
पूर्णपुष्टि, चौदण्डीगढी, मंसिर ६ गते ।
चौदण्डीगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशव अधिकारीलाई नगर प्रमुख कालुमान लामाले जिम्मेवारीमा रोक लगाएको छ । एमाले पार्टी बाट निर्वाचित अध्यक्ष अधिकारीले पार्टीको गलत निर्णयहरु विरुद्ध आवाज उठाएको र राजिनामा माग गरी पार्टी पारित्याग गरेको अधिकारीलाई नगरपालिकाले जिम्मेवारीबाट हटाएको हो । एमाले बाट निर्वाचित भएका अध्यक्ष अधिकारीले पार्टी प्रति कपोकल्पित कुराहरु गरेको पार्टीको साधारण सदस्य समेत नरहने गरी मागिएको राजिनामा स्वीकृत भएको भन्दै अबको समयमा नगरपालिकाको ७ नं वडाको अध्यक्षको रुपमा रहन नसकिने र काम कार्वाही संञ्चालन नगर्न भन्दै जानकारी गराएको छ । अध्यक्ष अधिकारीको ठाउँमा वडा सदस्य बलराम मगरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ ।
अधिकारीले पार्टीको निति र निर्णयहरु पछिल्ला समय खराब भएको भन्दै आलोचना गर्दै आएका थिए । पार्टीको पछिल्लो अवस्थाहरु नमन परेको भन्दै अधिकारीले पार्टीबाट राजिनामा दिने निर्णयका साथ राजिनामा माग गरेका थिए । उनको राजीनामा ८२÷०६÷११ गते जिल्ला कमिटीको विस्तारित बैठकले स्वीकृत गरेको थियो ।

