Tuesday, August 18News That Matters

स्वास्थ्य

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार भन्दा बढी

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार भन्दा बढी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २४ गते ।  पछिल्लो २४ घण्टामा २ न. प्रदेशमा ८३ जना नयाँ कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या १ हजार ६६ पुगेको छ । सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, रौतहटमा ६ र सर्लाहीमा २७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकाको क्वरेण्टीनमा रहेका ७ जना, धनुषाको देवपुरा रुपैठाको क्वरेण्टीनमा रहेका ६ जना, महोत्तरीको जलेश्वर क्वरेण्टीनका १७, मटिहानीमा ७, एकडाराका ६ र अन्य ५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिकाका १६, मलङ्गवा नगरपालिकाका ८, इशरनाथ नगरपालिकाका ३, रौतहटको इशनाथ नगरपालिकाको क्वरेण्टीनका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सप्तरीमा ७६, सिरहामा ४७, धनुषामा १ सय, महोत्तरीमा ८७, सर्लाहीमा १ सय ७६, रौतहटमा ३ सय ९६, बारामा ४९ र पर्सामा १ सय १४ जना संक्रमित भइसकेका छन् । उक्त संक्रमित मध्ये १ सय ५९ जना उप...
कर्णाली प्रदेशमा थप ९८ जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ९८ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २४ गते । आज कर्णाली प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ५ सय ८७ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३८, सुर्खेतका ९, जाजरकोटका ४, दैलेखका ४६ र डोल्पाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । विस्तृतमा तल हेर्नुस् :...
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २४ गते । आज नेपालमा थप २ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो । डोल्पाको एक ५८ वर्षीय पुरुषको गत जेठ २१ गते राति करिब २ बजेतिर मृत्यु भएको थियो । उनी १६ गते सुर्खेतबाट १८ गते डोल्पा पुगेको थियो । मृतक पुरुष दमको रोगी भएको जनाईएको छ । त्यस्तै सेती अस्पतालमा डाईलासिस गर्दैगर्दा गत जेठ २३ गते दिउँसो कबिर १२ बजे एक जना मृगोला रोगी महिलाको मृत्यु भएको छ । उनीलाई कुनै कोरोनाको लक्षण नदेखिएपनि उक्त अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजेटिभ रिपोर्ट आएको जनाएको छ । ऋहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ३ सय ६५ जना डिस्चार्ज भईसकेको छ ।...
नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जठ २४ गते ।  आज नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको स्वास्थ्य था जनसंख्या  मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौँका २ जना, अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३, डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जनामा संक्रमित भएको मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये उपचारपछि ३ सय ६५ जना निको भएका छन् भने १३ जनाको मृत्यु भईसकेको छ ।...
नेपालमा काेराेना संक्रमित तीन हजारकाे नजिक, ६७ जिल्लामा फैलिसक्याे

नेपालमा काेराेना संक्रमित तीन हजारकाे नजिक, ६७ जिल्लामा फैलिसक्याे

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २४ । शनिबार विहानसम्मकाे अवस्थामा नेपालमा २ हजार ९ सय १२ जना काेराेना संक्रमित पुगेका छन् । नेपालमा ८८ हजार ३ सय ६६ जनाकाे पिसिअार प्रविधिबाट स्वाव परिक्षण गर्दा उक्त परिणाममा संक्रमित देखिएका हुन् । पछिल्लाे समय सरकारले परिक्षणकाे दायरा फराकिलाे पारेसंगै संक्रमित धमाधम देखिन थालेकाे हाे । उदयपुरमा भने गएकाे जेठ २ गतेसम्ममा ३३ जना संक्रमित देखिएकामा थपिएकाे छैन । जसमध्ये ३२ जना निकाे भएर फर्किरहेका छन् भने एक जना मात्र बाँकी रहेकाे जनाइएकाे छ । काेराेना संक्रमित संख्याकाे अाधारमा लामाेसमय पहिलाे स्थानमा रहेकाे उदयपुर हाल १८ अाैं स्थानमा पुगेकाे छ । हालसम्म मर्नेकाे संख्या ११ पुगेकाे छ । निकाे भएर घर फर्कनेकाे संख्या ३ सय ३३ पुगेकाे छ । नेपालकाे ७७ जिल्ला मध्ये हालसम्म ६७ जिल्लामा संक्रमित देखिएका छन् । अहिलेसम्ममा विश्वमा संक्रमितकाे संख्या भने ६८ लाख, ४४ हजार ...
आज पनि उदयपुरमा आरडीटी पोजेटिभ देखियो

आज पनि उदयपुरमा आरडीटी पोजेटिभ देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २३ गते । जिल्ला अस्पताल उदयपुरमा आज आरडिटी परिक्षणमा थप १ जनामा पोजेटिभ देखिएको छ । स्थानीय १ पुरुषको आरडिटी परिक्षण हुदा पोजेटिभ देखिएको जिल्ला अस्पताल उदयपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जिवनारायण मन्डलले बताउनुभयो  । उनी सवारी चालक रहेको बताईएको छ । उनको आरडिटी रिर्पोट पोजेटिभ आएसँगै जिल्ला अस्पतालको आईस्योलेसनमा राखिएको छ । आरडिटी परिक्षणबाट पोजेटिभ देखिने उनी दोस्रो व्यक्ति हुन् । आईस्योलेसनमा राखिएका उनको पिसीआर परिक्षण हुने छ । कोरोना परिक्षणमा आरडिटी परिक्षण नै अन्तिम नरहेकाले पिसिआर परिक्षण अनिवार्य गर्ने गरिएको छ । पिसिआर परिक्षणबाट पोजेटिभ देखिए मात्र कोरोना संक्रमित पुष्टि हने छ । २ दिन अघि जापानबाट आएका १ पुरुषको रिर्पोट पनि पोजेटिभ आएको थियो । जिल्ला अस्पतालको आईस्योलेसनमा रहेका उनको आज पिसिआर नमुना स्वाव संकलन लिईएको छ ।...
थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २३ गते । आज नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको हो । देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १ सय ५, , खोटाङ ३, दैलेख ८, धनुषा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालको ६८ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । उक्त संक्रमित मध्ये ३ सय ३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।...
सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २३ गते ।  आज सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुराका ५ र कैलालीका १ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । योसँगै सुदूरपश्चिमउ प्रदेशमा संक्रमितको सङख्या ९२ पुगेको छ । उक्त संक्रमित मध्ये ७ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको जनाईएको छ ।...
कोरोना संक्रमित थप १ जनाको मृत्यु

कोरोना संक्रमित थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २३ गते ।  कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । क्वरेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि बुधबार घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वार्षिय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । मृतक गत जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वरेन्टीनमा बसेको थियो । मृतक पुरुषलाई एक हप्ता परिवारसँग टाढा भएर बस्न सुझाव दिएपछि उनीसहित ५ जना छुट्टै बस्दै आएको थियो । मृतक पुरुषको वीरेन्द्रनगरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी भइरहेको जनाईएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...
नेपालमा ९५ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएन

नेपालमा ९५ प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २३ गते । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये करिब ९५ प्रतिशतमा लक्षण नदेखिएको पाईएको छ । रुखाघोकी लाग्ने, १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने, सास फेर्न ग्राहो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने कोरोना भाइरस संक्रमणपछि देखिने लक्षणहरु भएपनि नेपालमा पष्टि भएको करिब ९५ प्रतिशत संक्रमितमा यस्तो लक्षण देखा नपरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिलेसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएपनि धेरै जसोको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । कुल संक्रमितमध्ये ५ प्रतिशतमा मात्रै लक्षणसहित मुटुरोग, उच्च रक्तचाप, दम लगायतका अरु पनि समस्या रहेको पाइएको जनाईएको छ । अहिलेसम्म निको हुने कोरोना संक्र मितको संख्या ३ सय १३ पुगेको छ । अहिलेसम्म कोरोनाबाट १० जनाको मृत्यु भईसकेको छ ।...