नेपालको कोशी नेपालमै बाँध, दिल्लीमा बैठक
साउन १२ गते ।
सप्तकोशी उच्च बाँधको ज्वाईन्ट टिम एक्सपर्ट्स (जेटिई) को नेपाल–भारत बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । कोशीको बाढी नियन्त्रणका लागि दिर्घकालीन समाधानको उच्चबाँध सहित सुनकोशी–मरिण उहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा बैठकमा छलफल भएको हो ।
विद्युुत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वमा टोलीले भारतको केन्द्रीय जल आयोगको टोलीसँग जेटीईको १६ औं बैठक गरेको थियो । भारतको जल आयोगले नेपालसँग बैठकमा एक समझदारीमा हस्ताक्षर भएको जनाईएको छ ।
यतिबेला सप्तकोसी नदीमा उच्च बाँध बनाउन भारत र नेपालले संयुक्त रुपमा सम्भाब्यता अध्ययन गरिहेका छन् । विहारमा वर्षेनी कोशी नदीले निम्त्याउने बाढीको प्रकोप नियन्त्रणका लागि नेपालतर्फ उच्च बाँध बनाउनने योजना छ । तर नेपाल सहमत भएर सम्भाब्यता अध्ययन अघि बढे पनि प्रतिवेदन आईसकेको छैन ।
नेपाल र भारतले...








