Sunday, August 23News That Matters

समाचार

ब्रिटिस आर्मीबाट तीनमहिनामै फर्काइएका पर्शुरामले वेलफेयरको सहयोगमा पाए नयाँ घर, जग्गा र पेन्सन

ब्रिटिस आर्मीबाट तीनमहिनामै फर्काइएका पर्शुरामले वेलफेयरको सहयोगमा पाए नयाँ घर, जग्गा र पेन्सन

समाचार, संसार
पूर्णपुष्टि, फागुन २ गते । जीवन दुःखमा डुविरहेको बेला खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का  पर्शुराम राईले नसोचेको खुसी पाउनु भएको छ । खान, लाउन धौधौ परिरहेको अवस्थाका वहाँले जग्गा, नयाँघर र सबैभन्दा ठूलो कुरो त पेन्सन पाउनु भएको हो । वहाँले उदयपुरको त्रियुगा नगरपालिका १२ विसनपुरमा १० धुर जग्गा, त्यसमा नयाँ पक्कीघर पाउनु भएको छ भने मासिक ११ हजार ५ सय पेन्सन पाउनु भएको छ । राईलाई गोर्खा वेलफेयर ट्रष्ट (नेपाल) र युकेमा रहेका वहाँका समकालिन भूतपूर्व आर्मीहरुले यस्तो सहयोग गरेको ऐरिया वेलफेयर सेन्टर, धरानका सिनियर अफिसर पूर्ण लिम्बुले बताउनुभयो । बेलैमा ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि वहाँको दुःखको दिन सुरु भएको थियो । २०३६ सालमा ब्रिटिस आर्मीमा लाग्नु भएको उहाँका तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्य समस्या देखा परेपछि फालिनु भएको थियो । वेलफेयरको तर्फबाट घर ...
वडाध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

वडाध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

समाचार
फागुन २ गते ।  सिन्धुपाल्चोकको एक गाउँपालिकाका वडा अध्यक्षसहित छ जनालाई भ्रष्टचारको मुद्दा दायर भएको छ । लिसङ्खुपाखर गाउँपालिका–६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो । अध्यक्ष थापाले खानेपानी उपभोक्ता समितिको अध्यक्ष आफैँ कुनै पनि कामै नगरी जिल्ला खानेपानी योजनाको कागजपत्र किर्ते बनाई रकम निकासा गरी हिनामिना गरेको आरोप लागेको मुद्दा दायर भएको अख्तियारले जनाएको छ । वडाध्यक्ष थापाले छ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुले पनि उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष थापासँग मिलेर भ्रष्टाचार गरेको खुलेको छ । त्यस्तै तत्कालीन असिस्टेन्ट सब–इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध छ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ । ५...
२ दिने जिल्ला अन्तर पालिका बक्सिङ, तेक्वान्दो, कराते प्रतियोगिता सुरु

२ दिने जिल्ला अन्तर पालिका बक्सिङ, तेक्वान्दो, कराते प्रतियोगिता सुरु

खेलकुद, समाचार
गाईघाट/माघ, २ गाईघाटमा २ दिने जिल्ला स्तरीय बक्सिङ, तेक्वान्दो र सितोरियो कराते खेल शुक्रबार देखी बालमन्दीर मावि बोक्सेमा सुरु भएको छ ।  खेलको उद्घाटन त्रियुगा नगरपालिकाकी उप–मेयर देवी कुमारी चौधरीले शुक्रबार गर्नुभयो ।  खेलमा जिल्लाभरीका पालिकाहरुको सहभागी रहने भनिएता पनि नगरपालिकाहरुले मात्र सहभागी जनाएको छ भने गाउँपालिकाहरु बाट सहभागी हुन नसकेको आयोजकले बताएको छ । “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने नाराको” साथ नगर खेलकुद विकास समिति, जिल्ला बक्सिङ संघ, र गाईघाट तेक्वान्दो डोजाङ सितोरियो करातेको संयुक्त आयोजनामा खेल सुरु भएको आयोजक समितिका सदस्य तथा कराते गुरु प्रकाश राईले बताउनुभयो । खेलमा तेक्वान्दो तर्फ चार ओटै नगरपालिकाहरुले सहभागी जनाएको छ भने करातेमा त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले सहभागी जनाएको छ । यता बक्सिङमा भने त्रियुगा नगरपालिका गाईघाटले ...
चिनमा १७ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

चिनमा १७ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
फागुन २ गते ।  माहमारीको रुपमा फैलिएको कोरोना भाईरसबाट (कोभिड–१९)बाट चिनमा एक हजार सात सय १६ स्वास्थ्यकर्मी संक्रमित भइसकेको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले जनाएको छ । कोभिड–१९ को संक्रमण पुष्टि भएका कुल बिरामीको ३.८ प्रतिशत हो । संक्रमित स्वास्थ्यकर्मी मध्ये छ जनाको उपचारका क्रममा ज्यान गइसकेको एनएचसीले जनाएको छ । हुवेई प्रान्तको राजधानी वुहान सहरमा पहिलो पटक कोरोना भाईरसको पहिचान भएको थियो ।...
कामदार नफर्किदा आयोजनाको काम ठप्प

कामदार नफर्किदा आयोजनाको काम ठप्प

समाचार
फागुन २ गते ।  चिनीया कामदार नफर्केपछि दुई वटा जलविद्युत आयोजनाको काम ठप्प भएको छ । दोलखा र रामेछापको सीमानामा निर्माणाधिन ४८.२ मेगावाटको खिम्ती–२ र रसुवाको लाङटाङमा निर्माण भईरहेको २० मेगावाट क्षमताको लाङटाङखोला हाइड्रोपावरको काम ठप्प भएको हो । केरोना भाईरसका कारण कामदार नेपाल नफर्केको हो । गत जनावरी २३ मा नयाँ वर्ष मनाउन चीन गएका कामदार भाईरस फैलिएपछि नेपाल फर्किन नसकेको आयोजना कम्पनीले जनाएको छ । आयोजनाको काम पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइनवक्र्स (सिडब्लू टिडब्लू) ले लिएको थियो ।...
लडेर १ मगरको मृत्यु

लडेर १ मगरको मृत्यु

समाचार
मोरङ, फाल्गुन २ गते ।  मोरङको लेटाङ नगरपालिका–१ धोबिघाटका ६४ बर्षीय बल बहादुर लामिछाने मगरको लडेर मृत्यु भएको छ । बिहान ४ बजे पाँचथरे खोलामा लडेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको हो । घटनाको जानकारी पाउना साथ तत्काल ईलाका प्रहरी कार्यालय लेटाङबाट खटेका प्रहरी टोलीले शव परिक्षणको लागि मंगलबारे अस्पताल पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।...
त्रिमाविको ५२ औं वार्षिकोत्सव सम्पन्न

त्रिमाविको ५२ औं वार्षिकोत्सव सम्पन्न

शिक्षा, समाचार
आषिस बस्नेत कटारी/फागुन १ गते । कटारीको श्री त्रिवेणी माध्यामिक विद्यालयको ५२ औँ बार्षिक उत्सव सम्पन्न भएको छ । कटारी नगरपालिका– ४ मा रहेको त्रिवेणी माविको ५२ औँ बार्षिक उत्वसव भब्यताका साथ सम्पन्न भएको हो । नगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलले बताए । आगामी आर्थिक वर्षमा नै विज्ञान विषय पठन पाठन गर्नका लागि विद्यालयलाई बजेटको व्यवस्था गर्ने प्रतिवद्धता मेयर श्रेष्ठले गरेका छन् । नमुना विद्यालयको शैक्षिक गुणस्तर पनि नमुना बनाउनु पर्ने भएकाले सबैले आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा कनपाकी उप–मेयर भिमकुमारी राउतले बताईन् । नगरले शैक्षिक विकासका लागि बुहारी छात्रवृद्धि , छात्रासँग उप–मेयर कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको उनीले बताईन् । शैक्षिक विकास भएमात्र अन्य विकास हुने विद्यालयका व्यवस्थापन समितिका अध्य...
सवारी दुर्घटनामा १ जनाको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु

समाचार
सुनसरी, फाल्गुन १ गते । सुनसरीको धरानमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर बुद्धराज लिम्बुको मृत्यु भएको हो । किसान चोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टर ब्रेक लगाउँदा उछिटिएर दिउँसो ३ बजे ट्याक्टरमा सवार स्थानीय ४२ वर्षीय लिम्बु चक्का मुनी परी किच्चिदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक तत्काल फरार रहेकोले खोजी कार्य भईरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
मोरङ, फाल्गुन १ गते । मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१२ आईतवारेबाट लागुऔषधसहित ज्ञानेन्द्र चौधरी पक्राउ परेको हो । ईटहरी उप–महानगरपालिका–१० निबासी २६ बर्षीय चौधरीलाई बुधवार राती साँढे ९ बजे वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटेका प्रहरी टोलीले पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीको साथबाट नाईट्राभेट ट्याब्लेट ८ चक्की, एभिल २ एम्पुल, डाईजिपाम २ एम्पुल, लुपुजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र खाली सिरिन्ज ३ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पिङ खेल्दा तन्ना सुर्केर बालिकाको मृत्यु

पिङ खेल्दा तन्ना सुर्केर बालिकाको मृत्यु

समाचार
भोजपुर, फाल्गुन १ गते । भोजपुरको ट्याम्केमैयुममा पिङ खेल्ने क्रममा तन्ना घाँटीमा सुर्केर एक बालिकाको मृत्यु भएको छ । ट्याम्केमैयुम गाउँपालिका–७ बतासे निबासी भाईराज राईको छोरी ९ बर्षीया निशाना राईको मृत्यु भएको प्रहरीले जनाएको हो । आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा बुधवार दिउँसो २ बजे अचानक घाँटीमा बेरीदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी कोटबाट खटेका प्रहरी टोलीले बालिकालाई मृत फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...