Monday, August 24News That Matters

समाचार

पानीमा डुबेर १ जना बालकको मृत्यु

पानीमा डुबेर १ जना बालकको मृत्यु

समाचार
सुनसरी, चैत्र ११ गते । सुनसरीको हरिनगरामा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हरिनगरा गाँउपालिका–३ निबासी कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा विहान साँढे १० बजे बालक डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सवारी दुर्घटनामा १ जनाको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु

समाचार
ओखलढुङगा, चैत्र ११ गते । ओखलढुङगाको मानेभञ्ज्याङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–५ निबासी २५ बर्षीया पबित्रा राईको मृत्यु भएको हो । हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ जादै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टर र विपरित दिसाबाट आउँदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाइृकल मानेभञ्ज्याङ जेरुङ गाउँमा बिहान ११ बजे एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाईकल ट्याक्टर ठोकिदा मोटरसाईलकमा पछाडी सवार पबित्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । मोटरसाईकल चालक सोही स्थानका २४ बर्षीय सुजन राई र उक्त मोटरसाईकल पछाडी नै सवार रहेका अर्का १९ बर्षीय सनम राईको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर र ट्र्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिनएको जिप्रकाले जनाएको छ ।...
धर्मको नाममा भ्रम फैलाउने  पास्टर पक्राउ

धर्मको नाममा भ्रम फैलाउने पास्टर पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ११ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेको बेला धर्मको प्रचार–प्रसार गर्ने एक जना पोखरबाट पक्राउ परेको छ । ईसाई धर्मलम्बी बनेको खेण्डमा यशुले कोरोना हटाउने र कोराना नलाग्ने भन्दै भ्रम पैmलाउने केशव आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । यशुको अनुयायी बने कोरोना भाइरस नलाग्ने भन्दै भ्रम फैलाउने जुम्ला घर भई हाल पोखरा महानगरपालिका–३२ खुदी सुकुम्बासी टोल बस्दै आएको आचार्यलाई पोखरा मनपा–२९ पावर हाउसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरानालाई यति बेला राज्यले नै चासो दिएको विषयमा सर्वसाधरणलाई यशुको नाम जोडेर भ्रम  फैलाउने गरेका चार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कोरोनाको सन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर रहेको खुल्...
एकसयबढि सवारी साधन उदयपुर प्रहरीकाे नियन्त्रणमा

एकसयबढि सवारी साधन उदयपुर प्रहरीकाे नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, चैत ११ । नेपाल लकडाउनकाे पहिलाे दिन अाज अपरान्हसम्ममा जिल्ला प्रहरी कार्यालय उदयपुरले एकसय भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिएकाे छ । लकडाउनमा चलाइएका सवारी साधनहरु नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले बतनउनुभयाे । अधिकांश माेटरसाईकल नियन्त्रणमा छन् । विहान केही समय राेकेर सम्झाउने काम गरिएकाे थियाे । प्रहरीकाे गाडीमा माईकिङसमेत गरिएकाे थियाे । त्यसपछि पनि सन्चालनमा अाएका सवारी साधनहरु नियन्त्रणमा लिइएकाे वहाले बताउनुभयाे । गाईघाटकाे पिपलचाैक, मुख्यचाैक, टेम्पाेचाैक, बसपार्क क्षेत्रबाट धेरैजसाे सवारी साधन नियन्त्रणमा परेकाे ट्राफिक प्रहरी तिलक पाैडेलले बताउनु भयाे । त्यस्तै माेतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, राजाबास क्षेत्रमा पनि कडाई गरिएकाे छ । प्रशासनले जिल्लाभर नै सुरक्षाकर्मी तैनाथ गरि कडाई गरेकाे छ । अहिलेसम्म मानिसलाई नियन्त्रण...
गाइघाट साँच्चिकै लकडाउन भाे

गाइघाट साँच्चिकै लकडाउन भाे

समाचार
पूर्णपुष्टि, चैत ११ । गाईघाट अब चाहिँ साच्चीकै लकडाउन भएकाे छ । प्रशासनले प्रहरी परिचालन गरि कडाइ गरेपछि मानबीय चहलपहल बन्द भएकाे हाे । सवारी साधनकाे चहलपहल बन्द भएका छन् । बिहान मानिसकाे निकैचहल पहल थियाे । साना सवारी साधनहरु केहिमात्रामा चलेका थिए । चाेक र सडकमा सवारीसाधनहरु राेकेर ट्राफिक प्रहरीले सवारी चालकहरुलाई नचलाउन सम्झाएका थिए । काेराेना भाइरस संक्रमणकाे उच्च सतर्कता अपनाउनका लागि सवारी साधन नचलाउन, बाहिर नहिड्न भन्दै सम्झाएकाे सुरक्षाकर्मीहरुले अटेर गरे कारवाहिकाे चेतावनी दिए । ट्राफिकहरुले अटेर गरि चलाएका सवारी साधनहरु नियन्त्रनमा लिने र चालकलाइ कारवाहि गर्ने चेतावनी दिएका छन् । सदरमुकाम गाईघाटदेखि दिक्तेलतर्फ जाने बसस्टेण्ड पिपलचाैक, मुख्यचाैक, टेम्पाेचाैक र बसपार्कमा ट्राफिकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बसेर कडाई गरेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामग...
सवारी चलाए कार्वाहीको चेतावनी

सवारी चलाए कार्वाहीको चेतावनी

समाचार
गाईघाट/चैत्र, ११ कोरोना भाईरसको कारण उदयपुरको सदरमुकाम गाईघाट बजारमा गरिएको लक डाउनको पहिलो दिन सानो सवारीहरु सामान्य रुपमा चलेका छन् । चलेका सवारीहरुलाई ट्राफिक प्रहरी र प्रहरीले सम्झाइ बुझाई गर्दै आफ्नै गन्तव्य तर्फ फर्काउने काम गरिरहेको छ । कतिपय सर्वसाधरणहरु आवश्यक कामको शिलशिलामा बजार निस्कीएको अवस्था छ भने कतिलाई भने लक डाउनको अर्थ थाहा नभएर पनि यसको पालना गर्न नसकिरहेको बताउँछन् । भिँडभाँड र आवत जावत रोक्न सरकारले लकडाउन गर्नेक्रममा बिभिन्न बजार पसलहरु पूर्ण रुपमा ठप्प भएको अवस्था छ । मानिसहरु कम मात्रमा मात्र बजारमा देखिन्छ । ट्राफिक प्रहरीले आजको दिनमा केही समयभर सवारीहरुलाई सम्झाउने काम गरिरहेको र अटेर भएमा सवारी र चालक दुवैलाई नियन्त्रण्मा लिएर कार्वाही गर्ने समेत चेतावनी दिएको छ । बजारमा अति आबश्यक बस्तु तथा सवारी भन्दा सबै ठप्प रहेको छ । एम्वुलेन्स, दमकल लगाएतको...
अब, नेपाल पनि लक-डाउन, घरमै बसिदिन सिडियाेकाे आग्रह

अब, नेपाल पनि लक-डाउन, घरमै बसिदिन सिडियाेकाे आग्रह

समाचार
पूर्णपुष्टि, चैत १० । अब नेपाल पनि लक डाउन भएको छ । नेपाल सरकारले भोली चैत ११ गतेदेखि  १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन गरेको हो । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैंठकले नेपाल लकडाउनको निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले नेपाललाई उच्च सतर्कताका लागि यस्तो निर्णय गरेको हो । आजबाट एकसाताका लागि छिमेकी राष्ट्रहरुसंग जोडिएको नाका बन्द गर्ने र लामोदुरीका यातायात बन्द गर्ने निर्णय गरेको सरकारले थप सतर्कता अपनाउदै देशै लकडाउनको घोषणा गरेको हो । लकडाउनमा सबै हवाईसेवा बन्द हुने, औषधि उपचार र खाद्यवस्तु खरिद जस्ता अति आवश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश पर्दछ । सरकारले सबै नागरिकहरुलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ । सुरक्षाकर्म...
हलुवाई सेवा समाज उदयपुरले १ हजार माक्स वितरण गरे

हलुवाई सेवा समाज उदयपुरले १ हजार माक्स वितरण गरे

समाचार
गाईघाट/चैत्र, १० हलुवाई सेवा समाज उदयपुरले कोरोना भाईरसको नियन्त्रण र सतर्कताको लागि माक्स वितरण गरेको छ । अहिले विश्ववर फैलीरहेको कोरोना भाईरस संक्रमणबाट बच्न सबै सचेत र सुरक्षित हुन अति नै आबश्यक छ । संक्रणको बेला सबै सचेत र नियन्त्रणमा सहज पुराउने भन्दै हलुवाई समाज सेवा उदयपुरले सर्वसाधरणहरुलाई सोमवार मेन चोकमा १ हजार माक्स वितरण गरेको हो । कोरोना संक्रमाणको अवस्थामा एतिवेला विश्वनै त्रासमा छ । नेपालमा यसबाट सुरक्षित हुन एतिबेला थुप्रै सामाग्रिहरुको समस्या मानिसहरुमा छ यसै समस्यालाई मध्यनजर गर्दै हलुवाई समाज सेवाले निशुल्क माक्स तथा भाईरसबारे पम्पप्लेट वितरण गरेको हलुवाई समाज सेवाको अध्यक्ष देबु शाहाले बताउनुभयो । सबैले आफ्नो क्षेत्रबाट यसको उच्च सतर्कता अपनाउनु पर्ने र धरैलाई यसबारे कुनै जानकारी समेत नभएको भन्दै यसको लक्षणहरुको जानकारी सहित माक्स वितरण गरेको शाहाले बताउनुभयो ।...
एक हप्ताको लागि बजार पसल बन्द गर्ने उद्योग बाणिज्य संघको निर्णय

एक हप्ताको लागि बजार पसल बन्द गर्ने उद्योग बाणिज्य संघको निर्णय

आर्थिक, समाचार
गाईघाट/चैत्र, १० विश्वभर फैलिरहेको कोरोना भाईरसको उच्च सतर्कताको लागि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले भोली सोमबार देखी एकहप्ताको लागि सम्पूर्ण बजार पसलहरु बन्द गर्ने निर्णय गरेको छ । भिँडभाँड आवत जावतमा यसको संक्रमण देखिने हुदा यसको नियन्त्रमा संघले सतर्कता जनाउँदै भोली देखी बजार बन्द गर्ने उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीले बताउनुभयो । बजारमा बढी मात्रामा हुने भिँडभाँड र एक अर्काको सम्पर्क बाट टाढै रहनु पर्ने सन्देशहरु अनुसार संघले यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार अत्यावश्यक सामाग्री र पसलहरु बाहेक अन्य बजार पसलहरु पूर्ण रुपले बन्द हुने रसाईलीले जानकारी दिनुभएको छ  । बजारमा हरेक काम, लेनदेन, ब्यापार व्यवसाय धेरै थरीका मान्छे, भिँडभाँड र बढ्दो जमघट जस्ता क्रियाकलापलाई रोक्न बजारमा रहेको बिभिन्न उद्योग धन्दा, कलकारखाना र ब्यापार व्यवसायहरु नै ठप्प...
फ्रान्सबाट नेपाल आएको एक जना नेपालीमा कोरोनाको संक्रमण

फ्रान्सबाट नेपाल आएको एक जना नेपालीमा कोरोनाको संक्रमण

समाचार, स्वास्थ्य
चैत्र/१० नेपालमा पनि एकजनालाई कोरोना भाईरस (कोभिड–१९ को संक्रमाण देखिएको छ । फ्रान्स बाट नेपाल आएको एक जना महिलामा यसको संक्रमण देखिएको हो । कतारको दोहा हुदै नेपाल छिरेको महिलालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराए । संक्रमित १९ बर्षिय महिलाको अहिले टेकु स्थित शुक्ररसाज ट्रपिकलमा उपचार भईरहेको छ । उनिलाई उच्च सतर्कताका साथ उपचार गराइरहेको पनि ढककालले बताउनुभयो । उनि सँग भेटघाटमा रहेका साथीहरु र परिवार सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएर आफै क्वारेन्टाइनमा बसेको उनीलाई रुघाखोकी लागेपछि परिक्षण गराउँदा अचानक संक्रमण देखिएको ढकालले बताउनुभयो । अहिले नेपालमा यसको सतर्कताको लागि बिभिन्न याताया तथा उडानहरु समेत सरकारले रोकिसकेको अवस्था छ ।  ...