Monday, April 20News That Matters

उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

पूर्णपुष्टि/कटारी, कार्तिक ३ गते ।
उदयपुरमा सोमवार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएको छ । उदयपुरको कटारी नगरपालिका–४ ककुर खोलास्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी कटारी नगरपालिका–४ तल्लो कटारीका १६ वर्षीय सम्राट खड्का र सोही वडाको सिम्ले निवासी १८ वर्षीय राजमणी कटुवाल गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल कटारी ल्याइएको थियो। प्रादेशिक अस्पतालका चिकित्सकका अनुसार गम्भीर घाइते सम्राट खड्काको उपचारका क्रममा कात्तिक ३ गते बिहान मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते भएका राजमणी कटवाललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ । मदन भण्डारी लोकमार्गमा कटारीबाट सिन्धुली तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल कात्तिक २ गते राति करिब १०स्२० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।