Friday, April 17News That Matters

१४ जिल्ला मध्यकै उत्कृष्ट बन्यो उदयपुर अस्पताल

पूर्णपुष्टि/ गाईघाट/उदयपुर मंसिर २ गते ।
उदयपुरको बोक्सेमा रहेको जिल्ला अस्पताल उदयपुर प्रदेशभरीकै उत्कृष्ट बनेको छ । उत्कृष्ट ठहरीएपछि स्पताललाई प्रदेश स्वास्थ्य मन्त्रालयले प्रशंसापत्र दिएको छ । आर्थिवर्ष ०८१÷८२ को सेवा प्रवाह कार्य संपादन मूल्याङ्कनमा १ सय पूर्णाङ्कमध्ये ८५।३८ अङ्क पाउँदै प्रदेशभरीको उत्कृष्ट अस्पतालमा दरिएको हो ।

उत्कृष्ट भएको कात्तिक २८ देखि ३० गतेसम्म आयोजित ‘प्रदेशस्तरीय वार्षिक एकीकृत समीक्षा कार्यक्रम’ समापन समारोहमा शनिबार स्वास्थ्यमन्त्री भूपेन्द्र राई र मन्त्रालयका सचिव डा. यदुनाथ घिमिरेले अस्पतालका प्रतिनिधि डा. मुकेश झालाई प्रशंसापत्र प्रदान गरे । प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको हो ।

अस्पताल प्रशासन प्रमुख भगवती केसीले उदयपुर अस्पताल यसवर्ष दोस्रो पटक उत्कृष्ट ठहरिएको बताईन् । उनका अनुसार यसअघि आर्थिकवर्ष ०७९÷८० मा पनि प्रदेशका सबै अस्पतालमध्ये उदयपुर प्रथम भएको थियो । यो सुखद परिणामले सिङ्गो उदयपुर र अस्पताल परिवार खुसी भएको उनले बताईन् ।

अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार स्वास्थ्यकर्मी कर्मचारीको कडा मेहनेत र लगावले अस्पतालले प्रगति गर्दै गएको छ । विरामीको उचित उपचार तथा अस्पताल फुलाउन फलाउन कर्मचारी तथा स्वास्थ्यकर्मीहरु कार्यालय समय ९१०ः००–४ः०० बजे० भन्दा बाहेक पनि खट्ने गरेको पाण्डेले बताए । ‘अस्पताल राम्रो बनाउन, विरामीको राम्रो उपचार गराउन रातदिन खट्ने गरेको तर, ओभरटाईमको पारिश्रमिक लिएका छैनौँ’ पाण्डेले भने ।

मेडिकल सुपरिटेण्डेन्ट ९मेसु० डा। वीरेन्द्र भण्डलले यो उपलब्धी सम्पूर्ण जिल्लाबासीको साथ, सहयोग र सहकार्यको परिणाम भएको बताउँदै सबैलाई धन्यबाद दिए । अस्पताल प्रशासन, व्यवस्थापन समिति, कर्मचारी संयन्त्र र जिल्लाबासी नागरिक समाजको साझा उपलबधीको रुपमा यसलाई लिने बताउँदै डा। मण्डलले आगामी दिनमा उपचार सेवालाई थप प्रभावकारी बनाउदै लाने प्रतिबद्धता पनि जनाए ।

दशकअघि ५० शैय्यामा स्तरोन्नति भएको जिल्ला अस्पतालमा हाल प्राय सबैखाले उपचार सेवा उपलब्ध छ । सामान्य उपचारदेखि जटिलखाल हाडजोर्नीको शल्यक्रिया ९अप्रेसन०सम्मको सेवा अस्पतालले उपलब्ध गराउदै आएको छ । पत्थरी, हाईड्रोसिल, अर्निया र एपेन्डिसाईटिसको दुर्विनको माध्यमबाट अप्रेसन गर्ने गरिएको छ भने जटिल खालका गर्भवति महिलाको सिजरियन अप्रेसन ९सिएस० प्रविधिबाट सुरक्षित र सरल रुपमा अप्रेसन गर्ने गरिएको छ ।

त्यसैगरि मुटु, मृगौला र फोक्सोको रोग पत्ता लगाउने परीक्षण गर्ने गरिएको छ भने छाला तथा यौन सौन्दर्य, मानसिक रोगको पनि बेलाबेलामा दक्ष चिचिक्सक झिकाएर परीक्षण गराउने गरिएको डा। मण्डलले बताए । अहिलेसम्म सिटी स्क्यान तथा एमआरआई र आईसियु तथा भेन्टीलेटरको सुविधा भने अस्पतालमा हुन सकेको छैन ।

त्यो सेवा पनि व्यवस्था गर्नका लागि प्रयास भईरहेको डा। मण्डलले बताएका छन् । ‘भेन्टीलेटर र आईुिसयुको व्यवस्था छैन’ मेसु डा। मण्डलले भने ‘सिटीस्क्यान र एमआरआई पनि जोहो गर्न सके जिल्लाबासीलाई धेरै सहज हुने भएकाले प्रयास गरिहेका छौँ ।’ त्यसबाहेकका सबै उपचार सेवा यही हुने गरेको अस्पतालले जनाएको छ ।