Thursday, August 20News That Matters

स्वास्थ्य

हेटौँडामा मृत्यु भएका १ जना पुरुषमा कोरोना  संक्रमण पुष्टि

हेटौँडामा मृत्यु भएका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ हेटौँडामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा उप–महानगरपालिका–१ को जरुवाटोलका ६१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ती पुरुषमा हेपटाइटिस, रक्तचाप लगायतको स्वास्थ्य समस्या रहेको थियो ।  हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्यले जनाएको छ ।...
मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको  छ । बुढीगंगा गाउँपालिका–२ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । गत साउन २५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी महिलालाई पुन २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरानाको रिपोर्ट नेगेटिभ आएपछि घर लगिए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा गतराति मृत्यु भएको अस्तालले जनाएको छ । प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएलगत्तै मृत्यु भएको जनाईएको छ ।...
कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराईरहेको विर्ताका ८६ वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब साउन २३ गते सङ्कलन गरिएको थियो । २६ गते आएको रिपोर्टमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती वृद्धको कोभिड निमोनियाको उपचार गराउदै गर्दा ज्यान गएको जनाईएको छ ।...
वर्षको अन्तिमसम्म कोरोना विरुद्धको खोप बजारमा ल्याउने : चीन

वर्षको अन्तिमसम्म कोरोना विरुद्धको खोप बजारमा ल्याउने : चीन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ चीनले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ । चीनीया कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स यूएईमा चलिरहेको छ । सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैँले पनि परीक्षणका लागि खोप लागएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको जनाईएको छ । बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १०.२ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ । यो खोप दुई डोज लगाए बापत एक हजार युआन अर्थात एक हजार ७ सय रुपैयाँ पर्नेछ । अहिले विश्वमा करिब २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका जन...
पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ आज ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उचाररत भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलालाई गत साउन २१ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । आज मृत्यु भएकी महिलाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।...
नेपालमा थप १०१६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १०१६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ नेपालमा आज थप एक हजार १६ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगे निको हुनेको सङ्ख्या १७ हजार पाँच सय ८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय १४ पुगेको छ ।...
कोरोना संक्रमणबाट मृत्यु भएका काभ्रेको मृतकका परिवारमा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका काभ्रेको मृतकका परिवारमा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका मृतकको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि गत साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । उनको घरमा काम गर्ने एक जना बाहेक अरुको रिपोर्ट पोजेटिज आएको जनस्वास्थ्य कार्यालय काभे्रले जनाएको छ ।...
कांग्रेस नवलपरासीका उप–सभापतिको कोरोना संक्रमणबाट मृत्यु

कांग्रेस नवलपरासीका उप–सभापतिको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ कोरोना संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उप–सभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा बिहान मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट गत साउन ३० गते पाटन अस्पतालमा भर्ना भएको थियो । उनको भेन्टिलेटरको सहायतामा उपचार भईरहेकोे थियो । उनलाई गतराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पता...
भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ भारतमा कोरोना संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७ सय ४३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५५ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ७६ जनाको मृत्यु भएको जनाईएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार ७ सय ९७ पुगेको छ । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७ सय ८० जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो ।  ...
बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उप–महानगरपालिका–५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज शिक्षण अस्पतालमा गतराति उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो आएपछि उपचारका लागि साउन ३२ गते शिक्षण अस्पतालमा भर्ना गरिएका ती व्यक्तिमा निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको सोमबार नै कोरोना पुष्टि भएको थियो । बाँकेमा यसअघि नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जना गरी तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।...