Sunday, April 19News That Matters

ब्याडमिन्टन पुरस्कार वितरण तथा पिकनिक पछि कार्यक्रम स्थलकाे सरसफाइ

पूर्णपुष्टि, कार्तिक १० ।

ब्याडमिन्टनप्रेमी प्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित आयोजना गरिएको ब्याड्मिन्टन प्रतियोगिताको पुरस्कार वितरण तथा पिकनिक कार्यक्रम स्थलमा पिकनिक सहभागिहरु स्वयम्ले सरसफाई गरेका छन् । आयोजकको आग्रहमा पिकिनिक सहभागिहरुले आफुले पिकनिक खाँदा निस्केका फोहोर मैलाको सरसफाई गरेका हुन् ।
चप्पण सामुदायिक वन अन्तर्गतको पिकिनिक स्पोर्टमा आयोजना भएको पिकनिकपछि त्यहाँ निस्केका फोहोरलाई सहभागि सबै मिलेर संकलन गरी जलाएका थिए । यसो गरिएपछि पिकनिक खाएको चौरी पुनः सफा भएको छ । यस कार्यले आफुले गरेको फोहोर आफैले सरसफाई गरेमा कसैले पनि फोहोरमा पिकिनिक खान नपर्ने सन्देश दिइएको छ ।
कार्यक्रम संयोजक बलबहादुर कार्कीले यो सरसफाईको संस्कार मात्र नभइ सभ्य समाजको अभ्यास पनि भएको बताउनुभयो । जिल्ला न्यायधिस, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक समाज, बुद्धिजिवि, पत्रकारसमेतको सहभागिता रहेको पिकिनिक भब्यरुपले सम्पन्न भएको थियो । सौहार्दपूर्णरुपले सम्पन्न पिकनिकलाई सरफाई कार्यले थप सभ्य बनाएको सहभागि मध्येका एक सानिमा बैंक गाईघाट शाखा प्रबन्धक लिलबहादुर पुलामी मगरले बताउनुभयो ।
ब्याडमिन्टन प्रतियोगिताले खेल र खेलाडीलाई उत्साह मिलेको र पिकनिकले थप सौहाद्रता थपेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कालिदास राई (किसन)ले बताउनुभयो । ब्याडमिन्टन खेलाडी तथा ब्याडमिन्टनप्रेमीहरुको सहभागितत्मक पिकनिकमा गरिएको सरसफाइ कार्यले अरुलाई पनि सकारात्मक पाठ सिकाएको उहाँले बताउनुभयो ।

सरसफाइ फाेटाे फिचर