कोरोना संक्रमणबाट एक पत्रकारको निधन
पूर्णपुष्टि, जेष्ठ २
कोरोना भाइरस कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमणबाट बाँकेका नेपालगञ्जमा कार्यरत एक पत्रकारको निधन भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका रईश साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएको हो ।
नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् ।...







