Thursday, July 9News That Matters

समाचार

विर्तामोडको वडा कार्यालयमा बम विस्फोट

विर्तामोडको वडा कार्यालयमा बम विस्फोट

समाचार
झापा, साउन २७ गते । विर्तामोड नगपालिकाको तीन वटा वडा कार्यालयमा अज्ञात समूहल बम विस्फोट गराएको छ । विहान साढे ४ बजे पालिकाको ७,८ र ९ नम्बर वडा कार्यालयमा विस्फोट गराई गराइ क्षति पुर्याएका प्रहरीले जनाएको छ । तीन वटा वडाको कार्यालय एउटै भवनमा रहेका थियो । उक्त भवनमा विस्फोटबाट ६ ओटा झ्याल, भित्र रहेका फर्निचर र पर्खालमा क्षति पुगेको जिल्लाका प्रहरी कार्यालय झापाले जनाएको छ । एकाविहानै ठुलो आवाज आएपछि प्रहरी चौकी गरामनीबाट प्रहरी टोली घटना स्थल पुगेको प्रहरीले जनाएको छ ।  घटना स्थलमा विष्फोटक वस्तु फेला नपरेको र बृस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
अख्तियार प्रमुखको नाममा सुसाईड नोट लेख्दै आत्महत्या

अख्तियार प्रमुखको नाममा सुसाईड नोट लेख्दै आत्महत्या

समाचार
उदयपुर, साउन २७ गते । अख्तियार प्रमुखलाई सुसाईड नोट लेख्दै उदयपुरमा एक पूर्व कर्मचारीले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ६० वर्षिय हरी आचार्यले अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाईड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सनिबार हराएका आचार्य आइतबार विहान त्रिनपा ९ को रातमाटे जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थियो । उनको खोजीमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा प्रहरीले सासाईड नोट फेला पारेको थियो । मालपोत कार्यालय, कलंकीमा नायव सुब्बामा कार्यरत हुँदा ९२ रोपनी जग्गा किर्तेगरी ब्यक्तिको नाममा पारेको उनलाई आरोप थियो । अदालतबाट मुद्दा खारेजी भईसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको आसय सुसाईडनोटमा ब्यक्त गरेका छन् । उनी गत शनिबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर ग...
फोनिजको पुरस्कार बरिष्ठ पत्रकारसहित चार जनालाई

फोनिजको पुरस्कार बरिष्ठ पत्रकारसहित चार जनालाई

समाचार
उदयपुर, साउन २६ गते । काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार यसवर्ष बरिष्ठ पत्रकार कौशल चेम्जोङसहित चार जनालाई प्रदान गर्दैछ । पुरस्कृत हुने अन्य पत्रकारहरुमा गणेश राई, राजबहादुर गुरुङ र शोभा श्रेष्ठ छन् । चेम्जोङलाई रेडियो विद्याबाट, राईलाई छापा विद्याबाट, गुरुङलाई अनलाईन विद्याबाट र श्रेष्ठलाई टेलिभिजन विद्याबाट पुरस्कृत गरिएको हो । महासंघ (फोनिज) को साउन २७ गते स्थापना दिवसको अवसरमा पुरस्कृत गरिने उनीहरुको नाम पुरस्कार छनौट समितिले सिफारिस गरेकोमा फोनिज सचिवालयले अनुमोदन गरेको थियो । उनीहरुलाई बीसहजार रुपैया नगदसहित पुरस्कृत गरिने फोनिजले जनाएका छ ।...
कुलोमा डुबेर एक जनाको मृत्यु

कुलोमा डुबेर एक जनाको मृत्यु

समाचार
पाँचथर, साउन २६ गते । पाँचथरको मिक्लाजुङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका – ४ को थाम्सुङ खोलाबाट ल्याएको सिचाई योजनाको कुलोमा स्थानिय ४५ वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको हो । गतराती १० बजे राई कुलोमा मृत अवस्थामा फेला परेको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
खोलाले बगाएर एक महिलाको मृत्यु

खोलाले बगाएर एक महिलाको मृत्यु

समाचार
ताप्लेजुङ, साउन २६ गते । ताप्लेजुङको सिरिजंगामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । सिरिजंगा गाउँपालिका – ४ निबासी ४७ वर्षीय सिता भट्टराईलाई शनिबार खोलाले बगाएर मृत्यु भएको हो । दिउँसो करिब ४ बजे छिमेकीको घरमा घिउ पु¥याउन गएकी भट्टराई घर नफर्केपछि खोजतलास गर्ने क्रममा नागदेवा खोला किनारामा बाटोदेखि करिब २ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएको छ ।...
डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

समाचार
झापा, साउन २६ गते । झापाको भद्रपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका – १० निबासी बासुदेव जोगीको छोरा १२ वर्षीय सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो १ बजे घरबाट बाहिर निस्केका सुमन घर नआएपछि खोजतलास गर्ने क्रममा रात साँढे ८ बजे विष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ घटना स्थल पुगी पोष्टमार्टमको लागि शव मेची अञ्चल अस्पताल पठाएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
मोटरसाईकलबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलबाट पैदल यात्रीको मृत्यु

समाचार
झापा, साउन २६ गते । झापाको अल्दिबारीमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । दल्दिबारी गाउँपालिका – २ मा ३५ वर्षीय डम्बरबहादुर तामाङलाई गतराती मोटरसाईकलले ठक्कर दिदा मृत्यु भएको हो । दक्षिणबाट उत्तर जादै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई तामाङलाई ठक्कर दिदा चालक, विर्तामोड – ३ निबासी ४५ वर्षीय देवबन्दु उप्रेती र पछाडी सवार १३ वर्षीय राकेश ठाकुर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका तीनै जनाको उपचारको लागि विएण्डसी अस्पताल विर्तामोड लगि उपचारको क्रममा विहान साढे ३ बजे तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
आदिवासीको आन्दोलनमा प्रहरी दमन, १४ जना पक्राउ

आदिवासीको आन्दोलनमा प्रहरी दमन, १४ जना पक्राउ

समाचार
अर्जुन जम्नेली राई  काठमाडौ, साउन २६ गते । नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा चलिहरेको “आरक्षण बचाऔँ आन्दोलन“ मा प्रहरीले हस्तक्षेप गरेको छ । लोक सेवा आयोगले संविधान र कानुनको मर्म विपरित आरक्षण कटौती गरेपछी आदिवासी जनजाती, महिला, दलित, मधेसी, अपाङ्गता र पीछडा क्षेत्रकाले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्। पूर्वघोषित कार्यक्रम अनुसार सिहंदरबार अगाडी शान्तिपूर्ण धर्ना दिने कार्यक्रममा आदिवासी जनजती महासंघको उपाध्यक्ष गोबिन्द छन्त्याल, दलित गैसस महासंघको अध्यक्ष, भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष कुमार लिङ्देनसहित १४ जनालाई प्रहरीले गिरफ्तार गरेको किरात राई यायोक्खा केन्द्रिय उपमहासचिव भीम राईले बताए । दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सि एन थारू, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती, ...
मरेका गाईबस्तुमा एन्थ्रेक्सको जीवाणु फेला

मरेका गाईबस्तुमा एन्थ्रेक्सको जीवाणु फेला

समाचार
सुनसरी, साउन २६ गते । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मरेका गाईबस्तुमा एन्थे्रक्सको जिवाणु फेला परेको छ । आरक्षणको चरण क्षेत्रमा मरेका पशूचौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जीवाणु फेला परेको हो । चरण क्षेत्रमा बिहीबार मरेका ४४ वटा गाईबस्तुको रगतका नमुना परीक्षणको क्रममा एन्थ्रेक्सको जीवाणु फेला परेको पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरका पशु चिकित्सकले जनाएको छ । विराटनगरको ल्याबमा परीक्षण गर्दा एन्थ्रेक्स भेटिएको रिपोर्ट केन्द्रीय ल्याब काठमाडौं पठाइएको र त्यहाबाट थप पुष्टि आउने जनाएको छ । एन्थ्रेक्सको जीवाणुु माटोमा रहने भएकाले घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै यस रोग सर्ने चिकित्सकहरुले बताएका छन् । मरेका पशुको सिनो छुँदा, स्वास लिँदा र जीवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिसमा समेत सर्नसक्ने खतरा रहेको चिकित्सकहरुले जनाएको छ । एन्थ्रेक्सको जीवाणु माटोमा...
९३ हजारसहित पाँच जुवाडे पक्राउ

९३ हजारसहित पाँच जुवाडे पक्राउ

समाचार
साउन २६ गते । धुलीखेलबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ परेको छ । धुलिखेल नगरपालिका–६ अस्पताल चोकको रीना केसी होटलबाट जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा शनिबार साँझ जुवाडे पाँच जनासहति नगद ९३ हजार ४ सय ३० रुपैया र १० थान बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरीले जनाएको छ । धुनपा –६ निबासी ४१ वर्षीय राम पराजुली, ३४ वर्षीय प्रशान्त श्रेष्ठ, ३० वर्षीय अशोक श्रेष्ठ, वडा न.९ निबासी ३५ वर्षीय दीपक तामाङ र भक्तपुर नगरपालिका–६ निबासी ४० वर्षीय गणेश कारञ्जित पक्राउ परेको प्रहरील जनाएको छ । पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी कार्यालयले जनाएको छ ।...