साहाराले त्रियुगाकाे ६४ हेक्टरमा चाक्लाबन्दी खेतीगर्ने
उदयपुर/फागनु,७
त्रियुगा नगरपालिका १३ स्थित साहारा कृषि संस्थाको अर्धबार्षिक समिक्षा बुधबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आथित्य तथा समाजसेवी समुहको अध्यक्ष डा. निर्मल केसीको विषेश आथित्यतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा सहकारीको हाल सम्म गरेको काम र प्रगतिको बारेमा जानकारी सहित सम्पन्न भएको थियो । खासगरी उक्त सहकारी संस्थाले संञ्चालन गरेको चक्लाबन्दी खेतीको बारेमा विषेश चर्चा भएको थियो । ६४ हेक्टर जमिनमा गर्न लागिएको चक्लाबन्दी खेती एकिकृत रुपमा खेती गर्ने तयारी भइरहेको समिक्षामा जनाइएको छ ।
सबैले मिलेर एउटै वाली लगाउने धान मकै उत्पादन गर्ने विउ आफै उत्पादन गर्ने बाह्रै मास बाली लाउने योजनालाई सफल बनाउने तर्फ कृषकहरु अग्रसर रहेको कार्यक्रममा समिक्षा गरिएको छ । मुल्य बजार श्रम सबै हुने गरी राज्यका सबै विकास सँग सहमति, स्वीकृति र सहयोग ल...








