Thursday, April 23News That Matters

गाईघाटमा सुरु भयो लाखे नाच

पूर्णपुष्टि, २४ साउन ।
उदयपुरको गाईघाटमा लाखे नाच सुरु भएको छ । गाईघाट स्थित भगवती मन्दीर र राधाकृष्ण मन्दिरमा पुजा आजा सँगै लाखे नाच सुरु गरिएको हो । झिँगु नेवा पुँच उदयपुरको आयोजनामा सुरु भएको लाखेमा ६ ओटा वडाका नेवार समुदायहरुले भगवती मन्दीरबाट एकै साथ पुजाआजा गरी सुरु गरेको हो । ११ नं वडा गाईघाट, १० नं वडा बोक्से, ३ नं वडा मोतिगडा, ९ नं वडा गैरुन र १६ नं सिद्रेका नेवार समुदायहरुले लाखे सुरु गरेको छ । पछिल्लो समय त्रियुगा नगरपालिकामा नेवार समुदायहरुको वस्ती पहिचान गर्दै जाँदा नेवार समुदायहरुको जनघनत्व बढेको भन्दै बिभिन्न वडाहरुमा झिँगु नेवाँ पुच वडा कमिटी खडा गरिएको हो । सोही अन्तर्गत हाल १६ नं वडा थपेर छ ओटा वडाहरुले लाखे नाच मनाउँदै आएको झिगुँ नेवा पुँच उदयपुरका अनुसार नेवार वस्त वडाहरुलाई कमिटी गठन गरी आआफ्नै स्थानमा लाखे पर्व मनाउन सहज गरिएको जनाए । पहिले गाईघाटबाटनै सबै ठाउँ लाखे नाच्नु पर्ने अवस्थामा वडा कमिटी गठन गरी सबैले आफ्नै स्थानबाट लाखे पर्व मनाउ सकिने जनाए । पहिले ५ ओटा वडाहरुमा कमिटी गठन गरिएकामा १६ नं वडा सहित अहिले ६ ओटा वडाले यो पर्व मनाउँदै आएको हो । गाईघाट सहित उदयपुरका बिभिन्न स्थानहरुमा र देशैभर यो पर्व सुरु गरिएको छ ।

कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायले करिब ८ दिन लाखे नाचेर यो पर्व मनाउने गर्छ । कृष्ण अस्टमीको भोली पल्ट लाखे समापन गर्ने चलन छ । कृष्ण अष्टमीमा कृष्णको जन्म हुने विश्वासका साथ त्यसको भोलीपल्ट लाखे बिसर्जन गर्ने चलन छ ।