आज सबै विदेशी मुद्राको भाउ घट्यो
माघ १५ गते ।
आज सबै विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ र बिक्रीदर १ सय १४ रुपैयाँ ६० पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ १८ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९६ रुपैयाँ ९४ पैसा रहेको थियो । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो ३१ रुपैयाँ ४...







