Monday, July 13News That Matters

समाचार

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

समाचार
झापा,मंसिर १३ गते । झापा कचनकवलमा हात्तिको आक्रममा परि एक जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–७ निबासी ५५ बर्षीय कायाराय क्षेत्रीको मृत्यु भएको हो । पाथीभरा सामुदायीक बनको भवन नजिकै जंगली हात्ती आएर क्षेत्रीलाई गतराती ९ बजे आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । क्षेत्री उक्त सामुदायीक बनको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।...
भीरबाट लडेर १ जनाको मृत्यु

भीरबाट लडेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ,मंसिर १३ गते । ताप्लेजुङ सिदिङवामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिदिङवा गाउँपालिका–५ लिम्बुदिन निबासी ५५ बर्षीय जयबहादुर इदिङगोलिम्बुको मृत्यु भएको हो । आङखोपबाट घर फर्कने क्रममा गतसाँझ साढे ७ बजे नाकेडाँडा भिरको गोरेटो बाटोबाट करिब ६ सय मिटर तल लडेर खस्दा घटना स्थलमै लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मंसिर १५ देखि दोस्रो मेयर कप हुने

मंसिर १५ देखि दोस्रो मेयर कप हुने

समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १३ गते । चौदण्डीगढी नगर दोस्रो मेयर रनिङ शिल्ड फुटबल प्रतियोगिता हडैयामा हुने भएको छ । आगामी मंसिर १५ बाट सुरु हुन लागेको प्रतियोगीता चौनपा– १० हडियाको शान्तिनगर खेल मैदानमा हुने भएको हो । प्रथम र दोस्रो हुनेले क्रमश ५० र २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्रले विजयी खेलाडीहरुलाई सम्मान गरीने चौदण्डीगढी नगर खेलकुद विकास समितिका संयोजक शशिचन्द्र राईले जानकारी दिनु भयो । नगरपालिकाको आर्थिक सहयोग र नगर विकास खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।...
कटारीमा सुमो दुर्घटना हुदा ९ जना घाईते

कटारीमा सुमो दुर्घटना हुदा ९ जना घाईते

समाचार
उदयपुर,मंसिर १३ गते । उदयपुरको मरुवामा सुमो दुर्घटना हुदा ९ जना घाईते भएका छन् । सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी नगरपालिका–४ मरुवामा शुक्रबार टाटा सुमो दुर्घटना हुदा नौ जना घाइते भएका हुन् । ओखलढुङ्गाबाट कटारी तर्फ आउँदै गरेको ना १ ज ३८८६ नम्बरको सुमो एक्कासी सडकबाट पल्टिएर दुर्घटना भएको थियो । गाडीमा सवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ निबासी ६७ वर्षीय सन्तबहादुर विश्वकर्मा, ६६ वर्षीया मनमाया विश्वकर्मा, ६६ वर्षीया कर्णमाया विश्वकर्मा र मोलुङ्ग गाउँपालिका–५ निबासी ५० वर्षीया मैया विश्वकर्मा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सिद्धिचरण–५ निबासी ७० वर्षीया तिलमाया विश्वकर्मा, चम्पादेवी गाउँपालिका–५ निबासी ४२ वर्षीया आमातारा तामाङ र उनकी छोरी १४ वर्षीया सेली तामाङ, सिन्धुली फिक्कल गाउँपालिका–५ निबासी ५५ वर्षीय वीरेन्द्रबहादुर सुनुवार र सर्लाहीका सोवित महतो समान्य घाईते भएको ...
मोटरसाईकल दुर्घटनामा १ जना घाईते

मोटरसाईकल दुर्घटनामा १ जना घाईते

समाचार
उदयपुर, मंसिर १३ गते । उदयपुरको कटारीमा मोटरसाईकल दुर्घटना हुदा एक जना घाईते भएको छ । कटारी नगरपालिका–४ पेट्रोल पम्प छेउमा मोटरसाईकल दुर्घटना हुदा बसन्त मगर घाईते भएको हो । मरुवाबाट कटारी तर्फ आउँदै गरेको स ८ २७८४ नम्बरको मोटरसाईकल स १ ह १०३६ नम्बरको सिटीमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक कनपा–७ निबासी २० वर्षीय बसन्तको कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सिटी चालक रत्नबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
महिला हिंसा तथा दायित्व विषयक अन्तक्रिया

महिला हिंसा तथा दायित्व विषयक अन्तक्रिया

समाचार
उदयपुर/१२ महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिवार जिल्ला समन्वय समितिको हलमा महिला माथि हुने हिंसा र आम नागरिको दायित्व विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । शान्ति समाज केन्द्र पेसोक नेपाल तथा ओरेक नेपालको संयुक्त आयोजनामा महिला माथि हुने बिभिन्न हिंसाको अवस्थाहरुलाई मध्यनजर गर्दै यसलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा बिभिन्न क्षेत्रहरु सँग अन्तक्रिया गरिएको हो ।नेपालमा अझै पनि महिला हिंसाको अन्त्य नभएको  र उदयपुरमा यसको अवस्था के छ भन्ने विषयमा गहन छलफल  भएको शान्ति समाज केन्द्र पेशोक नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी सिर्जना दनुवारले बताईन् ।उनीले सहभागिहरु बाट उठेका प्रश्नहरु आर्थीक पक्ष, सामाजिक पक्ष र सरकारले बनाएको निति नियमहरु कार्यन्वयन भएको छ की छैन भन्ने विषयमा अनुगमन हुन जरुरी लगाएतका प्रश्न तथा अन्तक्रिया निकै महत्वपूर्ण रहेको बताईन् । यस्तै...
भीरबाट लडेर १ जनाको मृत्यु

भीरबाट लडेर १ जनाको मृत्यु

समाचार
ओखलढुङ्गा, मंसिर १२ गते ।  ओखलढुङ्गाको चिसंखुगढीमा भरीबाट लडेर एक जनाको मृत्यु भएको छ । चिसंखुगढी गाउँपालिका–८ जुकेपानी निबासी ४८ वर्षीय अन्जु राईको लडेर मृत्यु भएको हो । रुम्जाटारबाट घर फर्कने क्रममा गतराती चिसंखुगढी–७ धनमुडाको भीरबाट करिब २० मिटर तल लडेर खसेर राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।...

विप्लव समूह परित्याग गर्दै बिज्ञप्ती जारी

समाचार
पूर्णपुष्टि, मंसिर १२ । चाैदण्डिगढी नगरपालिका -४ घर भई हाल त्रियुगा नगरपालिका -१२ निवासी अनिता गजमेर भनिने पवित्रा बि.क. ले बिहिबार बिज्ञप्ती जारी गर्दै नेकपा माअाेवादी विप्लव समुह परित्याग गरेकाे जनाएकी छिन् । पार्टिकाे साधारण सदस्यसमेत नरहने गरि पार्टि परित्याग गरेकाे उनले जनाएकी छिन् । विगतमा साे पार्टीमा संलग्न भई सांगठनिक गतिबिधि गरेकाे भएपनि अबका दिनमा स्वतन्त्र जीवन यापन गर्ने जनाएकी छिन् । उनले पारिवारिक हेरचाहका साथ पारिवारिक जीवन ब्यातित गर्ने जनाएकी छिन् । विप्लव समुहकाे गतिविधिमा लागेकाे भन्दै प्रहरीले उनलाई केही दिनअघि नियन्त्रणमा लिएकाे थियाे । अबका दिनमा त्यस्ता गतिविधि परित्याग गरि स्वतन्त्र जीवन यापन गर्ने प्रतिबद्धता गरेपछि प्रशासनले नागरिक समाज, अधिकारकर्मी र केही राजनितिक दलकाे प्रतिनिधिकाे राेहबरमा छाडेकाे छ । उनलाई केही समयका लागि तारिक ताेकिएकाे छ । उनकाे बिज्ञप्त...
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचार
मोरङ,मंसिर १२ गते ।  मोरङको बेलबारीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत बेलबारी नगपालिका–२ मा ट्रकको ठक्करबाट बलबहादुर लिम्बुको मृत्यु भएको हो । पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले विहान ८ बजे तेह्रथुम बसन्तपुर नगरपालिका–४ निबासी ७० वर्षीय लिम्बुलाई ठक्कर दिएर मृत्यु भएको प्रहरीले बताए । ट्रकको ठक्करबाट घाईते भएका लिम्बुको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा प्रदेशस्तरको ब्याड्मिन्टन प्रतियोगिता भोलीदेखि

उदयपुरमा प्रदेशस्तरको ब्याड्मिन्टन प्रतियोगिता भोलीदेखि

खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १२ । त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरकोल आयोजनामा उदयपुरमा १ नं. प्रदेश स्तरीय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता शुक्रबार (भोली) देखि हुने भएको छ । दुईदिनसम्म सञ्चालन हुने खुल्ला प्रतियोगिता मेन्स डबल्सको हुने र ४५ वर्ष माथि उमेर समुहका लागि भेट्रान्स ब्याड्मिन्टन प्रतियोगिता पनि रहेको छ । प्रतियोगितामा १ नं. प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा २ नं. प्रदेशको सिरहा र सप्तरीका खेलाडीसमेतको सहभागिता रहने जनाइएको छ । हरेकवर्ष नगरपाकिलाको आर्थिक सहयोगबाट आयोजना हुदै आएको प्रतियोगिता यसवर्ष अझ विशेष हुने आयोजकको दावी छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको संघका कोषाध्यक्ष सुबास भट्टराईले बताउनुभयो । प्रतियोगिताका लागि व्याड्मिन्टन कवर्डहल सजिसजाउ पारिएको छ । बोक्सेस्थित...