सेनेटरी प्याड यसरी बनाइदै
पूर्णपुष्टि, फागुन १५
संस्कृती, समर्थ नेपाल र कोड फोर नेपालको संयुक्त आयोजनामा वीरगञ्जमा ३ दिने सेनेटरी प्याड बनाउने प्रशिक्षक प्रशिक्षण (टिओटी) हिजे सम्पन्न भएको छ । वीरगञ्जस्थित काभेरी एकेडमीमा मङ्गलबार एक कार्यक्रम बीच ३ दिने पुन: प्रयोग्य सेनेटरी प्याड बनाउने टिओटी र महिनावारी तथा प्रजनन स्वास्थ्य बारे अभिमुखीकरण सम्पन्न भएको हो ।
समर्थ नेपालकी प्रियाशा महर्जन र सुरुवी रेग्मीले प्रशिक्षण दिनुभएको टिओटीमा २० महिला र युवाहरुको सहभागिता रहेको संस्कृतीका किरण गिरीले बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई कपडाबाट प्याड बनाउने प्रक्रियाका बारेमा सिकाउनका साथ महिनावारी र प्रजनन स्वास्थ्यबारे विभिन्न विषयमा जानकारी समेत गराईएको बताउनुभयो ।
गिरीले तालिममा बनाईएको सेनेटरी प्याड बजार भन्दा सस्तो, शुरक्षित र वातावरण मैत्री भएको समेत जानकारी गराउनुभयो । बजारमा उपलब्ध सेनेटरी प्याडहरु महिलाह...







