कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी
पूर्णपुष्टि, २४ पुष ।
त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने कंग सामुदायिक वनको अध्यक्षमा सम्भु खड्का बिजयी बनेको छ । खड्काले पूर्व अध्यक्ष समेत रहेका श्याम नारायण चौधरीलाई हराउँदै अध्यक्षमा जित निकालेको हो ।
अध्यक्षमा बिजयी खड्काले २५६ मत पाएका थिए भने चौधरीले १७३ मत मात्र पाए । यस्तैगरी उपाध्यक्षमा संकर रम्तेल बिजयी बनेको छ । रम्तेलले केदर बहादुर कार्की र बरुण अधिकारीलाई हराउँदै उपाध्यक्षमा बिजयी निकालेको हो । रम्तलेको १८६ मत आउँदा कार्कीको १६० मत आए भने यता अधिकारीको ७० मत मात्रै आए । यता सचिवमा भने दुर्गा दनुवार निर्विरोध भएको छ । सहसचिवमा सिव प्रसाद चौलागाई र कोषाध्यक्षमा तनुजा चौधरी पनि निर्विरोध भएको छ । यो सँगै अन्य ६ जना सदस्यहरु निर्विरोध भए ।
खड्काको नेतृत्वमा ५ पदाधिकारी र ६ सदस्यीय सहित ११ कार्यसमिति चयन भएको छ । नेतेत्व सम्हाल्दै अध्यक्ष खड्काले सामुदयिक वनको आ...









