Wednesday, April 29News That Matters

प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

पूर्णपुष्टि, २८ बैशाख ।
प्रेस सेन्टर नेपाल उदयपुरले पत्रकारहरुको हक हित र अधिकार अनुरुप काम गर्ने वातावारणमुखी कानुन निर्माण लगयत बिभिन्न ११ बुद्धे माग सहित संञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत संञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट भर्खरै निर्वाचित कार्य समितिको गहन छलफलबाट निर्माण गरिएको घोषणा पत्र सहितको माग राखि ज्ञापन पत्र बुझाईएको हो ।

उक्त पत्र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विदुर कटुवाल, पूर्व सदस्य यदु ढकाल, संस्थापक अध्यक्ष हरि कुमार राई लगायत जिल्ला अध्यक्ष अभिमन्यु लामिछानी सहितको टोलीले जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेललाई बुझाएको छ । पछिल्लो समय प्रेस माथी ज्याजति बढेको र सरकारले यस तर्फ उति चासो नदिएको ज्ञापन पत्रमा उल्लेख गरेको छ । साथै जनतालाई सूचना प्रभाहका लागि चलाउँदै आएको कलममाथी पनि सरकारले निर्माण गर्ने ऐन र कानुनहरु बाधाको रुपमा खडा भएको हुँदा यसलाई सहजीकरण गर्न तर्फ सरकार लाग्नु पर्ने पत्रमा उल्लेख गरिएको छ । साथै पछिल्लो समय राजावादी आन्दोलनका रुपमा संञ्चारकर्मी र संञ्चार क्षेत्रमाथी भएको आक्रमणको पनि विरोध गरिएको छ । समचार संकलनको क्रममा एभिन्युज टिभीको पत्रकार सुरेश रजकमाथी भएको हत्यावारे सरकारले छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने र उचित क्षतीपुर्ति दिनु पर्ने साथै रजकलाई सहित घोषाणा समेत गर्नु पर्ने माग गरिएको छ । उक्त मागलाई सम्वोधन हुने गरी संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तत्काल पत्र पठाईने प्रमुख जिल्ला अधिकारी लुईटेलले बताएको छ ।