Saturday, April 18News That Matters

हुरेण्डेक उदयपुरद्धारा बिपन्नलाई बाख्रा र बयर बियड बोका वितरण

पूर्णपुष्टि, १५ चैत्र ।
बल्र्ड भिजन इन्टरनेशनल र हुरेण्डेक उदयपुरले रौतामाई गाउँपालिकामा जिविकोपार्जनको लागि बाख्रा र बयर बोका वितरण गरेको छ । बिहिबार पालिकाको ७ नं वडा मुर्कुचिमा गाउँपालिकाका बिभिन्न समूहहरु सायपत्री बाख्रा उत्पादन समूह साल्थुम्का, सुनकोशी बाख्रा उत्पादन समूह लाफा गाउँ र रौतामाईकै शिवालय टोल बाख्रा उत्पादन समूहका ६ घरलाई दुई ओटाको दरले बाख्रा वितरण गरेको हो । हुरेण्डेक उदयपुरका सामाजिक विकास परिचालक गजेन्द्र मगरका अनुसार पालिकाको २, ३ र ७ नं वडाका विपन्न परिवारहरुलाई बाख्रा वितरण गरिएको हो । बियडको लागि दुई ओटा बयर बोका सहित १४ ओटा बाख्रा वितरण गरएको मगरले जनाए । हुरेण्डेकल जिविको पार्जन सघाउ भन्ने कार्यक्रमको योजनै तयार गरी उक्त कार्यक्रम बिगत देखीनै गर्दै आएको छ ।

उदयपुरको बिकट पालिकाहरुलाई लक्षित गर्दै उक्त कार्यmक्रमहरु आयोजना गर्दै आएको संस्थाका कार्यक्रम संयोजक बिकल सुवेदीले जनाए । यस कार्यक्रमले कृषी तथा पशुपालनमा टेवा पुग्ने र जिविको पार्जनमा मदत पुराउँदै गरिवी नियन्त्रण गर्ने सुवेदीको भनाई छ । रौतामाई ७ का वडा अध्यक्ष मनोज राना मगरले बाख्रा वितरण गरेका थिए । बाख्रा वितरण गर्दै अध्यक्ष मगरले वल्र्ड भिजन र हुरेण्डेकलाई धन्यवाद ब्यक्त गरे । यस कार्यक्रमले वडा सरकारलाई सहयोग पुराएको उनले बताए । बाख्रा वितरणले वडामा भएको कृषकहरुलाई आत्मनिर्भर बनाउने र गरिवबाट उतार्ने उनको भनाई थियो । वडाले गर्नु पर्ने काम र भुमिका संस्थाबाट पाएको भन्दै संस्था प्रति वडा सरकार ऋणी रहेको जनाए । दिईएको बाख्रालाई सहि सदुपयोग गर्दै आर्थिक पार्जनमा जोेड दिन उनले आग्रह गरे । त्यसका लागि वडाबाट पशु प्राविधिकहरु खटाउने र बाख्रा उत्पादनमा सहयोग पुराउने अध्यक्ष रानाको भनाई छ । संस्थाको ७० प्रतिशत लगानी र समूहको ३० प्रतिशत लगानीमा बाख्रा वितरण गरिएको सामाजिक परिचालक मगरको भनाई छ । ३२ केजी बराबरको बयर बोका ९ हजारमै पाउँदा कृषकहरु पनि खुसी छन् । यहाँ समूहले ७० प्रतिशत लगानी गर्दा किसानहरुको भने ३२ केजीका बयर बोकालाई ९ हजार मात्रै लगानी परेको छ ।