त्रियुगा प्रज्ञा प्रतिष्ठानको विभिन्न निर्णय गर्दै पहिलो बैठक सम्पन्न
पूर्णपुष्टि सम्वाददात
१८ असोज । उदयपुर
त्रियुगा नगरपालिकाको भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित त्रियुगा प्रज्ञा प्रतिष्ठान, गाईघाट उदयपुरको पहिलो बैठक सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष राममणि पोखरेलको अध्यक्षतामा त्रियुगा नगरपालिकाको पुरानो भवनमा बसेको बैठकले प्रतिष्ठानको संस्थागत तथा कार्यक्रमगत गतिविधिलाई अघि बढाउने महत्वपूर्ण निर्णय गरेको हो।
बैठकले त्रियुगा नगरपालिकाको विकास भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई नगरको मौलिक पहिचान, इतिहास, भाषा, साहित्य, कला, संस्कृति, लोकपरम्परा, लोकज्ञान तथा सिर्जनात्मक प्रतिभाको संरक्षण र विकास पनि स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको निष्कर्ष निकालेको छ।
प्रतिष्ठान गठन तथा सञ्चालनका लागि पहल गर्ने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वर...








