Friday, August 21News That Matters

समाचार

कास्कीका दुई ठाउँमा बम विस्फोट

कास्कीका दुई ठाउँमा बम विस्फोट

समाचार
मंसिर १४ गते ।  कास्कीको नयाँ बजार र बागमारामा बम विस्फोट भएको छ । पोखरा महानगरपालिका–१६ को शान्ति मावि मतदान स्थल नजिकै र पोखरा–९ को नवप्रभात मावि मतदान स्थलमा मतदान भैरहेको बेला बम विस्फोट भएको हो । मतदान केन्द्र नजिकै विस्फोट हुँदा मतदान केही बेर रोकिएको थियो । रोकिएको मतदान पुन सुरु भएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ । अहिले ३२ मतदान स्थलका ८२ वटै केन्द्रमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
उदयपुर,मंसिर १४ गते ।  उदयपुरको लिम्चुङ्बुङमा भिरबाट लडेर एक जना बालकको मृत्यु भएको छ । लिम्चुङ्बुङ गाउँपालिका–३ सिम्ले निबासी भरतबहादुर मगरको छोरा १० वर्षीय ओपे भन्ने गणेशबहादुर मगरको मृत्यु भएको हो । बारा जंगलको धारापानी गैरामा गतसाँझ करिब ६ बजे बालक लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएको बालकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय लिम्चुङ्बुङबाट तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बेलकाको विवादित गिट्टिढुंगाबारे स्थलगत अुनगमन

बेलकाको विवादित गिट्टिढुंगाबारे स्थलगत अुनगमन

समाचार
पूर्णपुष्टि, मंसिर १३ । उदयपुरको वेलका नगरपालिका स्थित सिसुवा खोला र गिदेरी खोलामा नगरपालिकाले ठेक्का लगाएको गिटि, ढुंगा, बालुवाको शुक्रबार जिल्ला स्थित निकायहरुले संयुक्तरुपमा स्थलगत अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति उदयपुरको नेतृत्वमा स्थानीयको मागहरुलाई सम्बोधन गर्दै सुरक्षा सहितको टोलीले मापदण्ड अनुरुपको स्थलगत अनुगमन गरेको थियो । बन डिविजन कार्यलयको प्राविधिक टोली सहित (आइइइ) को माध्यमबाट वातावरणीय प्रभाव मूल्याङकनको आधारमा प्रतिवेदन स्वीकृतसहित अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका अध्यक्ष खड्ग परियारले बताए । अनुगमन पश्चात परियारले विस्तृत रुपमा यसको छलफल गरी समधानमा ल्याउने बताए । सम्बन्धित सबै पक्षसहितको बैठको प्रतिवेदनले यसको समधान गर्ने परियारले बताए । बेलका नगरपालिका वडा नं ५ खयारबारीको गिदेरी खोला र वडा नं ४ र ६ को सिमामा रहेको सिसुवा खोला ...
महिला मानब अधिकारकर्मीको योगदानको स्मरण गरियो

महिला मानब अधिकारकर्मीको योगदानको स्मरण गरियो

समाचार
पूर्णपुष्टि, मंसिर  १३  उदयपुरका महिला मानवअधिकारकर्मीहरुले महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको स्मरण गरिएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानको क्रममा शुक्रबार महिला अधिकारकर्मीहरुले आफ्नो  क्षेत्रबाट समुदायलाई गरिएको योगदानको स्मरण गरेका हुन् । महिला अधिकारकर्मीहरुको विगत र वर्तमान तथा अवसर र चुनौतीको बारेमा अन्तरक्रिया भएको थियो । महिला मानवअधिकार रक्षक सञ्जाल उदयपुुरले गाईघाटमा गरेको महिला मानव अधिकारकर्मीको विगत र वर्तमानको भूमिकाबारे अन्तरक्रियामा विगतको स्मरण गरिएको थियो भने वर्तमान र भविष्यका लागि अझ संगठित र एकता हुदै अगाडी बढ्ने प्रण गरिएको छ । महिला मानवअधिकारकर्मीहरुले विगतमा ज्यानसम्म जोखिममा राखेर कष्टपूर्ण र जोखिमपूर्ण कदम चाल्दै अधिकारको क्षेत्रमा लडेको अनुभव र अनुभूती राखेका थिए । द्वन्द्वकालमा राज्यपक्षको धम्की, कडा निगरानी र माओवादीको निय...
घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग

घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग

आर्थिक, समाचार, स्वास्थ्य
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १३ गते । घर निर्माणको  क्रममा ४ तला माथिबाट गत कार्तिक ७ गते खसेर घाईते भएका एक मजदुरलाई आर्थिक सहयोग प्राप्त भएको छ । पोखरामा घर निर्माणको काम गर्ने क्रममाा लडेर घाईते भएका चौदण्डीगढी नगरपालिका–१ छुईला निवासी २१ वर्षिय युवराज राईको उपचारको लागि जापानबाट आएको सहयोग बुधबार उनबो बुवा  आमालाई हस्तान्तरण गरिएको हो । चौनपा–१ निवासी जापानमा बसोवास गर्दै आएका बसन्त राईको नेतृत्वमा संकलित १ लाख ५ हजार ६ सय ५० रुपैयाँ घाईतेका बुवा मोहन र आमा मैया राईलाई स्थानीय युवा समाजसेवी सन्तोष राई मार्पmत घरैमै पुगेर हस्तान्तरण गेको समाजसेवी राईले बताए । घाईते राईको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको समाजसेवी राईले बताए । आर्थिक अबस्था कम्जोर भएका घाईते राईको उपचारमा आर्थीक समस्या परेको उनको परिवारले जनाएको छ । घाईते राईको ढाड, कम्मर, टाउको र हात खुट्टामा ग...
ट्याक्टर दुर्घटनामाा चालक र सह चालकको मृत्यु

ट्याक्टर दुर्घटनामाा चालक र सह चालकको मृत्यु

समाचार
धनकुटा,मंसिर १३ गते । धनकुटामा ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालक र सह–चालकको मृत्यु भएका छन् । कोशी राजमार्ग अन्र्तगत धनकुटा नगरपालिका–१ हिलेमा ट्याक्टर दुर्घटना हुदा मृत्यु भएका हुन् । शुक्रबार दिउँसो साढे १ बजे ट्याक्टर दुर्घटना हुदा चालक धनकुटा सिंजालीगाउ निबासी ४० बर्षीय राजकुमार मगर र सह–चालक २७ बर्षीय दलबहादुर सिंजालीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । सधुवाबाट हिलेतर्फ आउदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदा चालक राजकुमारको ट्याक्टरले किचि घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका सहचालक दलबहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा पउने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
ईलाम,मंसिर १३ गते । ईलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–५ को माईखोला हाईड्रो पावरमा काम गर्ने क्रममा बारा बर्दिया घर भई ईलाम बस्दै आएका २८ बर्षीय बालकुमार चौधरीको मृत्यु भएको हो । गतराती ११ बजे हाईड्रोपावरमा कामगर्ने क्रममा तार सट भई करेन्ट लागी बेहोस भएका चौधरीको उपचारको क्रममा राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

समाचार
झापा,मंसिर १३ गते । झापा कचनकवलमा हात्तिको आक्रममा परि एक जनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–७ निबासी ५५ बर्षीय कायाराय क्षेत्रीको मृत्यु भएको हो । पाथीभरा सामुदायीक बनको भवन नजिकै जंगली हात्ती आएर क्षेत्रीलाई गतराती ९ बजे आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । क्षेत्री उक्त सामुदायीक बनको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।...
भीरबाट लडेर १ जनाको मृत्यु

भीरबाट लडेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ,मंसिर १३ गते । ताप्लेजुङ सिदिङवामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिदिङवा गाउँपालिका–५ लिम्बुदिन निबासी ५५ बर्षीय जयबहादुर इदिङगोलिम्बुको मृत्यु भएको हो । आङखोपबाट घर फर्कने क्रममा गतसाँझ साढे ७ बजे नाकेडाँडा भिरको गोरेटो बाटोबाट करिब ६ सय मिटर तल लडेर खस्दा घटना स्थलमै लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मंसिर १५ देखि दोस्रो मेयर कप हुने

मंसिर १५ देखि दोस्रो मेयर कप हुने

समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १३ गते । चौदण्डीगढी नगर दोस्रो मेयर रनिङ शिल्ड फुटबल प्रतियोगिता हडैयामा हुने भएको छ । आगामी मंसिर १५ बाट सुरु हुन लागेको प्रतियोगीता चौनपा– १० हडियाको शान्तिनगर खेल मैदानमा हुने भएको हो । प्रथम र दोस्रो हुनेले क्रमश ५० र २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्रले विजयी खेलाडीहरुलाई सम्मान गरीने चौदण्डीगढी नगर खेलकुद विकास समितिका संयोजक शशिचन्द्र राईले जानकारी दिनु भयो । नगरपालिकाको आर्थिक सहयोग र नगर विकास खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।...