उदयपुरको एक सञ्चारकर्मीमा पनि काेरोना संक्रमण, उदयपुरमा संक्रमितकाे संख्या ३३ पुग्याे
पूर्णपुष्टि, जेठ २ गते ।
उदयपुरमा एक सञ्चारकर्मीलाई कारोना संक्रमण देखिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले सार्बजनिक गरेको २५ वर्षिया पुरुष सञ्चारकर्मी हुन् ।
उनलाई विराटनगरस्थित कोरोना हस्पिटल लगिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनको स्वास्थ्य अवस्था समान्य रहको जनाइएको छ ।
गत वैशाख ३१ गते जिल्ला स्वास्थ्य कार्यालयमा जिल्लाका २६ जना पत्रकारहरुको स्वाव नमुना संकलन गरि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा परिक्षण गरिएको थियो । परिक्षणको रिपोर्ट आउदा २६ मध्ये एक जनाको रिपोर्ट पाेजेटिभ आएको हो । पत्रकारहरुसंगै अन्य सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्बसाधारणसहित ६० जनाको स्वाव परिक्षण संकलन भएको थियो । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यो संगै उदयपुरमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरमा २ सय...






