Friday, August 21News That Matters

समाचार

दुर्घटनामा १ जनाको मृत्यु

दुर्घटनामा १ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर ८ गते । उदयपुरको घुम्तिमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी नगरपालिका–८ को घुम्तिमा मोटरसाईकल दुर्घटना हुदा पछाडी सवार सन्तोष कार्कीको मृत्यु भएको हो । बेतेनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आएका ना ७ ख ४६१५ नम्बरको ट्रकले साईड दिने क्रममा राती ७ः१५ बजे मोटरसाईकल नालीमा खसी दुर्घटना हुदा कनपा–३ निबासी ३७ वर्षीय कार्की घाईते भएको प्रहरीले जनाएको छ । घाईते कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मोटरसाईकल चालक कनपा–३ निबासी ३१ वर्षीय नवराज कुँवरको कटारी अस्पालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल ट्रकमा ठोकिएको आशंकामा ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटा...
मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर ६ गते ।  चौदण्डिगढीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । चौदण्डिगढी नगरपालिका–९ भिमामा मोटरसाईकल दुर्घटना हुदा दिपक विकको मृत्यु भएको हो । चौनपाको बेल्टारबाट गाईघाट तर्फ जादै गरेको को ४ प ३८३६ नमबरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक कालाबन्जर गाउँपालिका–३ निबासी २३ वर्षीय दिपकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका दिपकको प्रथकि स्वास्थ्य केन्द्र बेल्टारमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त मोटरसाईकलमा पछाडी सवार रमेश घाईते भएको र उनको उपचार प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
आगलागीमा १ बालकको मृत्यु

आगलागीमा १ बालकको मृत्यु

समाचार
उदयपुर, मंसिर ६ गते ।  उदयपुरमा आगलागी हुदा एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१६ रातापानी निबासी चन्द्रबहादुर राईको छोरा ४ वर्षीय विष्णुबहादुर राईको मृत्यु भएको हो । बालकले लाईटर खेलाउने क्रममा विहिबार दिउँसो करिब ३ बजे फुसको छाना र ढुङ्गा, माटोले बनेको दुई तले घर र २ वटा सुँगुरसहित बालक आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट १८ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । उक्त आगोले नजिकैको बमबहादुर राईको फुसको छानो भएको ढुङ्गा र माटोले बनेको दुई तले घर जलेर नष्ट हुदा करिब १४ लाख रुपैयाँको क्षती भएको प्रहरीले जनाएको छ । प्रहर चौकी सुकौराबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा ५ः१५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, मंसिर ४ गते । मोरङको रतुवामाईमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ निबासी ५५ बर्षीय बालबोध रायको मृत्यु भएको हो । घर नजिकै खेतको सफेदको रुखमा चडेर हाँगा झार्ने क्रममा बिहान पउने ११ बजे लडेर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी पाउनासाथ प्रहरी चौकी गोविन्दुरको प्रहरी टोली घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लहानबाट हराएको ट्यांकर धनुषामा फेला

लहानबाट हराएको ट्यांकर धनुषामा फेला

समाचार
मंसिर ४ गते ।  लहानबाट दुई दिन पहिला हराएको डिजेल बोकेको ट्याङकर धनुषाको रमदैयामा रित्तो फेला परेको छ । क्षिरेश्वरनाग नगरपालिका–१ रमदैयाको राजदेवी मन्दिरको छेउमा पार्किङ गरेको अवस्थामा बिहान साढे ७ बजे रित्तो ट्याङ्कर फेला परेको प्रहरीले जनाएको छ । रित्तो फेला परेको ट्याङ्करको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । गत आइतबार दिउँसो अमलेखगञ्ज डिपोबाट २० हजार डिजेल बोकेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर राति ११ बजे सिरहाको लहानबाट हराएको थियो । डिजेल बोकेको ट्याङ्कर हराएपछि छानबिनको लागि निगमले समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।...
आज रियाल, रिंगिट, दिर्हाम बाहेक अरु विदेशी मुद्राको भाउ घट्यो

आज रियाल, रिंगिट, दिर्हाम बाहेक अरु विदेशी मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
मंसिर ४ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २६ पैसा थियो । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ १३ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको ...
आईसीसी वरीयता २ नेपाली खेलाडी

आईसीसी वरीयता २ नेपाली खेलाडी

खेलकुद, समाचार
मंसिर ४ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी २० वरीयतामा नेपालका २ जना खेलाडी मात्रै अटाएका छन् । आईसीसीले टप सयको लिस्टमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामी मात्रै अटाएका हुन् । सन्दीप ४ सय १४ रेटिङ प्वाइन्टका साथ ७८ औं स्थानमा थिए । गएको महिना उनको वरीयता ६४ औं स्थान रहेको थियो । यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरीयतामा परेका छन् । उनी ३ सय ७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् । यसअघि वरीयतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् । टी २० को व्याटिङतर्फ पारस खड्का ४ सय ५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन् । उनी गएको महिना ४५ औँ स्थानमा थिए । ८० रेटिङ प्वाइन्टका साथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन् । उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए । यसैगरी ५९ औँ स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै...
पुस्ताकलय सम्बन्धि अन्तक्रिया ताथा बहस

पुस्ताकलय सम्बन्धि अन्तक्रिया ताथा बहस

समाचार
गाइघाट/मंसिर ३  संगम सामुदायिक पुस्ताकलयले नमुना पुस्ताकलय तथा संगम पुस्तकालयको विकासका योजनाबारे अन्तक्रिया तथा बहस कार्यक्रम मंगलबार बिभिन्न क्षेत्रहरु सँग गरेको छ । विद्यार्थी, शिक्षक, नागरिक समाज, पत्रकार, जेष्ठ नागरिक, फरक क्षेमताको व्यक्तित्व लगाएत सँग अन्तक्रिया तथा बहस कार्यक्रम गरेको हो । पुस्ताकलय एउटा ज्ञान, सिकाई र बझाईको ठुलो क्षेत्र भएको भन्दै यसको विकासका बारेमा प्रदेश नं १ ले कस्तो योजना तयार गरेको छ भन्ने कुरालाई जोड गर्दै प्रदेश नं १ योजना आयोगका उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि सुभोद्रा प्याकुरेल सँग सहभागीहरुले जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासालाई आत्मासात गरी पुस्ताकलयको बारेमा प्रदेश १ योजना आयोगले सबै जिल्लाहरुमा नमुना पुस्ताकलयको बारेमा योजना तयार गर्ने योजना रहेको प्रदेश योजनाका उपाध्यक्ष सुभद्रा प्याकुरेलले बताए । उनले संगम सामुदायिक पु...
उदयपुरको किविले बजार पाएन

उदयपुरको किविले बजार पाएन

आर्थिक, समाचार
उदयपुर, मंसिर ३ गते । उदयपुरमा पहिलो पटक उत्पादन भएको किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका छन् । रौतामाई गाउँपालिका–६ बोलुङ्खामा पहिलो पटक उत्पादन भएका किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जिल्ला कृषी कार्यालयबाट तीन वर्ष पहिले लगेर रोपेको किवीको विरुवाले राम्रो फल दिन थालेपछि बजारको समस्या आएको कृषक मदन राईले बताए । अहिले किवि एक घरमै करिब २ सय ५० केजी भन्दा बढी उत्पादन भएको कृषक राईले बताए । उनले भने ‘किवि पाक्न थाल्यो । तर बजार पाईएन ।’ महत्वपूर्ण फल भएपनि किविको महत्व नबुझेका गाउँलेहरुले तेतिकै दिए पनि नखाने गरेको कृषकहरुले बताएका छन् । सुन्तला, जुनार जस्तो खान नजानेको र यसको महत्व नबुझ्नाले उत्पादन भएका किवीले बजार पाउन नसकेको हो । किविले राम्रो उत्पादन दिएपछि बजारको लागि धेरै व्यापारीहरु खोजे पनि अहिलेसम्म कुनै निकाय र व्यक्ति नभेटिएकाले किविको बजारी कर...
आज विदेशी मुद्राको भाउ बढ्यो

आज विदेशी मुद्राको भाउ बढ्यो

आर्थिक, समाचार
मंसिर ३ गते ।  आज सवै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २६ पैसा तोकेको छ भने हिजो खरिददर १ सय १४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १६ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ भने हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १३ पैसा रहेको छ भने हिजो खरिददर २९७ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा छ भने हिजो पनि खरिददर ३१ रुप...