्णप्रसाद गौतम चयन भएको छ । शनिवार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको अधिवेशनले गौतमलाई नेतृत्वमा ल्याएको हो ।
अधिवेशन चर्चित कलाकार, चलचित्र निर्माता तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रीय महासचिव बिक्रमजंग शाहको प्रमुख आतिथ्तामा सम्पन्न भयो ।
अधिवेशनमा बोल्दै शाहले कलाकारहरुको हकहितका लागि राष्ट्रिय संगितकर्मी संघ स्थापना गरिएको बताउनुभयो । उहाँले सम्पुर्ण कलाकारहरु एकजुट हुन जरुरी रहेको समेत बताउनुभयो । शाहले अझै पनि समाजलाई मनोरन्जन मार्फत समाजका विकृति विसंगति केलाई देश विकासमा योगदान पुराउने कलाकारहरुलाई राज्यले कदर नगरेको समेत दाबी गर्नुभयो । कलाकारलाई राष्ट्रको गहना भनिन्छ तर व्यवहारमा कलाकारहरु पिडित रहेकाले उहाँको भनाई थियो । अब कलकारहरु एकजुट भएर आफ्नो समस्या राज्य...









