Thursday, May 7News That Matters

समाचार

श्रीमानले वास्ता नगरेपछि  मृगौला पिडित टिकाको बिजोग, उपचारको लागि आर्थिक सहयोगको माग

श्रीमानले वास्ता नगरेपछि मृगौला पिडित टिकाको बिजोग, उपचारको लागि आर्थिक सहयोगको माग

समाचार
उदयपुर/आसोज, ६ ३ बर्षदेखि बैदेशिक रोजगारमा कतार पुगेको श्रीमानले वास्त नगरेपछि दुवै मृगौला पिडित टिका बस्नेत एतिवेला बिजोक अवस्थामा रहेकी छिन् । चौदण्डीगढी नगरपालिका वडा नं ९ हडियाका तेज बहादुर थापासँग मागी बिबाह गरेकी बस्नेत अहिले श्रीमानको सहारा नपाएपछि आफुलाई माइती र आफन्तहरुले बचाँईरहेको बताउँछिन् । उदयपुरगढी गाउँपालिका वडा नं ७ बिजनबारी नेपालटारमा रहेको माइती पक्ष र आफन्तहरुको कारण अहिले सम्म बाँच्न सकेरहेको उनीले बताईन् । उपचारको क्रममा लाखौँ खर्च सकिएपछि बिगत ४ बर्ष देखि दुवै मृगौला फेल भएकी बस्नेतको आर्थिक समस्याका कारण अहिले उपचारमा समस्या आएको छ । श्रीमालने आफुले अर्कै बिबाह गरिसकेको भन्दै उनिको वास्त व्यस्त गर्न छाडेको र त जे सुकै गर मलाई तेरो कुनै मतलव छैन तलाई म अब केहि गर्न सक्दिन भन्दै थप पिडा दिएको उनिले बताईन् । १ बर्ष सम्म श्रीमानले नै उपचार खर्च गर्दै आएको भएता ...
रामजानकीमा कानुन विषय पठनपाठन सुरु

रामजानकीमा कानुन विषय पठनपाठन सुरु

शिक्षा, समाचार
उदयपुर, असोज ६ गते ।  उदयपुरको रामजानकी माविमा कानुन विषयको पठनपाठन सुरु भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको रामजानकी माध्यामिक विद्यालयले कक्षा ११ बाट कानुन विषयको पठनपाठन सुरु गरेको हो । कानुन विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत कार्यक्रमका साथ स्वागत गरेएका छन् । यस विद्यालयले जिल्लामै पहिलो पटक कानुन विषयको पठनपाठन सुरु गरेको विद्यालयका प्रध्यानध्यापक देवनाथ चौधरीले बताए । समाजको आवश्यता र शिक्षामा गुणस्तरियतासँगै प्राविधिक शिक्षालाई जोड दिने उद्देश्यले कानुन विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयले कानुन र शिक्षा संकायको पठनपाठन सुरु गरेको छ । नगरबाट स्वीकृती लिएर दुई विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयको प्रस्तावलाई मेयरले महत्वका साथ स्वीकृती दिएर कानुन विषयलाई विशेष रुपमा लिएको र सहयोग गर्दै आएको प्रअ चौधरीले बताए । वडा...
इस्ट टुरिजम् मार्टमा होटल व्यवसायी संघ उदयपुरको सहभागीता

इस्ट टुरिजम् मार्टमा होटल व्यवसायी संघ उदयपुरको सहभागीता

समाचार
उदयपुर/असोज, ५ नेपालको बिभिन्न पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन र विकास गर्ने भन्दै आयोजना भएको इन्डस्ट्रि इस्ट टुरिजम् मार्ट २०१९ मा जिल्ला होटल व्यवसायी संघ उदयपुरले पनि उत्साहजनक सहभागीता जनाएको छ । शनिवार १ नं प्रदेशको धरान उप–महानगरपालिकामा भएको टुरिजम महोत्सवमा सहभागिता जनाएको हो । जिल्लाबाट होटल व्यवसायी संघ उदयपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठसहितको टोलीले सहभागीता जनाएको हो । १ नं प्रदेशको सबै जिल्लाहरु आयोजक समितिको सदस्य समेत रहेर कार्यक्रममा सहभागी रहेको संघका अध्यक्ष श्रेष्ठले बताए ।१ नं प्रदेशको १४ ओटै जिल्ला र प्रदेश बाहिरको पोखरा, मकवानपुर, चितवन र देश बाहिरबाट, पूर्वी भारत, भुटान र बङगलादेशले पनि सो कार्यक्रममा सहभागी जनाएका थिए । बिषेश गरी १ नं प्रदेशको पर्यटकीय क्षेत्रलाई पहिचान गर्ने र त्यस्ता क्षेत्रलाई अवलोकन गरी तत्काल परिचालनमा ल्याउने भन्दै पर्यटनन महोत्सवको आयोजना ...
बन्चरोले हानेर २ जना घाईते

बन्चरोले हानेर २ जना घाईते

समाचार
ओखलढुङ्गा असोज ५ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङमा हर्कजित राईले घरेलु हतियार बन्चो प्रहार गरी दुई जनालाई घाईते बनाएका छन् । मानेभञ्ज्याङ गाउँपालिका–१ मोली फस्कु निबासी ५५ वर्षीय राईले घरायसी विवादमा बन्चरो प्रहार गरी विश्रबहादुर राई र उनको श्रीमति रत्नमाया राईलाई घाईते बनाएका हुन् । गतराती करिब ११ बजे ७२ वर्षीय विश्रबहादुर र उनको श्रीमति ६५ वर्षीय रत्नमायालाई शरिरको विभिन्न भागमा बन्चरोले हानेर गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते दुवै जनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाएको प्रहरीले जनाएको छ । बन्चारो प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरीले जनाएको छ ।...
दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

समाचार
सुनसरी, असोज ५ गते ।  सुनसरीको धरानमा स्कुटर दुर्घटना हुदा स्कुटी चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१३ निबासी २७ वर्षीय सविन राईको मृत्यु भएको हो । कोशी राजमार्ग अन्तर्गत धरानको जिरोप्वाईन्टबाट भेडेटार तर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकले सोही दिसा तर्फ जादै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई साँझ सवा ४ बजे ठक्कर दिदा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट घाईते भएको राईको उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रक चालक नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
धुमधामका साथ मनाए जितिया

धुमधामका साथ मनाए जितिया

समाचार
उदयपुर, असोज ५ गते ।  तराई मुलका महिलाहरुको महान पर्व जितिया उदयपुरमा पनि धुमधामका साथ मनाएका छन् । तराईमा बसोबास गर्ने आदिबासी जनजाती, दलित लगायतका समुदायका महिलाहरुले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । कबिर १४ वर्षपछि परेको खर जितिया (शुद्ध जितिया) पर्वले गत वर्षहरुको भन्दा छुट्टै रोकन थपेको स्थानीयबासीहरुले बताएका छन् । तराई क्षेत्रमा बसोबास गर्ने थारु, यादव, दास, सिंह, झा, महत्त, राजधामी लगायतका जातजातीका महिलाले जितमान भगवानको पुजा आरधना गरी वर्त बसेर तिजिया मनाउने चलन रहेको स्थानिय राजकुमारी चौधरीले बताईन् । जितियाको पहिलो दिन विहानै खोला, ताल, पोखरी, कुवा, ईनार लगायतका पानीको श्रोत भएको ठाउँमा घिराँैलाको पातमा घिरौँलाको फुल, तोरीको पिना, तेल, सिन्दुर चढाएर जितमान भगवानको पुजा गरी नुहाउने चलन रहेको चौधरीले बताईन् । दिन भरी बर्त बसेर साँझपख जितमान भगवानको पुजा आरधना गरी ...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
असोज ५ गते  ।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले भारी गोलका साथ जित हात पारेको छ । म्यानचेस्टर सिटीले वाटफोडलाई ८–० गेलले पछि पार्दै जित हात पारेको हो । सिटीको जितमा बेर्नान्डो सिल्भाले ह्याट्रिक गरेका थिए । प्रिमियर लिगमा आफ्नो इतिहासमा अहिलेसम्मकै ठूलो मार्जिनको जित निकालेको छ । पहिलो पटक सन् २०१३ मा नर्विचविरुद्ध ७–० को जित निकालेपछि सिटीले धेरै गोल अन्तरमा जित निकालेको थियो । घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै सिटीका डेविड सिल्भाले गोल गरेका थिए ।  ६ औँ मिनेटमा पेनाल्टीबाट सर्जियो अगुइरो, १२ औं मिनेटमा महरेज, १५ औं मिनेटमा वाटफोर्ड, १८ औं मिनेटमा ओटामेन्डीले गोल गरेको थियो । त्यस्तै ४८ औं मिनेटमा बेर्नान्डो सिल्भा, ६० औं मिनेटमा सिल्भा, ८५ औं मिनेटमा केभिन डी ब्रुइनले गोल गर्दै टिमलाई ८ गोल दिलाएको थियो । प्रिमियर लिगमा अहिलेसम्मको ठूलो जित ९–० को रहेको छ । ज...
७६ कैदीबन्दी एकैचोटी बिरामी

७६ कैदीबन्दी एकैचोटी बिरामी

समाचार, स्वास्थ्य
असोज ५ गते ।  जिल्ला कारागार इलाममा ७६ कैदीबन्दी एकैसाथ बिरामी परेका छन् । एकैसाथ ७२ पुरुष र ४ महिला ७६ जना कैदीबन्दी बिरामी परेका हुन् । ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण विरामीमा देखिएको छ । ‘एकै पटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको कारगार प्रशासनले जनाएको छ । सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जानाएको छ । एक सय पुरुष र २५ महिलाको क्षमता रहेको इलाम कारगारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेका छन् ।...
दशैँको सामान केरुङमै थन्कियो

दशैँको सामान केरुङमै थन्कियो

लिम्चुङबुङ डायरी, समाचार
आसोज ५ गते ।  नेपाल–चिन नाका केरुङमा खाली कन्टेनर नहुदा दशैँ तिहारको सामान गोदामै थन्किएको छ । चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो । यतिबेला नाकामा सामान लोड गर्ने खाली कन्टेनर नभएकाले सामान गोदाममै थन्किएको व्यापारीहरुले बताएका छन् । कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
किरात प्रदेशमा जोड

किरात प्रदेशमा जोड

समाचार
सुनसरी, असोज ४ गते ।  १ नं. प्रदेशको नाम किरात नै राख्नुपर्नेमा जोड दिइएको छ । सुनसरीमा आयोजित एक कार्यक्रममा वक्ताहरुले अवका दिनमा १ नं. प्रदेशको नामाकरण किराँत नै राख्न निरन्तर प्रयास गर्नुपर्ने बताए । सुनसरीको इटहरीमा किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले आयोजना गरेको प्रदेश नम्बर १ को नाम किरात सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा विभिन्न पार्टीका नेता तथा प्रदेश सांसदहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय सदस्य तथा पार्टी सम्बद्ध आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक शुरेस आलेमगरले सातैवटा प्रदेशको नाम पहिचानको आधारमा अधिकार आउनुपर्ने बताएका छन् । जनताको चित्त प्रशन्न नभएको अवस्थामा देशमा संमृद्धि आउन नसक्ने भन्दै प्रदेश नम्बर ४ को नाम गण्डक त्यहाँको जनताले स्वीकार नगर्ने बताए । सबै प्रदेशको नाम पहिचानको आधारमा आउनुपर...