Tuesday, May 5News That Matters

समाचार

प्रभावकारी अनुगमन, मूल्यांकनका लागि तालिम

प्रभावकारी अनुगमन, मूल्यांकनका लागि तालिम

समाचार
उदयपुर, साउन ३२ गते ।  जिल्ला समन्वय समिति उदयपुरले स्थानीय तहमा सञ्चालित आयोजनाहरुको प्रभावकारी अनुगमन तथा मुल्याङ्कन सम्बन्धि तालिम गाईघाटमा सञ्चालन भएको छ । शुक्रबारदेखि सञ्चालित तीनदिने तालिममा जिल्लाका आठै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागिता छ । हुरेण्डेक उदयपुर र वल्डभिजनको सहयोग तथा व्यवस्थापनमा भएको तालिममा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय  अधिकृतको सहभागितालाई प्राथमिकता दिइएको छ । आयोजनाको अनुगमन, मुल्याङ्कन, सुपरिबेक्षणका प्रभावकारी तरिका बारे जानकारि दिने उद्देश्यले भएको तालिमको उद्घाटन जिल्ला समन्वय प्रमुख खड्ग  परियारले गरेका थिए । जिल्लाका आयोजनाहरुको प्रभावकारी अनुगमन तथा मूल्यांकनल गरी विकासमा टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको जिसस प्रमुख परियारले बताए ।...
नेस्पेकद्धारा ३ कृषक समूहलाई कृषिऔजार वितरण

नेस्पेकद्धारा ३ कृषक समूहलाई कृषिऔजार वितरण

समाचार
दुर्गा एसके उदयपुर/मुर्कुची साउन ३२ गते । उदयपुरको मुर्कुचीमा नेस्पेक उदयपुरले तीन कृषक समूहलाई कृषी औजार वितरण गरेको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुचीका तीन कृषक समूहलाई दुई थान हाते ट्याक्टर र १० थान टनेला वितरण गरेको हो । कृषकलाई प्रदान गरीएको एक लाख ५० हजर बराबरको ७ हस पावरको ट्याक्टर र १० जना कृषकको लागी २ ला ५० हजार बराबरको टनेला प्लाष्टीक वितरण गरिएको नेस्पेक उदयपुरको बजार संयोजक रामकुमारी राईले बताईन् । वल्र्डभिज  र नेस्पेकको साझेदारी कार्यक्रम अन्तर्गत  उक्त सामाग्री वितरण गरिएको राईले बताईन । कृषी प्रणालीमा सुधार गर्नका लागि आधुकिन प्रविधिबाट ताजा र अर्गानिक तरकारी उत्पादन गरी जिविकोपार्जमा टेवा पु¥याउने उद्देश्यले कृषी औजार वितरण गरिएको उनले बताईन् । परम्परागत प्रविधिबाट खेती गर्दा ढिलो र उत्पादन कम हुने भएकाले आधुनिक प्रविधि अपनाउनका लागि कृषी सामाग्री उपलब...
सुन भन्दा महंगो अल्पकाको उन

सुन भन्दा महंगो अल्पकाको उन

आर्थिक, समाचार
साउन, ३२ गते ।  अनौठो लाग्ने जनावर अल्पकाको उन सुन भन्दा पनि महंगो हुन्छ । खुट्टा बाख्राका जस्तो, अनुहार कान खरायो जस्तो, घाँटी उँटको जस्तो, पुच्छर र शरिर घोडा जस्तो देखिने अल्पकाको उन प्रति केजी ७० हजारमा विक्रि हुने गर्दछ । दक्षिण अमेरीका र अफ्रिकी मुलुकमा पाईने अल्पका नेपालको मकवानपुर जिल्लाको विसिंखेलमा पालिएको छ । एक अनौठो जनावर हो । तर ईमान्दारी र सहनशिला हुन्छ । पेटको एक नम्बर उन प्रतिकिलो ७० हजारमा बिक्री हुन्छ । घाँटी, खुट्टा, पिठ्यु र छातीको उन ४० हजार प्रतिकिलोमा बिक्री हुने गर्दछ । एक वर्षमा एक पटक मात्र निकालिने उन एउटा अल्पकाको दुई किलो हुन्छ । यसको उनबाट धेरै कुरा बनेपनि पश्मिनाको राम्रो मानिन्छ । यो एक घर पालुवा जनावर भएकाले नेपालमा पहिलो पटक जर्मन नागरिक हार्टमुट बाउन्डरले ल्याएको थिए । उनले पेरुबाट दुईवटा भाले र दुईवटा पोथी ल्याएर वि.सं. २०५० सालमा दोलखाको जिर...
इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पुर्जी

इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पुर्जी

समाचार, संसार
साउन ३२ गते । जिब्राल्टरमा नियन्त्रणमा लिएको ईरानी तेल ट्याङ्करलाई अमेरिकाले जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ । नियन्त्रणमा रहेको ट्याङ्करलाई घर फर्कन एक जना न्यायाधिशले अनुमति दिएपछि न्याय मन्त्रालयले पुर्जी जारी गरेको हो । ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरबाट ग्रेस–वान नामक सुपर ट्याङ्करलाई गत जुलाई ४ मा नियन्त्रणमा लिइएको थियो । तेल बोकेको उक्र ट्याङ्कर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शङ्का गरिएको थियो । अमेरिकाले त्यस ट्याङ्करलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थिए । पहिले नै इरानले पहिले ट्याङ्करको नियन्त्रणलाई अवैध अवरोध भनिसकेका छन् । उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको दुई साता पछि गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्याङ्कर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त...
डुबेर एक जनाको मृत्यु

डुबेर एक जनाको मृत्यु

समाचार
सुनसरी, साउन ३२ गते । सुनसरीको रामधुनीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका – ६ निबासी ४५ वर्षीय पदमबहादुर श्रेष्ठ पोखरीमा डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो पौने ४ बजे घर नजिकै रहेको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
रविलाई ५ दिन हिरासतमा राख्न अनुमति

रविलाई ५ दिन हिरासतमा राख्न अनुमति

समाचार
साउन ३०  गते ।  अदालतले पत्रकार रवि लामिछाने सहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्या गर्नमा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत, चितवनले अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । रवीलाई अदालतमा उपस्थित गराउनु अघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । भिडका बीच प्रहरीले रवि, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । न्यूज २४ टेलिभिजनको कार्यलयबाटै बिहीबार साँझ लामिछाने र कँडेललाई गिरफ्तार गरिएको थियो भने अस्मिता कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो ।...
८ सय युवालाई ठगी गर्ने १ जना पक्राउ

८ सय युवालाई ठगी गर्ने १ जना पक्राउ

समाचार
साउन ३१ गते । युरोपियन देश पठाईदिन्छु भन्दै ८ सय भन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका रामबहादुर खड्का पक्राउ परेको हो । ठगी गर्नका लागि खड्काले छुट्टा छुट्टै नाममा पाँचवटा फेसबुक आइडी बनाएको पाइएको प्रहरीले जनाएको छ । महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा फेसबुक एकाउण्ट खोलेर साथी बनाउँदै खड्काले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।...
नेकपाको नयाँ नेतृत्व, कस्लाई के परे

नेकपाको नयाँ नेतृत्व, कस्लाई के परे

समाचार
३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सह–ईन्चार्न सहतिर केन्द्रिय कार्यलयका सचिवहरु तोको छ । शुक्रबार बसेको सचिवालयको बैठकले  केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल रहको छ । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।...
नेपालमा भेटियो मकै सिध्याउने फौजी किरा

नेपालमा भेटियो मकै सिध्याउने फौजी किरा

समाचार
साउन ३१ गते ।  अमेरिकी फौजी किरा नेपालमा फेला परेको छ । मकै बाली सखाप पार्ने किरा नेपालमा प्रवेश गरेको पुष्टि भएको हो । ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकै खेतिमा यस किराको संक्रमण भेटिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटको अनुसन्धानमा फौजी किरा नेपाल प्रवेश गरेको पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले किराबारे थप अनुसन्धान अगाडि बढाएको थियो । नेपालमा पहिलोपटक देखिएको यो किराले छोटो समयमै मकैबाली सखाप पार्ने भएकाले कृषि क्षेत्रमा चिन्ता थपिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । पूर्वको झापादेखि पश्चिमको दाङ जिल्लाका विभिन्न भागबाट संकास्पद नमूना ...
सप्तकोशीले बगाउँदा १ बालको मृत्यु

सप्तकोशीले बगाउँदा १ बालको मृत्यु

समाचार
सुनसरी, साउन ३१ गते । सुनसरीको बराहक्षेत्रमा सप्तकोशीले बगाएर एक बालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका – ६ निबासी शिवराज राईको छोरा ११ वर्षीय मेदिम राईलाई सप्तकोशीले बगाएर मृत्यु भएको हो । दिउँसो पौने १ बजे राईसहित ५ जना पौडी खेल्ने क्रममा बालकलाई नदिले बगाएको प्रहरीले जनाएको छ । नदिले बगाएको बालकको करिब ८ सय मिटर तल माछा मार्ने मान्छेले उद्दार गरेपनि मृत्य भईसकेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।...