पर्यटकिय क्षेत्रकोे विकासमा बेलकाको चासो
उदयपुर, मंसिर १० गते ।
उदयपुरको बेलका नगपालिकाले नगर क्षेत्र भित्रको पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि तिब्रता दिएको छ । नगरपालिकाले नगर क्षेत्र भित्र रहको पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि बजेट नै विनियोजन गरेर तिब्रता दिएको हो ।
सन् २०२० लाई थप टेवा पु¥याउने लक्ष्यका साथ ‘पर्यटन’ शिर्षकमा नगरले करिब ७० लाख बजेट विनियोजन गरेर पर्यटकिय क्षेत्रको विकासको काममा तिब्रता दिएको पालिकाले जनाएको छ । पर्यटनका लागि छुट्याएको बजेटले काम अघि बढी सकेको बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृति पुष्कर भट्टराईले बताए । प्राय धेरै पर्यटकिय स्थललाई छुने भएकाले कोशी करिडोरालाई पालिकाले विशेष प्राथमिकतामा राखेको उनले बताए । पालिकामा रहेको करिब १८–२० वटा सम्पदाहरुको पहिचान गरी विस्तृत परियोजना (डिपिआर) तयार गरी डिपिआर अनुसार काम गर्ने नगर पर्यटन बोर्ड बेलाकाका उपाध्यक्ष रमण...








