Monday, April 20News That Matters

बेलका ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

पूर्णपुष्टि, बेलका, कार्तिक २१ गते ।
उदयपुरको बेलका नगरपालिका वडा नं ८ मा श्रम संस्कृति पार्टी वडा कमिटी गठन भएको छ । जिल्ला संयोजक रविन तिलुङको उपस्थितिमा ५२ सदस्सीय कार्यसमिति चयन भएको छ । सयोजकमा प्रशान्त राई रहेको छ भने सह संयोजकमा पुकार दाहाल चयन भएको छ ।

निर्वाचन आयोगमा दर्ता प्रक्रिया सम्पन्न भए सँगै पार्टीले बिभिन्न जिल्ला देखी पालिका र वडाहरुमा संयोजक र सह संयोजक सहित समिति निर्माणको काम अघि बढिरहेको छ । जिल्लामा रविन तिलुङलाई संयोजक बनाउने तयारी छ भने यसलाई तत्कालै आधिकारिकता दिएर नेतृत्व चयन गरिनेछ ।