Thursday, August 20News That Matters

समाचार

कर्मचारी द्धारा उप–महानगरपालिकाको सेवा ठप्प

कर्मचारी द्धारा उप–महानगरपालिकाको सेवा ठप्प

समाचार
कात्तिक ३ गते ।  कर्मचारीले बाराको एक उप–महानगरपालिकाको सेवा  ठप्प पारेको छ । कलैया उप–महानगरपालिकाका कर्मचारीले ४ न. वडाका वडाध्यक्ष जटाशंकर सहनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेको हो । नगरको प्रमुख प्रशाकीय अधिकृत हरिनारायण बेल्वासेलाई आक्रमण र गालीगलौज गरेको भन्दै सहनीमाथि कारबाहीको मागसहित उप–महानगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द गरेका छन् । सवै सेवा ठप्प पारेपछि स्थानीय जनता समस्या परेका छन् । गत शुक्रबार वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना हटाएको भन्दै आफूलाई गालीगलौज गर्दै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाएको छ । आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद भएको र टेबल ठोकाठोक मात्रै गरेको हातपा...
भोजपुरमा एक महिलाको विभत्स हत्या

भोजपुरमा एक महिलाको विभत्स हत्या

समाचार
कात्तिक ३ गते ।  भोजपुरको षडानन्दमा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–३ निबासी २८ वर्षीय कल्पाना राईको हत्या भएको हो भने १८ वर्षीय एक बालिका गम्भिर घाईते भएका हुन् । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा २ नम्बर र ३ नम्बरको सिमानामा पर्ने ओपंखा भन्ने ठाउँमा शनिबार साँझ धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ । हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो । गम्भीर घाइते बालिकाको चिउँडोमा चोट लागेको जनाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ निबासी २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
सिरिएमा २२ अंक बटुल्दै युभेन्टस

सिरिएमा २२ अंक बटुल्दै युभेन्टस

खेलकुद, समाचार
कात्तिक ३ गते ।  इटालियन सिरिएमा युभेन्टसले जित हात पारेको छ । युभेन्टसले बोलोग्नालाई २–१ गोललेपछि पार्दै जित हात पारेको हो । युभेन्टसको आफ्नै घरेलु मैदानमा भएको खेलमा आफ्नो टिमलाई जित दिलाउनका लागि जानिकको दोस्रो हाफको गोल निर्णायक बनेको थियो । खोल सुरु भएको १९ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले एक गोल गरेको थियो भने ५४ औं मिनेटमा जानिकले गोल गर्दै आफ्नो टिमलाई जित दिलाएको थियो । बोलोग्नाका डानिलोले २६ औँ मिनेटमा एक गोल गरेको थियो । युभेन्टसले आठ खेलबाट २२ अंक बनाएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १८ अंक छ ।...
२ दशकदेखि कपडा उद्योग अलपत्र

२ दशकदेखि कपडा उद्योग अलपत्र

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ३ गते । दुई दशकदेखि चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र भित्रका हेटौँडा कपडा उद्योग लिमिटेड बन्द छ । तत्कालिन सरकारले आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटा भएपछि उद्योग बन्द गर्ने निर्णय गरेको हो । सुती कपडा उत्पादन गर्ने रोजगारमूलक उद्योग पटक पटक पुनः सञ्चालनको तयारी भए पनि सरकार सफल हुन सकेको छैन । एक हजार चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यका साथ स्थापना गरिएको उद्योगले बन्द हुँदाको समयमा एक हजार १ सय ५० जनालाई रोजगारी दिँदै आएको थियो । पछिल्लो समय आएर उक्त उद्योग सशस्त्र प्रहरी बलको बेस क्याम्पमा परिणत भएको छ । २०५७ सालमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी उद्योगमा कार्यरत कामदार कर्मचारीले पाउने सेवा सुविधा बापतको सम्पूर्ण दायित्व भुक्तानी गरेर बन्द गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।...
भुत्याहा दह चिनारी व्याड्मिन्टन प्रतियोगितामा सुजन र प्रमेश प्रथम

भुत्याहा दह चिनारी व्याड्मिन्टन प्रतियोगितामा सुजन र प्रमेश प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २ गते ।              उदयपुरको बेलका नगरपालिकाा–५ खयरबनीमा आयोजना भएको भुत्याहा दह चिनारी ब्याड्मिन्टन प्रतियोगितामा खुल्लातर्फ सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा) कोे जोडीले प्रथम स्थान हाँसिल गरेको छ । आज भएको फाईनल खेलमा सुजन र प्रमेशको जोडीसंग पराजित भएपछि गाईघाटका बलबहादुर कार्की र गोविन्द थापाको जोडीले दोस्रो भए भने तेस्रो स्थानमा सप्तरीका सन्तोष कटुवाल र सशी चौधरीको जोडी तथा इटहरीका भोजबहादुर गुरुङ र सविन खनालको जोडी सफल भएका छन् । त्यसैगरी राईजिङतर्फ सुन्दरपुरका सुनिल चौधरी र विमल खड्काको जोडीले प्रथम स्थान हाँसिल गरेका छन् । लालबजारका नगेन्द्र राई र राजन राईले दोस्रो स्थान हाँसिल गरेका छन् भने झुम्काका होहीलाल चौधरी र प्रहेज चौधरी तथा आयोजक तारा मगर र युवराज आचार्यको जोडीले तेस्रो स्थान हाँसिल गरेका छन् ।                       खुल्लातर्फका प्रथम, दो...
नेकपा उदयपुर जिल्ला कमिटिको सपथ ग्रहण

नेकपा उदयपुर जिल्ला कमिटिको सपथ ग्रहण

समाचार
उदयपुर कात्तिक २ गते ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदयपुर जिल्ला कमिटीले शनिबार सपथ ग्रहण खाएका छन् । जिल्ला सदस्य टुंग्याएको करिब ४ महिनापछि सपथ ग्रहण जिल्ला कमिटिका सदस्यहरुले सपथ ग्रहण खाएका हुन् । प्रदेश कमिटीले गत असार १३ गतेको निर्णय अनुसार १ सय ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो । उक्त निर्णयमा पूर्व माओबादी र पूर्व एमालेका कार्यकर्ताहरुले असहमति जनाएपछि नयाँ १५ जना सदस्य थपेर १ सय ६२ सदस्यीय जिल्ला कमिटी बनाइ सपथ ग्रहण गराईएको छ । उक्त कमिटिका सदस्यहरुलाई प्रदेश इन्चार्ज भिम आचार्यले सपथ ग्रहण गराएको थियो । पूर्व एमालेबाट १० र पूर्व माओवादीका ५ जना थपिएका हुन् । असोज ३० गतेको प्रदेश निर्णय अनुसार जिल्ला कमिटीमा पूर्व एमालेबाट ९० र पूर्व माओवादीबाट ७० सदस्य समेटिएका छन् । कमिटीको अध्यक्ष पूर्व माओबादीका विनोद कटुवाल (दिवस) र सचिव पूर्व एमालेका इश्वरमण...
शुभकामना कार्यक्रममा रक्तदान

शुभकामना कार्यक्रममा रक्तदान

समाचार
एस किराती चौदण्डीगढी/कात्तिक २ गते । चौदण्डीगढीको बेलटारमा दशैँ, तिहार र छैठको शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम भएको छ ।  ‘राष्ट्रिय अखण्डताको लागि सबै संस्कार र संस्कृतिहरुलाई सम्मान’ भन्ने मुल नाराको साथ नगरपालिकाले कार्यक्रमको आयोजना बेलाटारकोे सिटिहलमा कार्यक्रम भएको हो । नगर पालिकाको आयोजना, नगर खेलकुद विकास समिति, चौदण्डीगढी युवा समूह, बेल्टार एकता क्लव बेल्टारको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला  शाखा उदयपुरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको चौनपाको मेयर खगेन्द्र राईले बताए । कार्यक्रमको उद्घाटन नगर प्रमुख राईले गरेको थियो । उक्त कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, राजनीतिकर्मीहरु, समाजसेविहरुको उपस्थित रहेको थियो । रक्तदानमा जम्मा भएको रगत जिल्ला रेडक्रस सोसाइटीले जिम्मा लिने सह–आयोजक चौदण्डीगढी युवा समूह क्लवका अध्यक्ष सन्जय राईले बताए ...
भ्रमण वर्षको सद्भावना दूत बनिन् अभिनेत्री सु चिङ

भ्रमण वर्षको सद्भावना दूत बनिन् अभिनेत्री सु चिङ

समाचार
कात्तिक २ गते । नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ नियुक्त भएकी छिन् । शनिबार एक कार्यक्रमको साथ हलिउड अभिनेत्री सुलाई दूतमा नियुक्त गरेको घोषणा गरिएको हो । अभिनेत्री सु दूत बन्न पाएकोमा एकदम खुशी लागेको बताएकी छिन् । नेपालकी भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग जोड्दै सु भृकुटीको छोरी भएकाले नेपाल उनको मावली भएको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । आफ्नो मावलीमा साथीभाइ र अरुलाई पनि जानका लागि आग्रह गर्नु उनले बताए । सुले सन् १९९० मा चिनियाँ फिल्म ‘लाइफ अन ब स्ट्रिङ’बाट डेब्यू गरेकी थिईन् । उनले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।...
चामलमा उपभोक्ता ठग्ने व्यापारीलाई जरिवाना

चामलमा उपभोक्ता ठग्ने व्यापारीलाई जरिवाना

आर्थिक, समाचार
 कात्तिक २ गते ।  अर्घाखाँचीमा बोरामा एक किलो चामल घटाएर उपभोक्ता ठग्ने एक व्यापारीलाई दुई लाख जरिवाना गराएको छ । सन्धिखर्क नगरपालिकाले बजार अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको पाएपछि सञ्जयकुमार कलवारलाई जरिवाना गराएको हो । सन्धिखर्क–२ चुत्रबेसीको शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका कलवारले २५ किलो र ३० किलोका चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपछि नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमन टोलीले व्यापारी कलवारले उपभोक्तालाई ठगेको पाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँच सय जरिबाना तिराएको पालिकाले जनाएको छ । कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर चार सय पच्चीस बोरा चामल बेचेको स्वीकार गरेपछि उनलाई कारबाही गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।...
यू–१९ एएफसी च्याम्पिनसिप छनोटका लागि ३१ जना छनोट

यू–१९ एएफसी च्याम्पिनसिप छनोटका लागि ३१ जना छनोट

खेलकुद, समाचार
कात्तिक २ गते । यू–१९ एएफसी च्याम्पियनसीप–२०२० को छनोट खेलका लागि नेपाल तर्फबाट ३१ जना खेलाडी छनोट भएको छ । ४८ जनाबाट छनोट गरेर ३१ जनाको सूची प्रशिक्षक मेघराज केसीले शनिबार सार्वजनिक गरेको हो । छनेट खेल आगामी नोभेम्बर ६ देखि इरानमा सुरु हुने छ । समूह डी मा नेपालसहित युएई, इरान र कजाकस्तान रहेका छन् । सार्वजनिक गरेको खेलाडीहरु गोलकिपरमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना, डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, अन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, विजयी श्रेष्ठ, निराजन महर्जन, मिडफिल्डरमा दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र  दिनेश हेमजन र फरवार्डमा बृजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिब लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर रहेका छन् ।...