Monday, April 20News That Matters

स्वास्थ्य

भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

Breaking News 1, खेलकुद, पर्यटन, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २९ । उदयपुर साइक्लिङ संघले आज पत्रकार सम्मेलन गरी भोली “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रम गर्ने जनाएको छ । आयोजक संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो । पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम हो । भोली गाईघाट बजारबाट सुरु गरी त्रियुगा नगरपालिकाको ११ नं. वडा, १२ नं., १३ नं. हुदै ३ नं. देखि क्रमशः १० नं. वडासम्म अर्थात गाईघाट–पुरानोगाईघाट–असारी–पोर्ताहा–मोतिगडा–बगाहा–देउरी–जलजले–चकलघाट–तोरीबारी–होक्से–लुहाले–भण्टाबारी–खाटमन्दिर–राजाबास–गैरुन–बोक्सेहुदै पुनः गाईघाट आइपुग्ने रुट तयार भएको छ । कार्यक्रमको उद्घाटन त्रियुगाका मेयर बसन्त...
मंकीपक्स रोग कसरी सर्छ ? लक्षण र रोकथामका उपाय के ?

मंकीपक्स रोग कसरी सर्छ ? लक्षण र रोकथामका उपाय के ?

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ९ असार । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स विश्वको १२ युरोपेली देशहरु हुँदै विश्वभर फैलिरहेको छ । यो भाइरस’ नेपालमा पनि पछिल्लो समय फेला परेको स्वास्थ्य संस्थाहरुले जनाएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा संक्रमण पुष्टि भएको आशंकामा अनुसन्धान गरिरहेको छ । ‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको जानकारी दिए । मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । विदेशबाट...
गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न मन्त्रालयको निर्देशन

गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न मन्त्रालयको निर्देशन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न अस्पताल र स्वास्थ्य संस्थालाई सुचना जारी गर्दै निर्देशन दिएको छ । सचिवस्तरीय निर्णय गरी मन्त्रालयले निर्देशन दिएको हो । जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि सूचना टाँस्ने व्यवस्था गर्न निर्देशन दिईएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ ‘राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र राष्ट्रिय रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको र मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको ह...
गैरकानुनी रुपमा सञ्चानलमा रहेको दुई स्वास्थ्य संस्थामा काठमाणडौँ महानगरको ताला

गैरकानुनी रुपमा सञ्चानलमा रहेको दुई स्वास्थ्य संस्थामा काठमाणडौँ महानगरको ताला

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ३१ । काठमाण्डौँ महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाएको छ । अनुगमनको क्रममा गैरकानुनी रुपमा सञ्चालनमा रहेको र अस्तव्यत रहेको पाइएपछि ताला बन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिए । महानगरले जेष्ठ ५ गते स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत नि स् शुल्क उपचार गर्नुपर्ने सुचना जारी गरेका थियो । सस्तो लोकप्रियताका लागी नभएर कानुनमा भए बमोजिम स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुर्याउनका लागी अग्रसर रहेको ‘मेयर साहले फेसबुकमा भनेका छन्’ तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन गरिएको छ । उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने च...
काठमाण्डौँ महानगरद्धारा दुईओटा अस्पताल सिल

काठमाण्डौँ महानगरद्धारा दुईओटा अस्पताल सिल

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २९ । काठमाण्डौँ महानगरपालिकाले दुई ओटा अस्पताल सिल गरेको छ । सोमबार महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो । अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ । अस्पतालले अपनाउनु पर्ने मापदण्ड समेत ती अस्पतालहरूले पालना नगरेको पाइएको महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलल जानकारी दिए । ‘दुवै अस्पताल १५ शय्याका भएतापनि अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही नभएको र फेरि दर्ता नवीकरण समेत नभएको भेटिएपछि महानगरले सिल गरेको पौडेलले बताए । चाइना पिपुल्स अस्पतालमा अनुगमन टोली पुग्दा अस्पतालले डिस्र्चाज गरि...
गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क

गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १९ जेष्ठ । शिक्षा प्रदान गर्ने राज्यको दायित्व अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने जिम्मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ भनि नेपालको संविद्यानमा उल्लेख गरिएको छ । त्यो सँगै सरकारले गुणस्तरीय र प्रभावकारी शिक्षामा पनि समान अधिकारको पहुँच हुने उल्लेख गरेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालय, अविभावक, विद्यार्थी र सरकारको आ–आफ्नै जिम्मेवारी पनि होला तर पनि नेपालमा गुणस्तरीय शिक्षामा भने अझै पनि पश्नै प्रश्नहरु उब्जीरहेको अवस्था छ । तर फेरी यसबीचमा पनि प्रश्नै खडा हुन्छ । सबैभन्दा बढी महत्वको क्षेत्रसमेत रहेको शिक्षालाई प्रभावकारी र गुणस्तर बनाउने कुरापनि बाराम्वार भैरहेपनि कुरामा मात्रै सिमित व्यवाहरमा खासै प्रगति नभएको एक कार्यक्रमले देखाएको छ । शुक्रबार गाईघाटमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले आयोजन...
त्रियुगा नगरपालिका १५ नं वडामा निशुल्क स्वास्थ्य सिविर संञ्चालन हुने

त्रियुगा नगरपालिका १५ नं वडामा निशुल्क स्वास्थ्य सिविर संञ्चालन हुने

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १६ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १५ रानिवासमा एक दिने निशुल्क स्वास्थ्य सिविर आयोजना गरिने जनाईएको छ । यहि शनिवारका दिन त्रियुगा नगर स्वास्थ्य शाखाको आयोजना तथा वडा नं १५ स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा शिविर संञ्चालन हुने जनाईएको छ । सिविरमा भिडियो एक्सरे ,ईको, ईसिजि, सुगर ,प्रेसर र महिला हरुमा देखापर्ने सबै प्रकार रोगहरुको निशुल्क चेकजाँच गरिने वडाअध्यक्ष गणेश तिमिल्सीनाले जनाए । अध्यक्ष तिमिल्सीनाका अनुसार वडावासीहरुलाई स्वास्थ्यमा पहुँच पुराउने भन्दै त्रियुगा नगरशाखाले उक्त सिविर १५ नं वडामा गर्न लागेको जनाए । उनले यस सिविरमा सम्पूर्ण वडावासीहरुले उपस्थिति जनाई आफ्नो रोगबारे सचेत हुन सबैमा अनुरोध गरे । उनले यस सिविरलाई स्वास्थ्य क्षेत्रको पहुँचमा महत्वपूर्ण अवसरको रुपमा लिन वडावासीहरुलाई आग्रह समेत गरेका छन् ।...
देउरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

देउरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ५ देउरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । यही बैशाख २४ गते स्वास्थ्य चौकी देउरीमा ५ नं वडाले आयोजना गर्न लागेको शिविर विराट मेडिकल कलेजको प्राविधिक टोलीको बिशेष सहयोगमा सञ्चालन हुने भएको छ । अस्पतालका सूचना तथा संचार अधिकृत कैलाश भट्टराईले आईतबार आयोजना हुने शिविरमा मुटु, पाठेघर, छाला तथा यौन रोग, नाक, कान, घाँटी, दम सम्बन्धि भिडियो एक्सरे, फिजिसियन, इसिजी, इको सेवा प्रदान गरिने बताएका छन् । आधा दर्जन विशेषज्ञ चिकित्सकहरुबाट शिविरमा सेवा दिईने भट्टराईले बताए । वडा अध्यक्ष उद्धव थापाले गाउँघरमा लुकाएर राखिएका विरामीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने हेतुले शिविरको आयोजना गर्न लागिएको बताएका छन् । ५ नं वडा बाहेकका अरु वडाका नागरिकहरुले समेत शिविरबाट सेवा लिन सकिने उनले बताए । खासगरी गरिब जनता जो उपचारको लागी...
कटारी नगरपालिकाद्धारा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना हुदैँ

कटारी नगरपालिकाद्धारा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना हुदैँ

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ । जिल्लाको कटारी नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । नगरपालिकाले आगामी बैशाख २६ र २७ गते वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । काठमाडौं मेडिकल कलेज काठमाडौं र नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा नगरपालिकाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिविरमा मुटु , नशा , जनरल मेडिसिन , प्रसुती तथा स्त्री , हाडजोर्नी , नाक , कान , घाँटी रोगको निशुल्क उपचार सेवा दिईने भएको छ । त्यसैगरी छाला तथा यौन , शल्यकृया , आँखा , वाल , दन्त , ईको , भिडियो एक्सरे र ल्यावको सेवा दिईनेछ । शिविरदेखी थप उपचार गर्न काठमाडौं मेडिकल कलेज गएमा औषधि भन्दा बाहेक पूर्ण छुट र नोबेल गएमा औषधि बाहेक ५० प्रतिशत छुटमा उपचारको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । शिविरमा आएर स्वास्थ ल...
त्रियुगा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविरमा सात सय बढीले लिए सेवा

त्रियुगा उद्योग बाणिज्य संघको नि:शुल्क स्वास्थ्य शिविरमा सात सय बढीले लिए सेवा

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १५ । शुक्रबार त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आयोजना गरेको निशुल्क स्वास्थ्य शिवीरमा बढी भन्दा बढी विरामीहरुले सेवा लिएको छ । जिल्ला अस्पताल उदयपुरमा संञ्चालन यो सिविरमा त्रियुगा नगर र त्यस बाहेकका अन्य ठाउँका सेवाग्राहीहरुले धेरै फाईदा लिएका छन् । बिषेशगरी बृद्ध बृद्धा र महिलाहरुलाई प्राथामिकता दिएर शिविर संञ्चालन गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । शिविरमा क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच सम्बन्धि चेक जाँच भएको अध्यक्ष रसाईलीको भनाई छ । त्यस बाहेकका सामान्य उपचार र परिक्षण भने चल्नेनै छन् । सिविरले निशुल्क औषधी पनि वितरण गरेको छ । रसाईलीका अनुसार मुटु सम्बन्धि २ सय ३५, स्त्रि सम्बन्धि ६०, मुटु इको ९९ , नाककान घाँटी १४७, र न्युरो १६७, क्यान्सर २९ गरी ७ सय ३७ जनाले सिविरको प्रत्यक्ष फाईदा उठाएको छ । सामान्य चेकजाँच सहित हज...