Sunday, August 23News That Matters

समाचार

धार्मिक सम्मेलनमा आएका २ जनाको मृत्यु

धार्मिक सम्मेलनमा आएका २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
फागुन ५ गते ।  सप्तरीमा संचालन भईरहेकोे मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको बेहोस भएर मृत्यु भएको छ । सम्मेलनमा आएका भारत मोतिहारी जिल्लाका हारु रसिद बेहोस भएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । आईतबार साँझ बेहोस भएको रसिदको उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबारदेखि संचालन भएको सम्मेलनमा करिब साँढे दुई लाख मानिस सहभागी भएको प्रहरीले जनाएको छ ।...
आजदेखि काठमाण्डौमा तार भूमिगत गर्ने

आजदेखि काठमाण्डौमा तार भूमिगत गर्ने

आर्थिक, समाचार
फागुन ५ गते ।  काठमाण्डौँमा नेपाल विद्युत प्राधिकरणले आजदेखि तार भूमिगत गर्ने काम सुरु गर्ने भएको छ । उक्त कामको प्रधानमन्त्रि केपी शर्मा ओलीले महाराजगञ्जबाट शुभाराम्भ गर्नु हुने भएकोे हो । तार भुमिगत गर्ने काम पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतको काम गर्ने भएको छ । विजुलीका सबै तार अन्डरग्राउन्ड हुने विद्युत प्राधिकरणले जनाएको छ । तारले कुरुप बनेको सहर सफा राख्नका लागि तार भुमिगत गर्न लागेको जनाईएको छ । विजुलीको तार भुमिगत गर्दा सडक खनेको १० दिनमै पुरानै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी गरेको जनाईएको छ । एकै पटक सवैतिर सडक नखनी विस्तारै विस्तारै सडक खन्दै कामसम्कदै कालोपत्रे गर्दै लैजाने प्राधिकरणले जनाएको छ । तार अन्डरग्राउन्ड गर्नको लागि मुसाले दुलो पारे जस्तै गरी अर्थात होराइजेन्टल जेन्टलन डाइरेक्सनल ड्रिलिङ प्रबिधीको प्रयोग गर्ने प्राविधिकरण...
आज पूर्व सभामुख महराविरुद्धका मुद्दाको फैसला हुने

आज पूर्व सभामुख महराविरुद्धका मुद्दाको फैसला हुने

समाचार
फागुन ५ गते ।  पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहार सम्बन्धी मुद्दाको फैसला सोमबार हुने भएको छ । हिजो मुद्दाको सुनुवाई सकिए पनि हेर्दाहेर्दैमा राखेपछि आज फैसला हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको थियो । संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि गत कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा छन् ।...
उदयपुर वार एसोसियसनमा चौधरी

उदयपुर वार एसोसियसनमा चौधरी

समाचार
उदयपुर, फागुन ४ गते ।  नेपाल वार एसोसियसन उदयपुरको नेतृत्व श्यामानन्द चौधरी पाएको छ । शुक्रबार भएको वार एसोसियसन उदयपुरको २५ औ साधरण सभा तथा १५ अधिवेशनबाट चौधरीले नयाँ नेतृत्व पाएको हो । अधिवेशनले सहमतीबाट नयाँ कार्यसमिति चयन गर्न नसकेपछि निर्वाचनद्धारा ९ कार्य समिति चयन गरेको हो । नयाँ कर्यासमितिसँगै ३ जना केन्द्रीय पार्षद पनि निर्वाचित भएका हुन् । उपाध्यक्षमा नीरबहादुर राई २९ मत, कमलबहादुर कार्की ३० मत, पुष्पराज चौधरी ३२ मत ल्याएर विजयी भएको थियो भने सदस्यहरुमा सुमित्रा कोईराला ३२ मत, दुर्गाकृष्ण पोखरेल ३८ मत, ईन्द्रनारायण श्रेष्ठ ३३ मत, कृष्णबहादुर खत्री ३१ मत र कृष्णकुमार रेग्मीले ३२ मत ल्याएर विजयी भएको थियो । त्यस्तै बैकुण्ठ दाहाल ३१ मत, दिलबहादुर बस्नेत ३५ मत र नमस अधिकारीले ३४ मत ल्याएर केन्द्रीय पार्षद बन्नेको अधिवक्ता हिमाल खड्काले बताए । बार एसोसियनका नव निर्वाचित अध...
श्रीमान बचाउन श्रीमतीको आग्रह

श्रीमान बचाउन श्रीमतीको आग्रह

समाचार
राजेन्द्र दुष्ट बेल्टार/फागुन ४ गते । चौदण्डीगढी नगरपालिका–४ भोर्लेनी निबासी ३२ वर्षीय भिम राईलाई बचाउन उनकी श्रीमतीले आग्रह गरेकी छिन् ।  मोटरसाईकल दुर्घटनामा गम्भिर घाईते भएका श्रीमानलाई बनाउनका लागि उनकी श्रीमती ज्ञानु राईले सबैसंग आग्रह गरका हुन् । ग्रीलको सामानहरु लिएर आउने क्रममा गत माघ २५ गते बेलका नगरपालिकाको आम्बासी चोकमा दुर्घटना भएको थियो । बसाहाको वीरेन्द्र चोकमा सामान्य ग्रील उद्योग सञ्चालन गर्दै आएका राईको आर्थिक अवस्था कम्जोर भएकोले उपचारको लागि नगरपालिका, वडा कार्यालय, छरछिमेक लगायत सबैसंग सहयोग मागिरहेको र सहयोगको निम्ति सबैसंग आग्रह गरीरहेको उनकी श्रीमती ज्ञानुले बताईन् । घाईते राईको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भईरहेको उनकी श्रमती ज्ञानुले बताईन् । श्रीमानको थप उपचार खर्च ५ लाख रुपैया आवश्यक परेकाले सबैसंग सहयोगको अपिल गरेको बताईन् । दुर्घटनामा भिमको टाउक...
२ जिल्लामा डेढ सय उद्योगको सर्वेक्षण हुने

२ जिल्लामा डेढ सय उद्योगको सर्वेक्षण हुने

समाचार
उदयपुर, फागुन ४ गते ।  उदयपुर र खोटाङको एक सय ७७ वटा उद्योगमा सर्वेक्षण हुने भएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ मा दुई जिल्लाका साना तथा ठूला एक सय ७७ वटा उद्योगको सर्वेक्षण हुने भएको हो । दुई जिल्लाका वि,सि,डि र ई गरी चार प्रकारका उद्योग सर्वेक्षण गर्ने तथ्याङ्क कार्यालय उदयपुरले जनाएको छ । उदयपुरको एक सय २८ वटा र खोटाङको ४९ वटा उद्योगको सर्वेक्षण गर्ने उनले बताए । सर्वेक्षण खानी र उत्खन्न, औद्योगिक उत्पादन, विद्युत, ग्यास, वाफ तथा वातानुकुलित सेवा, पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यावस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको सर्वेक्षण गरिने प्रमुख शिवनारायण महत्वले बताए । सरकारले साना ठूला उद्योग र सवै भुगोल समेट्ने गरी एकै पटक समावेस गर्ने उद्देश्यले सर्वेक्षण गर्न लागेको उनले बताए । अढाई महिनामा सक्नु पर्ने सर्वेक्षणको लागि सरकारले एक लाख १० हजार बजेट विनियोजन गरे...
प्रजातन्त्र दिवसको तयारी सुरु

प्रजातन्त्र दिवसको तयारी सुरु

समाचार
उदयपुर, फागुन ४ गते । ७० औँ प्रजातन्त्र दिवसको भब्यताका साथ मनाउको लागि उदयपुरमा मूल समारोह समिति गठन भएको छ । आईतबार बसेको छलफलले जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको संयोजकत्वमा समिति गठन भएको हो । विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउ लागेको दिवसका तयारी सुरु भएको मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले बताए । आगामी फागुन ६,७ र ८ गते भब्यताका साथ मनाउन लागिएको दिवसको दिपप्रज्वलन, सरसफाई, वक्तित्व प्रतियोगीता, अन्तरक्रिया कार्यक्रम, सरकारी र संघ सस्थाको भवनमा उम्रिएका पिपल, झार लगायतका बोट विरुवा सरसफाई, स्थानीय सरकारलाई दिवस मनाउन अनुरोध गर्ने लगायतका निर्णय भएको संयोजक परियारले बताए । त्यस्तै निर्वाचन आयोगको निर्वाचन दिवसलाई पनि प्रजातन्त्र दिवससँगै समेटर ६ गते वक्तित्वकला प्रतियोगीता र अन्तरक्रिया कार्यक्रम गर्ने संयोजक ...
मगरको घर गोठ जल्दा ६ लाखको क्षती

मगरको घर गोठ जल्दा ६ लाखको क्षती

समाचार
उदयपुर, फागुन ४ गते । उदयपुरका आगलागीबाट करिब छ लाख बराबरको क्षती भएको छ । रौतामाई गाउँपालिका–४ नथने निबासी जितबहादुर मगरको घरमा आगलागी हुदा छ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको हो । फुसको छानो भएको घरमा एक्कासी लागेको आगोबाट घर, भान्सा घार, गाई गोठ र भाडा वर्तन, अन्न पात, लत्ताकपडा जलेर पूर्ण रुपमा नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
मोवाईल र टप चोर्ने चोर पक्राउ

मोवाईल र टप चोर्ने चोर पक्राउ

समाचार
उदयपुर, फागुन ४ गते ।  उदयपुरमा तीन जान चोर रङ्गेहात पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–३ ठाडी मुसहरी टोली निबासी मिनबहादुर ठकुरीको घरबाट चोरेर भागेका मोवाईल र सनुको टपसहित पक्राउ परेका हुन् । त्रिनपा–३ मोतिगडा ठाडी निबासी २५ वर्षीय धिरज पाण्डे, २४ वर्षीय अरविन्द चौधरी र त्रिनपा–११ निबासी १९ वर्षीय गणपत भन्ने अम्बर विक रङ्ेहात पक्राउ परेको प्रहरीले जनाएको छ । पाण्डेको साथबाट महिलाने लगाउने एक थान टप, चौधरीको साथबाट माईक्रोम्याक्स मोवाई सेट एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।...
स्वर्गिय. आदिम दनुवारको सम्झनामा समर्पित म्युजिक भिडियो सार्वजानिक

स्वर्गिय. आदिम दनुवारको सम्झनामा समर्पित म्युजिक भिडियो सार्वजानिक

मनोरञ्जन, समाचार
राजावास/फागुन, २ स्वर्गिय आदिम दुनुवारलाई समर्पित गर्दै निर्माण गरिएको म्युजिक भिडियो शनिवार राजावासको दनुवार संग्राहलयमा सांगितिक कार्यक्रमको विच सार्वजानिक गरिएको छ । भिडियो निर्माण समितिले बृहत सांगितक कार्यक्रमको साथ भिडियो सार्वजानिक गरेको हो । आदिम दनुवार स्मृति प्रतिष्ठानद्धारा संकलित रकमको सहयोगमा निर्माण गरिएको भिडियोमा स्वर्गिय आदिम दनुवारको बाजे बिरमान मन्धने दनुवारलाई पनि समर्पित गर्दै भिडियो सार्वजानिक गरिएको हो । प्रतिष्ठानले छोराको अमर सम्झनामा दुइ एकान दुई बोल नामक म्यजिक भिडियो तयार गरी सार्वजानिक गरेको छ । गितको शब्द लेखन सैन्ध्वज दनुवार, स्वर तथा संगित आइएमइ लोक स्टार विनोद दनुवार तथा चर्चित गायीका अन्जु पन्तको रहेको छ । आशिष राई र सीता राईको मुख्य अभिनित तथा स्थानीय बालकलकारहरुको बिषेश भुमिकामा म्युजिक भिडियो तयार गरिएको छ । भिडियोलाई हाइलाइट्स नेपाल युट्यव च्यानले स...