Friday, August 21News That Matters

समाचार

नदिले बगाउँदा १ जना बेपत्ता

नदिले बगाउँदा १ जना बेपत्ता

समाचार
ताप्लेजुङ, मंसिर १० गते ।  ताप्लेजुङको पाथीभरा याङवरकको एक जनालाई तमोर नदिले बगाउँदा बेपत्ता भएको छ । पाथीभरा याङवरक गाउँपालिका–१ निबासी ६० वर्षीय संगिता सुनुवारलाई नदिले बगाउँएर बेपत्ता भएको हो । नदि किनारमा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवारले नदीको पानी भर्ने क्रममा सोमबार दिउँसो पौने ५ बजे नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
ट्याक्टरले ठक्कर दिदा १ जनाको मृत्यु

ट्याक्टरले ठक्कर दिदा १ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर १० गते ।  उदयपुरको ताप्लिमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । ताप्लि गाउँपालिका–४ निबासी ५१ वर्षीय होमबहादुर रानाको मृत्यु भएको हो । यारी खोलाबाट थानगाउँ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले गतराती साढे ७ बजे रानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक फरार भएकाले खोजतलास भईरहेको छ भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
बाल सञ्जाललाई स्थानीय साशन तालिम

बाल सञ्जाललाई स्थानीय साशन तालिम

समाचार
उदयपुर, मंसिर ९ गते ।          त्रियुगा नगरपालिकाले नगर स्तरीय वाल सञ्जालका पदाधिकारीहरुलाई वालमैत्री स्थानीय साशन सम्बन्धि तालिम दिएको छ । वालमैत्री नगर घोषणा गर्ने उद्देश्यले नगरले सञ्जालका पदाधिकारीलाई दुई दिने अनुशिक्षण तालिम दिएको हो । नगरको १६ वटै वडाबाट कार्यक्रमा बालबालिका सहभागिता रहेको कार्यक्रम संयोजक तथा नगरपालिकाका सहायक महिला विकास निरीक्षक निरु कार्कीले बताईन् । कार्यक्रममा वालमैत्री स्थानीय साशन प्रर्वद्धन र यसका सूचकहरु, अर्थपूर्ण वालसहभागिता, बाल अधिकार र कर्तव्य, वाल समुह संजाल, परिचालन र पक्रिया, वालअधिकारको ऐतिहासिक, बालअधिकार सुनिश्चित गर्ने नीतिगत व्यवस्थाका बिषयमा जानकारी दिइएको उनले बताईन् । कार्यक्रमको सहजिकरण लैङ्कि डेक्सका प्रमुख भिमा राई, मविनि निरु कार्की, पुर्व केन्द्रिय बाल संजालका अध्यक्ष सुरेश गुप्ता, नगर स्तरीय बाल संजालका निवर्तमान अध्यक्ष सुरज खत्रील...

नवजात शिशु जीवन रक्षा कार्यक्रम

समाचार, स्वास्थ्य
उदयपुर, मंसिर ९ गते । उदयपुरमा मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि सुरक्षित मातृत्व र नवशिसु परियोजना संञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा एक कार्यक्रमकोसाथ परियोजनाको जानकारी गराएको हो । मातृ तथा नवजात शिशुको विरामी र मृत्यु दर घटाई मातृ र नवशिसु स्थितिमा सुधार ल्याउने लक्ष्यकासाथ वान हार्ट वल्र्ड वाइडले परियोजना सञ्चालन गरेको संंस्थाका मेनेजर गिता शर्माले बताइन् । ६ बर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रम तयारी, कार्यान्वयन र वहिर्गमन गरी तीन चरणमा विभाजन गरिएको छ । कार्यक्रमअन्र्तगत संस्थाले मातृ, नवजात शिशु तथा वाल स्वास्थ्य सेवाको माग बृद्धीमा दुई सय १६ जना स्वास्थ्य स्वयंमसेवीलाई जीवन सुरक्षा पूनर्ताजगी र मिजोप्रोस्टोल, १९ स्वास्थ्य संस्थाका व्यवस्थापन समितिको क्षमता अभिबृद्धी तालिम गरिने उनले बताईन् । ५ स्वास्थ्य संस्थाको सामाजिक लेखापरीक्षण गरिने संस्थाक...
उदयपुरमा लघु उद्यमी बढ्दो

उदयपुरमा लघु उद्यमी बढ्दो

आर्थिक, समाचार
उदयपुर, मंसि ९ गते । उदयपुरमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट लघु उद्यमी बढ्दै गएको एक तथ्याङकले देखाएको छ । गत कात्तिक महिनासम्म नयाँ लघुउद्यमीको संख्या चार हजार ९० पुगेको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको तथ्याङकले देखाएको हो । जिल्लाकोे स्थानीय तह मध्ये सवै भन्दा कम उद्यमी लिम्चुङ्बुङ गाउँपालिकामा रहेको तथ्याङकले देखाएको छ । लघुउद्यम तर्फ बेलकामा ४ सय ४८, चौदण्डिगढीमा ७ सय ४८, त्रियुगामा १२ सय ३६, कटारी नगरपालिकामा ५ सय ६६, रौतामाईमा ३ सय ८७, ताप्लिमा २ सय १९, लिम्चुङ्बुङमा १ सय ६७ र उदयपुरगढी गाउँपालिकामा ३ सय २७ जना उद्यमी रहेको तथ्याङकले देखाएको छ । गत कात्तिकसम्म २८ सय १२ वटा उद्योग दर्ता भएको छ भने बाणिज्यमा २५ सय ९८ दर्ता भएको तथ्याङ्कले देखाएको छ । बेलकामा १ सय ८८, चौदण्डिगढीमा २ सय ८४, कटारीमा, ३ सय ६४ र त्रियुगा नगरपालिकामा १२ सय २७ उद्योग दर्ता भ...
लैङ्गि हिंसा सम्बन्धी बिग बहस

लैङ्गि हिंसा सम्बन्धी बिग बहस

समाचार
गाईघाट/९ लैंङ्गिक हिंसको १६ दिने अभियानको क्रममा मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले वृहत वहस (बिग बहस) सोमवार त्रियुगा नगरपालिकाको सभाहलमा गरेको छ । आसनमा महिला, भाषणमा महिला र सासनमा महिला भन्ने नाराका साथ लैङ्गिक हिंसामा हुने बिभिन्न बिभेदहरुलाई निराकरण गर्न सम्बन्धित व्यत्तित्वहरु सँग बृहत रुपमा यसको वहस गरेको मूलधार महिला सेवा केन्द्रकी अध्यक्ष तथा महिला अधिकारकर्मी नजवुल खानले बताईन् । विषेशगरी लैंङ्गिक हिंसाको अन्त्य गर्न सम्बन्धित निकायहरुले पहल गर्नुपर्नेमा जोड गर्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी सामाजिक अभियान्ता, युवा, सुरक्षा निकाय, संञ्चारकर्मीहरु लागाएतको उपस्थितिमा बहस कार्यक्रम गरिएको थियो । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज बाट सुरु गरिएको सँगै बिभिन्न जिम्मेवारी क्षेत्रहरुले वहस तथा र्याली कार्यक्रम हरु सुरु गरेको छ ।  ...
उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

समाचार
उदयपुर, मंसिर ९ गते । उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । “समान्ताको पुस्ता : बलत्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो । सदरमुकाम गाईघाटको पिपल चौकबाट ¥यालिकासाथ बजार परिक्रमा गरी उक्त पिपल चौकमा कार्यक्रम गरेर अभियानको सुभारम्भ गरेको थियो । जिल्लाको सवै स्थानीय सरकारलाई लैंगिक हिंसा विरुद्ध जिम्मेवार बनाउने उद्देश्यका साथ १६ दिन संचालन हुने अभियान सुरु गरेको मुल समारोह समितिले जनाएको छ । गत वर्षहरुमा सदरमुकाममुखी अभियानलाई यस वर्ष ४ गाउँपालिका र ४ नगरपालिका गरी जिल्लाको ८ वटै पालिकामा अभियान संचालन गर्ने मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वयन समिति उदयपुरका उप–प्रमुख गंगा राईले बताईन् ।बढ्दो लैंगिक हिंसा नियन्त्रण गर्नका लागि विशेष स्थानीय तह जिम्मेवार बन्नु पर्ने भएकाले यस वर्षको अभियान गाउँ–गाउँमा संचालन हु...
लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ ९ गते बाट

लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको सुभारम्भ ९ गते बाट

समाचार
गाइघाट/आईतबार, ८ लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान ९ गते बाट उदयपुरमा पनि सुभारम्भ तथा उद्घाटन गरिने भएको छ । आईतबार जिल्ला समन्वय समितिको हलमा गरिएको पत्रकार सम्मेलन अनुसार सो अभियानको सुभारम्भ ९ गते बाट गरिने आयोजकले बताएको छ । जिल्ला समन्वय समिति उदयपुर तथा लैँङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान समारोह समितिको आयोजनामा ९ गते बाट २५ गत्ते सम्म अभियान गरिने आयोजगले बताएको हो । गत बर्ष भन्दा फरक तरिकाले यो अभियान सुरु गर्ने जिल्ला समन्वय समितिका उप–प्रमुख गंगा राईले बताईन् । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धताको नारा सहितको अभियान देशैभरी सुरु हुने भएको हो । नेपाल सरकार महिला बालबालिका ज्येष्ठ नागरिक मन्त्रालयको २०७६ को कार्यन्वयनको मस्यौदा अनुसार ७ ओटै प्रदेशमा यो अभियान संञ्चालन हुने उप–प्रमुख राईले बताईन् । मस्यौदामा बिषेशगरी संघ, जिल्ला समन्वय समिति, स्थानीय तह...
नेपाली बैज्ञानिक काफ्ले जापानमा पुरस्कृत, सबैलाई दिलायो नेपाली गौरब

नेपाली बैज्ञानिक काफ्ले जापानमा पुरस्कृत, सबैलाई दिलायो नेपाली गौरब

शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर ८ नेपालको सामान्य सरकारी विद्यालयमा अध्यायन गरेर पनि बैज्ञानिक बन्न सफल एक नेपाली युवा हुन् आनन्द काफ्ले । उदयपुरको उदयपुरगढी गाउँपालिका–५ घर भएका काफ्ले बैज्ञानिक मात्र भएनन् जापानमा पुरस्कृत पनि हुनुभएको छ । टोकियो युनिभर्सिटी अफ साईन्स, जापानमा “पोष्टडक्टरल फेलो” को रुपमा कार्यरत उनलाई आफ्नो  क्षेत्रको अनुसन्धनमा उत्कृष्ठ ठहरिदै  पुरस्कृत हुनुभयो । उहाँले जापान ओइल केमिष्ट सोसाईटीको तर्फबाट वर्ष २०१९ का लागि “जर्नल अफ ओलियो साईन्स बेष्ट अथर अवार्ड” प्राप्त गर्नुभएको हो । गतवर्ष जर्नल अफ ओलियो साईन्समा प्रकाशित उहाँका अनुसन्धानमुलक लेखहरुका आधारमा उहाँलाई सो पुरस्कार मिलेको हो । जिल्लाको पञ्चावती माध्यामिक विद्यालयमा विद्यालयस्तरको पढाई पुरा गर्नुभएका उहाँले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट आइएससी र विएससी गर्नुभएको थियो । त्रिभुवन विश्व विद्यालय, रसायन शास्...
औद्योगीकग्रामको लागि स्थलगत अनुगमन

औद्योगीकग्रामको लागि स्थलगत अनुगमन

आर्थिक, पर्यटन, समाचार
उदयपुर, मंसिर ८ गते ।  रौतामाईलाई औद्योगीकग्रमको रुपमा विकास गर्नका लागि प्राविधिकसहितको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेको छ । प्राविधिक टोलीले रौताई गाउँपालिका–६ को धार्मीक तथा पर्यटकिय क्षेत्र रौता पोखरी र वडा न. ५ को सुकेपोखरी आसपासका क्षेत्रको स्थलगत अध्ययन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा, कृषि, पशु, उद्योगका प्राविधिक टोली स्थलगत अध्ययन उक्त क्षेत्र पुगेको थियो । औधोगिकग्रामका लागि चाहिने न्युनतम ४० रोपनी जग्गा, सडक सञ्जाल, बिद्युत, भुवनोट, हावापानी, जग्गाको अवस्था, मौसम, विकासको अवस्था, बस्ति, आर्थिक विपन्नता, उद्योग स्थापनाका लागि चाहिने आबश्यक कच्चा पदार्थको अवश्था, जनसंख्या, ढुवानी, वजारिकरण लगायतका बिषयमा पहिलो चरणको अध्ययन गरिएको प्रमुख परियारले बताए ।स्थानीय तहमा निर्माण हुने औद्योगिकग्राम स्थापनाका लागि न्युनतम मापदण्ड प्रदेश सरक...