Tuesday, April 21News That Matters

त्रियुगा सहित उदयपुरको ६ पालिकाले आज बजेट प्रस्तुत गर्ने

पूर्णपुष्टि, ९ असार ।
उदयपुरको ६ ओटा पालिकाहरुले आजा निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गर्ने भएको छ । त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले आज बजेट ल्याउने तयारी रहेको छ । चौदण्डीगढी र बेलकाले भने हिजै बजेट सार्वजानिक गरिसकेको छ । उनहिरुले जनतामुखी बजेट ल्याउन सफल भएको दावी गरेको छ । अन्य पालिकाहरुले केमा प्राथामिकता दिएर बजेट ल्याउने भन्नेवारे हेर्न बाँकी छ ।