जी सेभन शिखर सम्मेलनमा इरानी विदेशमन्त्रीको भ्रमण
भदौ ९ गते ।
फ्रान्समा भएको जी सेभन शिखर सम्मेलनमा इरानका विदेशमन्त्रीले संक्षिप्त भ्रमण गरेको छ । विश्वका सात ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको सम्मेलनमा ईरानका विदेश मन्त्रि जावेद जरिफ सहभागी भएको हो ।
सम्मेलनमा अमेरिकी राष्ट्रपतिसहित नेताहरू भेला भएका थिए । विदेशमन्त्रि जरिफको भ्रमणले अमेरिकी प्रतिनिधिमण्डल आश्र्चयचकित भएको छ । ईरानसँग अमेरिकाको तनाव चलेको बेला राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा जरिफले सहभागिता जनाएका हुन् ।
जरिफले एक ट्विट गर्दै फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग रचनात्मक वार्ता भएको जनाएको छ । अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ भने जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि संक्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन् ।
वाशिङ्टनले सन् २०१५ मा इरानको पारमाणविक गतिविधिलाई सीमित बनाउने सम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय गरेपछि दुई देशको सम्बन्ध...









