Saturday, May 16News That Matters

मनोरञ्जन

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/सोलुखुम्बु, चैत २० गते खोटाङ खार्मीकी गायिका रेणुका राईले पुर्वेली जुहारी ‘बार लाउ है मायाले’ बजारमा सार्वजनिक गरेका छन् । गीतकार शिखर गजरकोटेको रचना, संगीतकार प्रियजन राईको भाका सृजनामा भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत पुर्वेली जुनतारा म्यूजिक मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । मौलिक शब्दजालमा तयार पारिएको गीतको भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् । जनकराज अधिकारीले क्यामरा चलाएको भिडियोमा ऋतु कोईराला, समिर राई र हरिचन्द्र राईले अभिनय गरेका छन् । भिडियोमा कलाकारले पहिरिएका मँैलिक भेषभुषाले अझ लोक प्रेमीको मनलाई लोभ्याएको छ । गीतमा समाबेश शब्दको पुरा अंश– बार लाउ है मायाले आँफैले शुरु गरेको प्रित पार लाउ है मायाले मुसलधारे पानी है परयो दुधकोशी सुसायो आँखाको भाका मनैले बुझ्यो पिरती टुसायो जिउडाल हेर्दा ...
प्रथम खोटाङ आईडल : तेजकुमार

प्रथम खोटाङ आईडल : तेजकुमार

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/खोटाङ, फागुन ५ गते -प्रथम खोटाङ आईडल, १६ वर्षीय तेजकुमार राई बनेका छन् । शनिबार राति दिक्तेलमा सम्पन्न फाईनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आईडल बनेका हुन् । आईडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना सँगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । विजेता राईलाई दिक्तेलस्थित ईटिसी मोवाईल सेन्टरले २१ हजार मुल्य बराबरको मोटोरोला मोवाईल प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा स्कलरसिपमा कक्षा ९ अध्ययनरत राई केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका हुन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आईडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो...
बासुरी र संवाद

बासुरी र संवाद

मनोरञ्जन
-उदयपुरका एक पुरानो सर्जकको रुपमा परिचित लोकु चामलिङसंगको बासुरी कला र संवाद प्रस्तुत छ । https://www.youtube.com/watch?v=sSEbDTH3dm8
चलचित्र ‘यारी’को उत्कृष्ट प्रदर्शन

चलचित्र ‘यारी’को उत्कृष्ट प्रदर्शन

मनोरञ्जन, समाचार
प्रमिला वान्तावा राई/ धरान, फागुन ९ गते -चलचित्र विकास बोर्डबाट यसैसाल सम्मान थापेको चलचित्र ‘यारी’ सोमबार धरानमा प्रदर्शन गरिएको छ । किरात राई जातिको मौलिक संस्कार, सँस्कृति, रितीरिवाजमा आधारित चलचित्र यारीको प्रदर्शनले भब्यता पाएको थियो भने दर्शकहरुले चलचित्र हेरिसकेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको आयोजनामा धरानको गणेश टाकिजमा यारी प्रदर्शन भएको थियो । बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले सँस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताउनुभयो । चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको निर्देशक राईले बताउनुभयो । चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्त...
कान्तिपुर आईडल प्रतिष्पर्धाको अन्तिम चरणमा उपेन्द्र सहयात्री (भिडियोसहित)

कान्तिपुर आईडल प्रतिष्पर्धाको अन्तिम चरणमा उपेन्द्र सहयात्री (भिडियोसहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन ३ गते -नवगायक उपेन्द्र सहयात्री राईको गायन प्रतिष्पर्धा कान्तिपुर आईडलको यात्रा सफलरुपमा अगाडी बढेसंगै अव अन्तिम प्रतिष्पर्धाका लागि कडा मेहनत चलिरहेको छ । उदयपुर घर भएका सहयात्री आईडलको विभिन्न चरण पार गर्दै यतिबेला टप फाईभमा छन् अर्थात चैत्र ६ गते हुने फाईनल राउण्डमा टप वान हुनका लागि सबैखाले प्रयास र अभ्यासमा छन् । सानैदेखिको गायनमा अब्बल रुची राख्ने र गाउँघर, विद्यालयको कार्यक्रमदेखि शहरको मेला महोत्सवसम्म गाएर स्रोताको मन जित्दैगएका सहयात्री, पछिल्लो समय कान्तिपुर आईडलमा आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरिरहेका छन् । अडिसन राउण्डदेखि नै अग्रजको सल्लाह, सुझाव, जजहरुको आशिर्वाद, दर्शक, स्रोताको माया पाइरहेको र आप्mनो पनि अथक मेहनत रहेकाले टपवन अर्थात कान्तिपुर आईडल बन्न सक्छु भन्ने आत्मविश्वास छ उनमा । उनले यो अन्तिम चरणमा दर्शक स्रोताको अझ धेरै ...
उदयपुरमा पहिलोपटक बालनाटक प्रतियोगिता, गरिमा बनिन् प्रथम, अन्तराष्ट्रिय बालनाटक महोत्सवमा सहभागिताका लागि १४ छानिए

उदयपुरमा पहिलोपटक बालनाटक प्रतियोगिता, गरिमा बनिन् प्रथम, अन्तराष्ट्रिय बालनाटक महोत्सवमा सहभागिताका लागि १४ छानिए

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १ गते -उदयपुरमा पहिलोपटक मंगलबार भएको बाल नाटक प्रतियोगितामा सगरमाथा मोडेल स्कूल, गाईघाटकी छात्रा गरिमा तिम्सिनाले उत्कृष्ठ कला प्रदर्शन गरी प्रथम भएकी छिन् । उनले सपनाहरु शिर्षकमा प्रस्तुत गरेको नाटकीय कलाले निर्णायकको मत खिचेको थियो भने दर्शकहरुको मन जितेको थियो । उनले नाटकमा आमा–छोरीबीचको सम्बन्ध, माया र गुडियासंग रमाएको अभिनय देखाउदै बालभाव, बाल मनोविज्ञान, बाल चेतना, बालसुलभता जस्ता विषयलाई जस्ताको तस्तै दर्शाएका थिए । गाईघाट स्थित सिटिहलमा भएको बिद्यालय स्तरीय बाल नाटक प्रतियोगितामा जनज्योती मावि चुहाडेका दिपेन्द्र फुयल दोस्रो, क्यानभास एकेडेमी गाईघाट समुह तेस्रो भएको थियो भने सगरमाथा मोडेल स्कुलकी निवेदीता तिम्सिनाले सान्त्वना पाएका थिए । प्रतियोगितामा विजयहुने बालकलाकारहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस अलवा विभिन्न सात विद...
भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

मनोरञ्जन, समाचार
पूर्णपष्टि/माघ २९ गते -जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानिक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाईसमेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेनटायन शहरमा भएको युगल जोडीलाई १४ फ्ररवरीको घटनालाई लिएर पाश्चात्य मुलुकहरुमा मान्दै आएको यो भ्यालेनटायनलाई हाल आएर नेपालमा पनि उत्तिकै महत्व लिएर युगल जोडीहरुले यस दिनलाई महत्वपूर्ण दिन मानिने गरेको पाइन्छ । यसटेली चलचित्रमा पनि माया प्रेम अन्धो हुन्छ । मानव जीवनमा प्रेम अति महत्यपूर्ण छ या त त्यो दृष्यबिहिन होस या त कान नसुन्ने होस सवैलाई प्रेमले छोएको हुन्छ । प्रेमको परिभाषालाई पर्दा माध्यमबाट छर्लङ्ग पार्न खोजेका निर्देशक शर्माले बताउनु हुन्छ । यस स्पर्शको पर्दामा लोमश शर्मा र इस्टु कार्कीले दमदार अभिनय प्रस्तुत गरेको पाइन्छ । य...
खोटाङ आईडलमा २९ छानिए

खोटाङ आईडलमा २९ छानिए

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/खोटाङ, माघ ९ गते - खोटाङमा जारी बृहत साँगीतिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रतिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निखारिएका २९ जना गायक तथा गायिका छनौटमा परेका हुन् । मल्टिराउण्ड पार गरेका उनीहरु हर कसरत आफुलाई अन्य सामु उभिन साहशिषक मेहेनत गर्नुपर्ने भएको छ । परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको मल्टिराउण्ड अडिसनबाट छानिएका प्रतिस्पर्धीहरु लोकदोहरी गायक अडिराम राई, अटल राई र भक्त विश्वकर्माको निर्णायबाट आईडलको यात्रामा अगाडि आएका हुन् । सोमबार राति सम्पन्न मल्टिराउण्ड अडिसन पार गरेका २९ जनालाई पुनः १५ जनामा झारिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भ...
दर्शकलाई भरपुर नचाए गायक दिपक लिम्बुले

दर्शकलाई भरपुर नचाए गायक दिपक लिम्बुले

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ३० गते । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित प्रदेश नं. १, पहिलो घरेलु औद्योगिक महोत्सवको अन्तिम दिन शनिबार साँझ दर्शकहरुले कठ्यांग्रिदो जाँडोको कुनै प्रवाह गरेनन् । कारण थियो, पहिलो नेपाली तारा लोकप्रिय गायक दिपक लिम्बुको आगमन र उहाँको बजोड प्रस्तुती । गायक लिम्बुको नामै सुनेर आउने स्रोता दर्शकहरुले महोत्सव खचाखच भरिएको थियो । गायक लिम्बुले साँझ आप्mना लोकप्रीय गीतहरु प्रस्तुत गर्दा महोत्सवको रौनकतानै अर्को भएको थियो । गायक लिम्बुले गीत गाउँदै जाँदा बेजोडरुपमा नाँच्न हौसिएका दर्शकहरु असिनपसिन बने । कठ्यांग्रीने चिसोले छुनसम्म नसकेको दर्शकहरुलाई व्यवस्थापन गर्न आयोजकलाई निकै हम्मे परेको आयोजक समिति सदस्य साईमा किराँतीले बताउनुभयो । मुटु मागेउ तिमले, मैले बाँच्नुपर्छ.... बोलको गीतबाट प्रस्तुती सुरु गरेका गायक लिम्बुले ढल्यो, ढल्क्यो जोवन मेरो, तिमितिरै...