Sunday, May 3News That Matters

समाचार

हावाहुरीका कारण बेल्हामा क्षति

हावाहुरीका कारण बेल्हामा क्षति

समाचार
 एस किराँती  वैशाख, १ बेल्हा वर्षा सँगै आएको हावाहुरीले चौदण्डीगढी नगरपालिकामा क्षति पुराएको छ । वडा नं. ५ बेल्हा स्थित आधारभुत विद्यालय सिवाइ बेल्हाको दृस्टी विहिन आवस सँगै, योगेन्द्र चौधरी, छेवल चौधरी लगायतका घरको छाना उडाएर हावाले क्षती पुराएको हो । करिब साझ ३ बजे तिर आएको हावाहुरीले दृष्टि बिहिन आवस सँगै अन्य घरको छाना उडायपछि स्थानीयहरु बिचल्लीमा परेका छन् । आफ्नो घरको छाना उडाएपछि पिडीतहरु छिमेकीको घरमा बास बस्नु परेको पिडित परिवारहरुले जनाएको छ । अनुमानित १३ घर भन्दा माथि घरपरिवारको बिचल्ली भएको र २५ लाख भन्दा बढी क्षती पुगेको इलाका प्रहरीचौकी बेल्टारका प्रमुख गँगा पौडेलले जानकारी गराएको छ ।...
आठ हिमाल अवलोकनसहित लिम्चुङबुङ महोत्सव सुरु

आठ हिमाल अवलोकनसहित लिम्चुङबुङ महोत्सव सुरु

पर्यटन, समाचार
 उदयपुर, बैशाख १ गते ।  उदयपुर, बैशाख १ गते । पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आइतवारदेखि सुरु भएको छ । पारिपट्टी पूर्वको प्रख्यात हलेसीथान, तलतिर सुनकोशी र सर्बोच्च शिखर सगरमाथासहित आठ वटा हिमालहरुको मनोरम दृष्यवलोकन गर्न किने स्थानमा लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा एभरेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा महोत्सव भएको हो । नयाँवर्षको अवसरसंगै पालिकाको वडा नं. ३ एभरेष्ट भ्यूटप (दोबाटेडाँडा) मा पाँचदिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन तथा जातीय परिकारका प्रदर्शनी, पहिचानमुलक सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आकर्षण रहेका छन् । पालिकाको समृद्धिका लागि कषि, उद्यम, शिक्षा, स्वस्थ्यसंगै पर्यटनलाई विशेष महत्व दिएको पालिकामा पहिलोपटक पटक भएको महोत्सवको उद्घाटन प्र...
उदयपुरमा लागुऔषध सहति २ जना पक्राउ

उदयपुरमा लागुऔषध सहति २ जना पक्राउ

समाचार
उदयपुर, चैत्र २३ गते । उदयपुरमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटेका प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेका हुन् । सप्तरीको कदमाहाबाट गाईघाट तर्फ आउदै गरेको स ६ प ९३५५ नम्बरको मोटरसाईकलमा सवार त्रिनपा–१२ निबासी २३ वर्षीय विष्णु तामाङ्ग र १८ वर्षीय आषिश चौधरीको साथबाट नोर्फिन १५ थान, डाईजेल्याव १७ थान र फेनारगन एम्पुल १६ थान लागुऔषध फेला पारको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा प्रयोग भएका मोटरसाईकल प्रहरी नियन्त्रणमा छ । भने पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ...
विश्वयुद्ध लडेका जीउदो सहिदको सम्मानसहित पुर्खा दिवस मनाइयो

विश्वयुद्ध लडेका जीउदो सहिदको सम्मानसहित पुर्खा दिवस मनाइयो

समाचार
काठमाडौं, चैत २२ गते । नेपाल र नेपालीको गौरबमय इतिहास र विरासतलाई जीवन्त पार्न योगदान गरेका पूर्खाहरुको स्मरणमा आज नेपालमा पुर्खा दिवस भब्यरुपले मनाइएको छ । गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई विशेष दिनको रुपमा लिंदै देश–विदेशमा रहेका नेपालीहरुले पूर्खा दिवस मनाउदै आएको छ । पर्वकै रुपमा दिवसलाई मनाउदै विश्व शान्तिका लागि प्रथम र दोस्रो विश्वयुद्ध तथा क्षेत्रीय युद्ध लड्दा जीवन गुमाएका बीर गोर्खालीहरुको स्मरण गरी सम्मान गरिएको थियो भने दोस्रो विश्वयुद्ध लडेका, जिउदो सहिद भनेर परिचित मानबीर लिम्बुलाई अभिनन्दन गरिएको थियो । ललितपुरको सातदोबाटोस्थित नेपाल कराँते महासंघको कवर्डहलमा भएको कार्यक्रम, नेपाल सशस्त्र प्रहरीका पूर्वआइजिपि दुर्जकुमार राई, राष्ट्रिय गीतको रचनाकार ब्याक...
गाउँ फर्किए संसद डा.खड्का

गाउँ फर्किए संसद डा.खड्का

समाचार
राजेन्द्र दुष्ट उदयपुर,बेल्टार चैत्र २१ गते । उदयपुरमा एक संघिय संसदले आफुले जितेर गएका क्षेत्रको स्थानियबासीसँग जनगुनासो तथा समस्या संकलन गर्न गाउँमा पुगेको छ । चौदण्डीगढी नगरपालिकाका विभिन्न गाउँ बस्तिहरुमा प्रत्यक्ष जननिर्वाचित प्रतिनिधि सभाका सदस्य डा. नारायण खड्का पुगेर स्थानियबासी सँग गुनासो तथा समस्या संकलन गर्न थालेको हो । संसद खड्काले बुधबार चौनपा– २ का विभिन्न गाउँ बस्तिमा पुगेर जनसुनासो तथा समस्या संकलन गर्न सुरु गरेका थिए । गुनासो तथा समस्या संकलनमा नगर उप प्रमुख रिताकुमारी चौधरी, भोजराज खतिवडा, राजेन्द्र पौडेल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी भएको थियो । भेटघाट कार्यक्रममा स्थानीयले राखेको  जिज्ञासाहरुको जवाफ दिदै उप प्रमुख चौधरीले भने पालिकाले गर्न सक्ने काम गरिरहेको र जनतामा भएको समस्याहरु समाधान गर्न सधै तयार रहेको चौधरीले बताईन् । जनताको जनगुनासोमा ...
शिक्षा, स्वास्थ्य, खाद्यको सार्वजनिक सुनुवाई

शिक्षा, स्वास्थ्य, खाद्यको सार्वजनिक सुनुवाई

समाचार
उदयपुर, चैत्र २० गते । रौतामाई गाउँपालिका–७ मुर्कुचीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषय सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । मानव अधिकार निगरानी समुह उदयपुर र अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) प्रदेश नं १ को संयुक्त आयोजनामा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । जिल्लाको पश्चिमी साविक रौता र भलायडाँडा गाविसमा विगत ३ वर्ष देखि पाईलट प्रोजेक्ट कार्यक्रम संचाल गर्दै आएको ईन्सेकका  प्रदेश नं १ को प्रदेश संयोजक सोमराज थापाले बताए । उक्त पाईलट प्रोजेक्ट मार्फत शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धि विषयमा सचेत र जागरुक गराउदै आएको थापाले बताए । शिक्षा, स्वास्थ्य र खाद्यको गुणस्तरियता र विधि विधान सम्बन्धि सर्वसाधरणले पाउने हक अधिकारको निम्ती गाउँ गाउँमा निगरानी समुह, बाल समुह गठन गरिको थापाले बताए । शिक्षामा आएका समस्या समाधान, गुणस्तरिय शिक्षा, सेवा सुविधा...
स्वास्थ्य भवनको शिलान्यास

स्वास्थ्य भवनको शिलान्यास

समाचार, स्वास्थ्य
राजेन्द्र दुष्ट बेल्टार चैत्र २० गते । उदयपुरका चौदण्डीगढीको माडिबासमा शहरी स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरको छ । चौदण्डिगढी नगरपालिका– २ को माडिबासमा भवनको शिलान्यास नगर प्रमुख खगेन्द्र राईले बुधवार गरेको हो । मुलुक संघिय शासन प्रणालीमा गएपछि नेपाल सरकारले ल्याएको नीति ‘एक वडा एक स्वास्थ्य चौकी’को अवधारणा अनुसार नगरले स्वास्थ्य केन्द्रको शिलान्यास गरेको पालिकाले जनाएको छ । स्वास्थ्य भवन निर्माणको लागि चालु आर्थीक वर्षमा नगरपालिकाले १५ लाख बजेट विनियोज गरेको थियो । उक्त बजेटले ४ कोठे जस्ताको छाना भएको भवन निर्माण गरिने पालिकाले जनाएको छ । जगतबहादुर खड्काको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति गठन गरि शिलान्यास गरिएको प्रमुख राईले बताए । केन्द्रको भवन निर्माण गर्नका लागि करिब २ वर्ष अगाडी स्थानिय देवराज खड्काले ५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेको थियो । जग्गा दान ग...
गाउँघरका आम्दानीको स्रोत बाँस

गाउँघरका आम्दानीको स्रोत बाँस

आर्थिक, समाचार
उदयपुर, चैत्र २० गते । विकट पहाडी गाउँघरमा सडकको पहुँच पुगेपछि उदयपुरको स्थनिय बासीहरुका आम्दिानीको स्रोत बाँस बन्दै गएका छन् । दर्गम गाउँपालिका लिम्चुङ्बुङको गाउँघरमा विकासका भौतिक पूर्वधार सडक पुगेपछि कुहिएर खेर गैरहेका बाँस आम्दिानीको स्रोत बनेका हुन् । स्थानिय सरकारले गत आर्थीक वर्षमा गाउँ गाउँमा सडक गोरेटो पु¥याएको थियो । त्यस सडकलाई मर्मत सुधार र घुम्तिहरु फराकिलो बनाएपछि हिउँदे भएपनि गाउँमा यातायातको सुविधा पुगेको पालिकाले जनाएको छ । गाउँमा यातायातको पहुच पुगेपछि त्येतिकै कुहिएर खेर गईरहेका बाँस गाउँलेको एक मुख्य आम्दानीको स्रोत बनेको लिम्चुङ्बुङ गाउँपालिका वडा नं ३ का वडासदस्य गुरुमणी कुमाइले बताए । गाउँमा बाँस बार बार्न र दाउरा बाल्न भन्दा अरु काममा कमै प्रयोग गर्ने गरेको कुमाइले बताए । स्थानिय सरकारले सडक विस्तार तथा मर्मत सुधार गरेपछि जनतालाई सदरमुकाम आवत जावत...
रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

समाचार
उदयपुर, चैत्र १८ गते । उदयपुरको सिद्धिपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका–८ सिद्धिपुरका ३५ वर्षीय कुमार राईको रुखबाट लडेर सोमबार मृत्यु भएको हो । घर नजिकैको जंगलमा घाँस काट्न रुखमा चढेका राई अचान रुखबाट लड्दा गम्भिर घाइते भएको थियो । विहान करिब ११ बजे लडेका राईलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगि उपचारको क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...
चौदण्डिगढीको सार्वजनिक सुनुवाई सम्पन्न

चौदण्डिगढीको सार्वजनिक सुनुवाई सम्पन्न

समाचार
उदयपुर, चैत्र १८ गते । चौदण्डिगढी नगरपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाको आयोजना र पानस उदयपुरको सहजीकरणमा वडा नं ४ को सभाहमा आइतबार सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रममा सहभागिहरुबाट आएका सल्लाह सुझाव र प्रश्नको उत्तर दिदै दिगो विकासका लागि नरपालिका सधै तयार रहेको चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । नगरले जनताको सेवालाई मध्ये नजर गर्दै चुस्त दुरुस्त र पादर्शी ढङ्गले विकासको काममा लागि पेरेको  राईले बताए । विकासको काममा सवैको उतिकै हात हुने भएकाले एकजुट भएर दिगो विकासको काममा लाग्नु पर्ने राईले बताए । कार्यक्रममा जनप्रतिनिधि, राजनीति दल, पत्रकार र नागरिकहरु सहभागि भएका थिए ।...