Tuesday, April 21News That Matters

Tag: highlight

युवा हराएको  चार दिन पछि शव फेला

युवा हराएको चार दिन पछि शव फेला

समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३० त्रियुगा नगरपालिका १ मा हत्यागरी गाडिएको अबस्थामा युवाको शव शुक्रबार फेला परेको छ । नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको शव कङ्खोलाको बगरमा गाडेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनु भयो । २५ गते बेलुकाको खाना खाएर वर्ल्डकप हेर्न निस्किएका चौधरी घर नफर्के पछि परिवारले खोजतलास गर्दा फेला परेको थिएन । गाडेको शवलाई जङ्गली जनावरले खोतलेर निकालेपछि दुर्गन्ध फैलिएर गाउँलेहरुले चौधरीको शव पत्ता लगाई प्रहरीलाई खबर गरेका थियो । धारीेलो वस्तुले छातिमा घोपेर चौधरीको हत्यागरी बगरमा गाडेको प्रहरीको भनाई छ । भने गाडेको ठाउबाट शव निकाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । सङ्खास्पद व्यक्तिहरु पक्राउ गरि अनुसन्धना गर्दा हत्यारा त्यस भित्र बाटै पत्तालागेको र थ...
त्रियुगा-१५  छिट्टै पूर्णसरसफाई हुदै

त्रियुगा-१५ छिट्टै पूर्णसरसफाई हुदै

समाचार
विक्रम राई पूर्णपष्टि/उदयपुर, असार २९ त्रियुगा नगरपालिका वडा नं १५ रानिवासका स्थानीयहरुलाई बाल्टिन वितरण गरिएको छ । मातृ तथा बालमैत्री स्वास्थ्य र पोषण परियोजना अन्तर्गत वल्र्ड भिजन ईन्टरनेशनलको सहयोग तथा हुरेण्डेकको साझेदारीमा बिहिबार बाल्टिन वितरण गरिएको हो । बालमैत्री शासन लागु गर्ने र पूर्णसरसफाई वडा घोषनणामा वडा नं १५ अन्तिम प्रयासमा रहेको भन्दै सामाग्रीहरु वितरण गरिएको छ । १ थान बाल्टिन, साबुन दानीसहित २ ओटा साबुन बितरण गरिएको छ । “नेपाली जुटौ बालबिबाह रोकौँ” भन्ने नाराका साथ यतिवेला देशैभर बालमैत्रि साशन लागु गर्ने र पूर्ण सरसफाई युक्त घोषणाको कार्यहरु देशको मुख्य सुचिमा रहेको छ । यसैलाई जोड गर्दै देशैभरी प्रथामिकता रहेको पूर्णसरसफाई अभियानमा सो वडा पनि अन्तिम चरणमा आईसकेको छ । वडाको रानिवास पछि खाँवु, डहर र छाम्लिङ गरी ८ सय ३९ घरधुरीलाई वितरण गरिने अनुगमन अधिकृत जितेन...
खेलकुद पत्रकारिता तालिम सम्पन

खेलकुद पत्रकारिता तालिम सम्पन

समाचार
पूर्णपुष्टि/उदयपुर, असार २६ । उदयपुरमा पहिलोपटक खेलकुद पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को संयोजन र पत्रकार महासंघ शाखा उदयपुरको व्यवस्थापनमा गाईघाटमा तालिम भएको हो । प्रदेश नं. १ अन्गर्तत झापा, सुनसरी, मोरङ, उदयपुर लगायतका जिल्लाका पत्रकारहरुको सहभागिता रहेको दुईदिने तालिममा पत्रकार महासंघ केन्द्रिय सदस्य पवन आचार्य र खेलकुद पत्रका मञ्चका महाहसचिव प्रकाश तिम्सिनाले प्रशिक्षण दिएका थिए । खेलसंग सम्बन्धीत प्राविधिक ज्ञान र शैलीका साथ समाचार लेख्न सहज होस् भन्ने हेतुले आयाजित तालिमको सोमबार विहान उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले खेलकुदमैत्री नीतिमा जोडदिदै कार्यन्वयनमा जोड दिने बताउनुभयो । पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, खेलकुद विज्ञान...
अव निर्वाचनको मिति तोक्ने अधिकार संसदलाई हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त यादव

अव निर्वाचनको मिति तोक्ने अधिकार संसदलाई हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त यादव

समाचार
पूर्णपुष्टि/उदयपुर, असार २२ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्बाचनको मिति तोक्ने धिकार संसदलाई दिनुपर्ने विचार व्यक्त गर्नुभएको छ । विगतको अभ्यासमा निर्बाचनको मिति तोक्ने अधिकार निर्बाचन आयोगलाई पनि नदिई सरकार आफैसंग भएकाले तारतम्य नमिलेको प्रतिक्रिया दिदै प्रमुख आयुक्त यादवले यस्तो विचार राख्नुभएको हो । संसदलाई अधिकार दिएमा परिस्थितिको अनुकुलतालाई हेरेर निर्वाचनको मिति तोक्ने र सोही अनुरुप आयोगले तयारी गर्ने उहाँले बताउनुभयो । निर्बाचन तयारीका लागि पर्याप्त समय नहुनु, मतपत्र साईज र संख्या निर्धारित गर्न नसक्नु, पर्याप्त मतदाता शिक्षा दिन नसक्नु जस्ता अप्ठ्याराहरु भोग्नु परेको थियो । कठनाईका बाबजुद आयोगले छिट्फुट घटनाबाहेक निर्बाचन शान्तिपूर्वक सम्पन्न गराउन सफल भएको उहाँले बताउनुभयो । जस्मा राजनीतिक दल, उम्मेदवार, स्थानीय प्रशासन, सुरक्षा निकाय, क...
युवालाई स्वदेशमै राेजगारीमा जाेड

युवालाई स्वदेशमै राेजगारीमा जाेड

समाचार
पूर्णपुष्टि/गाईघाट, असार २१ । जिल्ला युवा समिति उदयपुरले युवा लक्षित बिविध कार्यक्रमहरु सञ्चालन गरी गतिविधी अगाडि बढाएकाे छ । अार्थिक वर्ष २०७४/०७५ मा दर्जनाै कार्यक्रमका साथ गतिविधी गरिएकाेे अध्यक्ष खगेन्द्र पाेखरेलले बताए । https://youtu.be/ezi11dNwOlA बिहिबार पत्रकार सम्मेलन गरि गुुुुणस्तरीय र व्यवहारिक शिक्षा, राेजगारी, उधमशिलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनाेरञ्जन जस्ता अाधारशिलामा रहेर कार्यक्रम तथा गतिविधी गरिएकाे उनले बताए । युवा नीति २०७२ र युथ भिजन २०२५ अनुरुप मूख्यगरी युवा बिदेश पलायनलाई राेक्न युवा उधम कार्यक्रम सञ्चालन गरिएकाे र युवा प्रतिभाकाे खाेजी गरि प्रस्फुटन गराउने कुरालाई प्राथमिकतामा राखिएकाे अध्यक्ष पाेखरेलले बताए । https://youtu.be/HpMl3s85r8Y  ...
करदाता सेवा कार्यालय गाईघाटले सेवाग्राहीलाई के कस्तो समस्या, झन्जट दिइरहेको छ ??? सेवाग्राही र कर अधिकृतसंग प्रत्यक्ष कुराकानी ।

करदाता सेवा कार्यालय गाईघाटले सेवाग्राहीलाई के कस्तो समस्या, झन्जट दिइरहेको छ ??? सेवाग्राही र कर अधिकृतसंग प्रत्यक्ष कुराकानी ।

Breaking News 1
करदाता सेवा कार्यालय गाईघाटले सेवाग्राहीलाई के कस्तो समस्या, झन्जट दिइरहेको छ ??? सेवाग्राही र कर अधिकृतसंग प्रत्यक्ष कुराकानी । कृपया, सुनेर प्रतिक्रिया दिनुहोला । https://www.youtube.com/watch?v=dI2qPafHpJ4
नगरपालिकाप्रति कृषकको गुनासो

नगरपालिकाप्रति कृषकको गुनासो

समाचार
पूर्णपुष्टि/उदयपुर, असार १३ उदयपुरको चौदण्डीगडी नगरपालिकाले दुध तथा मासु उत्पादनतर्फ कृषकमैत्री कार्यक्रम नगरेको र पशुपंक्षी विकास शाखातर्फ विनियोजित बजेटसमेत हिनाहिना भएको आरोप कृषकहरुले लगाएका छन् । बुधबार बेल्टार बजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै कृषकहरुले नगरपालिकाले कृषकहितमा काम गर्न नसकेको गुनासो व्यक्त गरे । नगरपालिकाको पशुपन्छि शाखाका कर्मचारीबाट चार लाख जति रकम हिनामिनासमेत गरेको आरोप लगाएका छन् । ३४ लाख ५२ हजार ९६० रुपैया मध्ये करिब २४ लाख रकम खर्च गर्दा चारलाख अनियमितता भएको र अव करिब १० लाख रुपैया बाँकी रहेको जनाइएको छ । अनियमितताको बारेमा नगरपालिकाको तर्फबाट गरिएको छानविन प्रतिवेदन सार्बजनिक गर्दै अगुवा कृषक केशब अधिकारीले अनियमितताको छानविन गरी बाँकी रहेको रकम कृषकको माग अनुसार खर्च हुनुपर्ने माग राख्नुभयो । अर्का कृषक इन्द्रविनोद घिमिरेले चौदण्डीगडी नगरपालिकाले...
ठाटीमा दुईदिनपछि मात्र सवारी चल्ने

ठाटीमा दुईदिनपछि मात्र सवारी चल्ने

समाचार
पूर्णपुष्टि/उदयपुर, असार १३ गते पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलु र खोटाङलाई जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड एक महिनादेखि बन्द रहेकोमा सुचारु हुन अझ दुईदिन लाग्ने भएको छ । सो सडकखण्डको ठाटी भन्ने ठाउँमा पहिरोले सडक एक महिनाअघि भत्काएसंगै यातायात सेवा बन्द भएको थियो । भत्किएको सडक मर्मतका लागि सडक भिडिजन कार्यालय लहानलाई एक महिनाको समय प्रदान गरेको थियो । कटारी नगरपालिकाले यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन, प्रहरी लगायतका सरोकारवालाहरुसंग समन्वय गरी सडकलाई मर्मतका लागिग एकमहिने अवधी प्रदान गरेको थियो । सडक मर्मत कार्यका लागि दिइएको एक महिने समय आज पुरा भएपनि मर्मतका लागि अझ काम बाँकी रहेकाले दुईदिन पछि मात्र सञ्चालनमा ल्याउने कटारी नगरपालिकाले निर्णय गरेको छ । सडक डिभिजन कार्यालय लहानबाट साईडमा खटिएका इन्जिनियर चित्र रञ्जनका अनुसार करिब ...
खोज पत्रकारलाई पुनर्ताजगी तालिम

खोज पत्रकारलाई पुनर्ताजगी तालिम

समाचार
पूर्णपुष्टि/उदयपुर, असार १० गते । सञ्चारिका समुहले खोज पत्रकारिताका लागि दक्ष पत्रकार जन्माउने उद्देश्यले सञ्चालन गरेको खोज पत्रकारिता तालिमका सहभागिहरुलाई गाईघाटमा आजदेखि  पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । गत बैसाखमा सिन्धुलीमा सञ्चालित तीन दिने “लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम” का सहभागिहरुका लागि उदयपुरको गाईघाटमा दुईदिने पुनर्ताजगी तालिम सञ्चालन भएको हो । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा आयोजित तालिममा उदयपुर, सिन्धुली, ओखलढुङ्गाका पत्रकार सहभागि छन् । तालिमको उद्घाटन गर्दै प्रमूख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले तालिमबाट पत्रकारलाई कुनै पनि समस्या पत्ता लगाउने मात्र नभई तथ्यसहितको समाधानसमेत खोज्न सक्ने क्षमतावान बनाउने अपेक्षा राख्दै तथ्यपरक समाचारमा कारवाही बढाउन सजिलो हुने बताउनुभयो । पत्रका...
आयो एसईईको नतिजा

आयो एसईईको नतिजा

समाचार
पूर्णपुष्टि/उदयपुर, असार ९ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गत चैतमा लिएको माध्यममिक शिक्षा परीक्षा (एसईई) को नजिता सनिबार सार्बजनिक भएको छ । एसईईको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्बजनिक भएको जनाइएको छ । नतिजा थाहा पाउने विभिन्न तरिका र सुविधा दिइउको छ । नजिता थाहा पाउने तरिकानतिजा थाहा पाउन, शिक्षा मञ्त्रालयको वेवसाईट mow.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भुक्तपुरको nev.gov.np मा हेर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमको वेवसाईड see.ntvnpt.np मा पनि हेर्न सकिन्छ । त्यसैगरी टेलिकमले १६०० मा डायल गरी सुन्न सकिन्छ ।...