
पूर्णपुष्टि, गाईघाट कार्तिक २९ गते ।
एमाले उदयपुरले संसद पुनस्र्थापनाको माग गर्दै शनिवार उदयपुरमा जनसभा गरेको छ । गाईघाटमा मोटरसाईकल र्याली सहित जिल्ला स्तरीय जनसभा आयोजना गरेको हो । एमाले जिल्ला अध्यक्ष भागवत राउतले सांसद्लाई फेरी फर्काउनु पर्ने माग गरे । र्याली पश्चात पिपलचोकमा आयोजित कोणसभामा बोल्दै राउतले फागुन २१ गते चुनाव नभई संसद्लाई पुनस्र्थापना गर्नु पर्ने बताएको हो । राउतले नेकपा एमाले नेपाली जनताको हक अधिकारको लागि ७५ बर्ष देखी लागि परिरहेको भन्दै नेपाली जनताको हक अधिकार बिरुद्ध लाग्ने कुनै पनि विरोधी सँग घोडा नटेक्ने चेतावनी दिए ।
