प्रहरीद्धारा २ सय जनालाई न्यानो कपडा वितरण
पूर्णपुष्टि, पुष १३ । मोरङको बिरानटनगर महानगरपालिका–१६ स्थित दुर्गा मन्दिर परिसरमा शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ सय जनालाई न्यानो कपडा बितरण गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजना तथा इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा बिराटनगर महानगरपालिका १२,१३,१४,१५,१६ र १७ नम्वर वडामा वसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलालाई कम्बल वितरण गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा न्यानो कपडा कम्बल बितरण गरिएको हो । प्रदेश प्रहरी प्रमुख अधिकारीले हामी विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको भएता पनि समाजमा भावनात्मक रुपमा सबै समान रहेको बताए । उनले एकले अर्कोलाई सकेको सहयोग गर्नु र प्रेमको भाव राख्नु मानव जातिको परम धर्म र कर्तव्य रहेको उल्लेख गरे । समाज व...









