Monday, August 24News That Matters

समाचार

उदयपुरका वन समुहहरुलाई कोरोनाविरुद्धको अभियानमा जुट्न आव्हान

उदयपुरका वन समुहहरुलाई कोरोनाविरुद्धको अभियानमा जुट्न आव्हान

समाचार
पूर्णपुष्टि, चैत १२ । जिल्लाका सबै सामुदायिक बन उपभोक्ता नगर तथा गाउँ महासं , सामुदायिक बन उपभोक्ता समूहहरुलाई लकडाउनको पालना गर्नु कर्तवय ठान्न आव्हान गरेको छ । महासंघका जिल्ला अध्यक्ष कुशल बाबु बस्नेतले आज एक अपिल पत्र जारी गर्दै यस्तो आव्हान गर्नुभएको हो । आफु र आफ्नो परिवारलाई सुरक्षित गर्दै सचेतता र साबधानी र उच्च आत्मबलका साथ उक्त  महामरीको सामनागर्दै अरूलाईपनि सुरक्षित रहन आग्रह गर्न पनि आव्हान गरेको छ । सरकारले राष्ट्रिय स्तरमा एक कोषको स्थापना गरेको र  उक्तकोषमा सकेसम्म सहभागिता जनाउने काममा अग्रसर हुन अनुरोध पनि गरिएको छ ।  उपभोक्ता हरूलाई  व्यक्तिगत र घरयासी सरसफाईकालागि सचेत गर्दै साबुनपानीले हातधुने र सेनिटाईजर प्रयोग गर्न आग्रह गर्दै आबश्यक परे समूह समुहले साबुनको व्यवस्था गरि दिन भनिएको छ । उदयपुर जिल्लामा स्थानीय प्रशासन र स्थानीय सरकरसंग सहकार्य गरेर जिल्लाभर आ...
काेराेना विरूद्ध प्रदेश सरकारलाइ सहयाेग गर्न नेत्रज्याेती संघ उदयपुर तयार

काेराेना विरूद्ध प्रदेश सरकारलाइ सहयाेग गर्न नेत्रज्याेती संघ उदयपुर तयार

समाचार
पूर्णपुष्टि, चैत १२ । नेपाल नेत्रज्योती संघ उदयपुरले कोरोना भाइरस संक्रमणको विरुद्धमा लड्न प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित मदन भण्डारी आँखा अस्पताललाई क्वारेन्टाईन स्थापना गर्न र आइसोलेशन वार्डको रुपमा विकास गर्न दिने निर्णय गरेर सहयोग गर्ने भएको सभापति भागवत राउतले जानकारी दिनुभयो । हालै निर्माण कार्य सकिएको तीनतले आँखा अस्पतालको भवनमा ४२ कोठा छन् । त्यसलाई प्रयोग गरेर कम्तिमा ५० जना विरामीलाई उपचार गर्न सक्ने बनाउन सकिनेछ । प्रदेश सरकारलाई आँखा स्पतालको भवन उपलब्ध गराउने निर्णय गरेसंगै सकेको अन्य सहयोग पनि समितिको तर्फबाट गरिने जनाइएको छ । रोगलाई नियन्त्रण गर्न, फैलिन नदिन, संक्रमितलाई समयमै उपचार गरेर जिउज्यानको रक्षा गर्न सहयोग गर्ने जनाइएको छ ।...
मेयर चौधरीले पैदल हिडेरै गरे बजार अवलोकन

मेयर चौधरीले पैदल हिडेरै गरे बजार अवलोकन

समाचार
पूर्णपुष्टि, चैत १२ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गाईघाट बजारमा पैदल यात्रा गरेर दोस्रो दिनको लकडाउनको अवलोकन गर्नुभएको छ । मेयर चौधरीले सर्बसाधारणकै भेषमा बजार अवलोकन गर्नुभएको हो । लकआउटको बेला सवारी चलाउन नहुने र बाहिर हिड्डुल गर्न नहुने सन्देश दिन पैदल नै अवलोकनमा निस्केको मेयर चौधरीले बताउनुभयो । लकडाउनको पहिलो दिन थुप्रै सर्बसाधारणले अवज्ञा गरेको र प्रहरीले ठूलो संख्यामा सवारी साधनहरु नियन्त्रणमा लिनु परेको कुरालाई मध्येनगर गर्दै दोस्रो दिनको अवलोकन गरेको उहाँले बताउनुभयो । पहिलो दिनको दाँजोमा दोस्रो दिन सर्वसाधारणले लकडाउनलाई पालना गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले सर्बसाधारणलाई घरमा सुरक्षित बसेर सरकारको आदेश पालना गरिदिन अनुरोध गर्नुभयो । साथै आजै विज्ञप्ती जारी गर्दै सबै टोल विकास संस्थाहरुलाई आ आप्mनो टोलमा लकडाउनको पालना गराउन निर्देशन दिने बताउनुभय...
उदयपुरमा दोस्रो दिनलको  लकडाउनमा झनै कडाई

उदयपुरमा दोस्रो दिनलको लकडाउनमा झनै कडाई

समाचार
गाईघाट/चैत्र, १२ उदयपुरको सदरमुकाम लगाएतको मुख्य सहरहरुलाई लकडाउनको दोस्रो दिन झनै कडाई गरिएको छ । गाईघाट बजार, कटारी, बेल्टार, र रामपुरमा समेत लकडाउन कडाई गरिएको हो । सदरमुकाम गाईघाटमा हिजो सामान्य सानो सवारीहरु विहान चले पनि ट्राफिक प्रहरी र प्रहरीले सम्झाउने र आफ्नै गन्तव्यबाट आएको ठाउँतर्फ फठाउने गरेका थिए भने अति आवश्यकहरुलाई मात्रै छाडेका थिए । हिजाो लक डाउनको अवज्ञा गरेको भन्दै जिल्ला भरी टिफर, कार, मोटारसाईकल र साईकल गरी ४४२ ओटा सवारीहरु प्रहरीले नियन्त्रणमा लिएको थियो । गाईघाटमा मात्रै टिफर, मोटर साईकल स्कुटर र साईकल गरी १ सय १४ ओटा सवारी प्रहरीले पक्रेका थिए । नियन्त्रणमा लिएको मध्य आदिलाई अनुसन्धान र पहिचानको आधारमा काममा हिड्नेहरुलाई छाडेका थिए भने गैरकाम हिडेका संकास्पद सवारीहरुलाई भने नछाडीएको उदयपुरका प्रहरी प्रमुख (एसपी) वीर बहादुर बुढा मगरले बताउनुभयो । एसपी...
उदयपुरकाे राजाबासमा ५० बढि मजदुरकाे विचल्नी

उदयपुरकाे राजाबासमा ५० बढि मजदुरकाे विचल्नी

समाचार
पूर्णपुष्टि, चैत १२ । निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले निर्माणाधिन मदन भण्डारी राजमार्गको पुल निर्माण कार्यमा उदयपुरकाे राजाबासमा खटिरहेका ५० जना कामदारहरुलाई विचल्नी पारेको छ । कोरोना भाइरसको संक्रमणबाट नागरिकहरुलाई जोगाउन लकडाउन घोषणा गर्नुअघि नै कन्स्ट्रक्सनले कामदारहरुलाई घर जाने व्यवस्था नगरिदिदा विचल्नीमा परेको मजदुरहरुको नाइके गणेश चौधरीले बताउनुभयो । उदयपुरको त्रियुगा नगरपालिका ८ राजाबासमा पुल निर्माणमा खटिरहेका मजदुरहरु विचिल्नीमा परेका हुन् । सरकारले केही समयअघि नाकाहरु बन्द र लामो दुरीका सवारी साधन बन्द गर्ने भन्दैगर्दा नै मजदुरहरु जाने तयारी भएका थिए । जानका लागि निर्माण कम्पनीले बसको व्यवस्था गरिदिने भनेपनि भाडामा कुरा नमिलेपछि मजदुरहरु जानबाट रोकिएका थिए । जानबाट एकदिन ढिलो रोकिएपछि देशमा लकडाउन आजबाट सुरु भएको छ । लकडाउनका कारण बस चल्न नपाएपछि मजदुरहरु घर जान नपा...
कोरोना संक्रमितसँगै आएका २ जना बेलाकामा भेटिए

कोरोना संक्रमितसँगै आएका २ जना बेलाकामा भेटिए

समाचार
जयराम पूर्वछाने मगर बेलका, चैत्र ११ गते । नेपालमा फेला परेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमितसँगै आएको दुई जना उदयपुरको बेलकामा फेला परेका छन् । फ्रान्सबाट कतार हुदै आएका १९ वर्षीया युवतीमा सोमबार कोरोनाको संक्रमण देखा परेको थियो । कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा बेलाका नगरपालिका–३ रातापानी प्रगती टोलका बिध्यानन्द चौधरी र बेनपा–६ का राजकुमार तामाङ  आएका थिए । गत चैत्र ४ गते कतार एयरवे क्यूआर ६५२ जहाजमा आएका युवतीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै आएका यात्रुहरुको खोजी गर्ने क्रममा चौधरी र तामाङ  फेला परेका हुन् । ती दुवै जनालाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बेलका नगरपालिकाका मेयर दुर्गकुमार थापाले बताए । अहिले पाण्डेलाई केहि नभएको भएपनि चौधरीलाई हल्का ज्वारो आएकाले परीक्षणको लागी धरान पठाएको छ । परीक्षणपछि मोरङको टाँडी क्वारेन्टाईनमा राखिने थापाले बताए । ...
‘लकडाउन’को अवज्ञा गर्ने ४६२ सवारी साधन नियन्त्रणमा

‘लकडाउन’को अवज्ञा गर्ने ४६२ सवारी साधन नियन्त्रणमा

समाचार
उदयपुर, चैत्र ११ गते । उदयपुरमा ‘लकडाउन’को अवज्ञा गर्ने चार सय ६२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमित देखा परेपछि सरकारले लगाएको ‘लकडाउन’को अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको हो । जिल्लामा मोटरसाईकल तथा स्कुटी ३ सय ३२, ठूला तथा साना सवारी साधन १ सय २३, साईकल ४ र अटो ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त सवारीसाधन मध्ये सदरमुकमा गाईघाटमा मोटरसाईकल तथा स्कुटर १ सय ९, टिफर ३ र अटो २ वटा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमित नेपालमा देखा परेपछि उच्च सर्तकता अपनाउदै सरकारले लगाएको ‘लकडाउन’को पालना नगर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि साँझ केहि सवारी साधन छाडिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सवारी साधनको...
जोगीदहमा आगलागी हुदा करिब १५ लाखको क्षति

जोगीदहमा आगलागी हुदा करिब १५ लाखको क्षति

समाचार
उदयपुर, चैत्र ११ गते ।  त्रियुगा नगरपालिका–१ जोगी दहमा आगलागी हुदा करिब १५ लाख बराबरको क्षती भएको छ । त्रिनपा–१ जेगीदह निबासी हर्कबहादुर बिष्टको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । हिजो दिउँसो साँढे ३ बजे घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २ तले कच्ची घर, गोठमा बाधेको बाख्रा मरे क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दिउँसो साँढे ४ बजे नियन्त्रणमा आएको थियो भने कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
धविर जंगलमा मृत फेला

धविर जंगलमा मृत फेला

समाचार
सोलुखुम्बु, चैत्र ११ गते ।  सोलुखुम्बुको थुलुङ दुधकोशीका धनविर कामी जंगलमा मृत फेला परेको छ । थुलुङ दुधकोशी गाउँपालिका–१ नेले निबासी ६० बर्षीय कामी मृत फेला परेको हो । गत चैत्र ५ गते  दिउँसो घरबाट निस्किएका कामी हिजो दउँसो साँढे १ बजे जुभिङ सामुदायिक वनको खोल्सामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
खोलामा डुबेर १ युवाको मृत्यु

खोलामा डुबेर १ युवाको मृत्यु

समाचार
मोरङ, चैत्र ११ गते । मोरङको लोहन्द्रा खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–२ निबासी २२ बर्षीय मित्र याक्खा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । पानीमा डुबेर अचेत अबस्थामा दिउँसो साँढे ३ बजे फेला परेको याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...