उदयपुरमा भोलीबाट कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिने
पूर्णपुष्टि, साउन १८
उदयपुरमा भोली (मंगलबार) बाट कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिने भएको छ । अमेरीकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुहकालाई भोलीबाट लगाइने छ । अति अशक्त बर्ग, वैदेशिक रोजगारीमा जान भिषा प्राप्त व्यक्ति एवम स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मी र सरसफाइकर्मीलाई यो खोप लगाइने छ । त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थीहरुलाई पनि उक्त खोल लगाइने छ ।
त्रियुगा नगरपालिका भवन र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमा ०७८÷०४÷१९ र २० गते खोप लगाइने छ । त्यस्तैै, उदयपुर अस्पतालमा पनि साउन १९ र २० गते खोल लगाइने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
चौदण्डीगढी नगरपालिका र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमा साउन १९ र २० गते खोल सञ्चालन गरिने छ । बेलका र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमम साउ...





