Sunday, August 23News That Matters

समाचार

आज सवै विदेशी मुद्राको भाउ घट्यो

आज सवै विदेशी मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
फागुन ६ गते ।  आज सवै विदेशी मुद्राको भाउ घाटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो पनि खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५१ पैसा नै थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ ४५ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ । हि...
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ सय नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ सय नाघ्यो

समाचार, स्वास्थ्य
फागुन ६ गते । चिनबाट फैलिएको कोराना भाईरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ सय नाघेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको मृत्यु भईसकेको चीनको स्वास्थ्य आयोगले बताएको संचारमाध्यमहरुले जनाएको छ । सोमबार एकै दिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको मृत्यु भएको जनाईएको छ । भाईरसको नयाँ संक्रमित थपिएसँगै भाईरसबाट संक्रमितको संख्या ७४ हजार चार सय ३६ जना पुगेको जनाएको छ । चिनबाहिरका फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक÷एक जनाको ज्यान गएको जनाईएको छ । कोरोना संक्रमितको उपचारमा खटेका एक हजार सात सय १६ जना चिकित्सक संक्रमित भएको सरकारी तथ्याङ्कले देखाएको थियो । ८० प्रतिशतभन्दा बढी बिरामी हल्का लक्षण देखिएपछि ठिक हुन्छन् । १४ प्रतिशत निमोनिया जस्तो गम्भीर र जटिल समस्याबाट पीडित हुने गरेका छन् । पाँच प्रतिशत गम्भीर स्थितिमा छन् र दुई प्रतिशत रोगबाट मर्ने गरेको ...
इङ्लिस प्रिमियर लिगमा युनाइटेडको जित

इङ्लिस प्रिमियर लिगमा युनाइटेडको जित

खेलकुद, समाचार
फागुन ६ गते ।  इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले जित हात पारेको छ । गतराती चेल्सीको खेलमैदानमा भएको खेलमा चेल्सीलाई २–० गोलले पछिपार्दै युनाइटेडले जित हात पारेको हो । खेलको ४५औँ मिनेटमा म्यान्चेस्टरको एन्थोनी मार्सियलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा ह्यारी मागुइरेले गोल गर्दै म्यान्चेस्टरले जित हात पारेको थियो । म्यान्चेस्टर युनाइटेडको जित सँगै ३८ अङ्क बनाउँदै सातौँ स्थानमा पुगेको छ भने चेल्सी ४१ अङ्कसहित चौथो स्थानमा छ ।...
प्रजातन्त्र दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगीता

प्रजातन्त्र दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगीता

खेलकुद, समाचार
उदयपुर, फागुन ५ गते । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा “तेस्रो जेसीज कप खुल्ला व्याडमिन्टन प्रतियोगीता २०७६” हुने भएको छ । उदयपुर जेसीजको आयोजना र जिल्ला व्याडमिन्टन संघ उदयपुरको सहयोगमा आगामी फागुन ९ गतेदेखि कवर्ड हल बोक्सेमा प्रतियोगीता संचालन हुने भएको हो । आगामी ९ र १० गते संचालन हुने प्रतियोगीतामा मेन्स डब्लस “ए” र मेन्स डब्लस “वि” को प्रतियोगीता गराईने आयोजकले जनाएको छ । प्रतियोगीताको लागि आगामी ८ गतेसम्म टिम दर्ता गर्ने सुचना जारी गरी सकेको आयोजकले जनाएको छ । मेन्स डब्लस “ए” तर्फ प्रथाम, द्धितिय र तृतिय हुने जोडीलाई नगद १२, ८ र ६ हजारको साथ कप, मेडल र प्रमाण पत्रले सम्मानित गरीने छ भने मेन्स डब्लस “वि” तर्फ प्रथाम, द्धितिय र तृतिय हुने जोडीलाई नगद ८, ६ र ६ हजारको साथमा कप, मेडल र प्रमाण पत्रले सम्मान गर्ने आयोजकले जनाएको छ ।...
मार्सल आर्ट महोत्सवको तयारी पुरा

मार्सल आर्ट महोत्सवको तयारी पुरा

खेलकुद, समाचार
आशिष बस्नेत कटारी/फागुन ५ गते ।  आगामी फागुन १० गतेबाट सुरु हुने कटारी मार्सलआर्ट महोत्सव २०७६को तयारी पुरा भएको छ । कटारी मेयर कप आमन्त्रित कटारी मार्सल आर्ट महोत्सव २०७६ को तयारी पुरा भएको कटारी मार्सल आर्ट महोत्सव मुल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । १० गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सवमा १ न. प्रदेशका छ सय खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा उसु तर्पm १४ स्वर्ण, १४ रजत र २८ कास्यपदक, तेक्वान्दो तर्पm १२ स्वर्ण , १२ रजत र २४ कास्य र सितोरियो कराते तर्पm १४ स्वर्ण र १३ रजत र २६ कास्यका लागि प्रतिष्पर्धा हुने आयोजक समितिका अध्यक्ष दिपक तामाङ्गले बताए । कटारी नगरपालिकाको सहयोग र होटल माछापुच्छ्रे होलिडे ईनको सह प्रायोजकमा प्रतियोगीता हुने भएको छ । मेयर कप भनिए पनि प्रदेशका सवै खेलाडीहरुले सहभागीता जनाउने भएकाले ...
जक मुद्दामा पूर्व सभामुख महरालाई सफाइ

जक मुद्दामा पूर्व सभामुख महरालाई सफाइ

समाचार
फागुन ५ गते ।  जिल्ला अदातल काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको ईजलासले जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहनुभएका महरा रिहा भएको हो । प्रतिनिधि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा थियो । गत कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा महरा विरुद्ध मुद्दा दायर भएको थियो । जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो । प्रहरीले महरालाई गत असोज १९ गते पक्राउ गरी लामो अनुसन्धानपछि पूर्पक्षका लागि डिल्ली बजार कारागारमा राखेको थियो ।...
आईपीएल खेल तालिका सार्वजनिक

आईपीएल खेल तालिका सार्वजनिक

खेलकुद, समाचार
फागुन ५ गते । आईपीएल–२०२० को खेल तालिका सार्वजनिक भएको छ । सीमित ओभरको क्रिकेटको महाकुम्भ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १३औँ संस्करणका खेलको लिग चरणको खेल तालिका सार्वजनिक भएको हो । नकआउट चरणको खेल तालिका पछि सार्वजनिक गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । आगामी मार्च २९ बाट सुरु हुने प्रतियोगिताको फाइनल खेल मे २४ मा हुने भएको छ । खेल तालिका तल हेर्नुहोस् । ...
थप उपचारको लागि पाठकलाई  काठमाण्डो रेफर

थप उपचारको लागि पाठकलाई काठमाण्डो रेफर

समाचार, स्वास्थ्य
गाइघाट/फागुन, ५ आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका लाफागाउँका दिनेश पाठकलाई जिल्ला हस्पिटल उदयपुरले काठमाण्डो रेफर गरेको छ । सोमवार जिल्ला हस्पिटल उदयपुर र अस्पताल संञ्चालक समिति तथा व्यवस्थापक समितिको रोहबरमा पाठकलाई काठमाण्डो रेफर गरिएको हो । पाठकलाई काठमाण्डोको सुविधा सम्पन्न  हस्पिटलमा रेफर गरिएको छ । जिल्ला हस्पिटल उदयपुरमा करिब १ महिनाको उपचार पछि पाठकलाई छाला अप्रेशनको लागि काठमाण्डो रेफर गरिएको हस्पिटलले बताएको छ । यहाँ पाठकलाई अप्रेशन गर्ने उचित सेवामुलक स्रोत साधन नभएपछि पूर्ण स्वास्थयलाभ तथा उपचारको लागि काठमाण्डोको सुविधा सम्पन्न हस्पिटलमा पठाएको निमित्त मेडिकल सुपरिटेन्डेन डा. जिवनारायण मणडलले बताउनुभयो । पाठक ट्याक्टर मर्मतको लागि इनरुवा गएका बेला जाडोमा आगो बाल्ने क्रममा  डिजेलको जर्किन विस्पोट भई शरिरको ४५ प्रतिशत गुमान पुगेका विरामी हुन् । घटनापछि धरानको घो...
कुवेती दिनार र ओमानी रियालको भाउ बढ्यो

कुवेती दिनार र ओमानी रियालको भाउ बढ्यो

आर्थिक, समाचार
फागुन ५ गते । आज कुवेती दिनार र ओमनी रियालको भाउ घटेको छ । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ २८ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोके...
कालापानी निरीक्षणमा उपप्रधानमन्त्री पोखरेल

कालापानी निरीक्षणमा उपप्रधानमन्त्री पोखरेल

समाचार
फागुन ५ गते । दार्चुलाको कालापानी निरीक्षणमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल निस्कनु भएको छ । सीमा निरीक्षणका लागी सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिकाको कालापानी क्षेत्र प्रस्थान गर्नुभएको हो । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गर्नु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो  । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।...