Wednesday, April 22News That Matters

१२ नं वडामा सन्जिवलाई जिताउन विश्व प्रकासको आग्रह

पूर्णपुष्टि, १२ मंसिर ।
त्रियुगा नगरपालिका वडा नं १२ मा हुन गैरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार संजिव काफ्लेलाई जिताउन कांग्रेस नेता विश्वप्रकाश शर्माले आग्रह गरेको छ । चुनावी प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै गाईघाट आएका कांग्रेस महामन्त्री समेत रहेका शर्माले इन्जीनियर समेत रहेका काफ्लेलाई जिताउन आग्रह गरे ।

उनले वडाको विकास गर्न इन्जीनियरको नेतृत्वले थप सहज हुने बताए । शर्माले १२ नं वडामा संजिवले जित्नुको कुनै विकल्प नरहेको जनाए । उम्मेदवार काफ्ले पूर्व वडा अध्यक्ष चुडामणी काफ्लेका छोरा हुन् । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा कांग्रेसले काफ्लेकै छोरा संजिवलाई उम्मेदवार बनाएका थिए । शर्माले छुडा काफ्लेले गरेको पुरानो निर्णयहरुलाई संजिवले पुरा गर्ने भन्दै जिताउनका लागि १२ नं वडावासीहरुमा आग्रह गरे ।