Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

तलब नपाएपछि सुपरभाइजको हत्या

तलब नपाएपछि सुपरभाइजको हत्या

समाचार
भदौ १७ गते ।   मलेसियामा नेपाली सेक्युरिटी गार्डले तलब नपाएपछि सुपरभाईजरको हत्या गरेको छ । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा हत्या गरेको हो । सुपरभाईजर ५४ वर्षीय ली पोह मेङलाई हेल्मेटले हिर्काएर मारेको प्रहरीले जनाएको छ । ली मेङको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो । सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी अधिकृतले जनाएको छ । दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको भएपनि पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।...
भोक हडताल गर्ने भूतपूर्व गोरखा सैनिकको चेतावनी

भोक हडताल गर्ने भूतपूर्व गोरखा सैनिकको चेतावनी

समाचार, संसार
भदौ १७ गते । बेलायत सरकारले गोरखा सैनिकले वषैँदेखि माग गर्दै आएका मागको सुनुवाई नभए भूतपूर्व ब्रिटिस गोरखा  सैनिकले आमरण अनसन बस्ने चेतावन दिएका छन् । गोरखा सैनिकलाई बेलायती सैकिन सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग गर्दै वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले चेतावनी दिएका हुन् । बेलायतले गोरखा सैनिकलाई विभेद गरेको भन्दै असमान व्यवहार हटाउन सरकारलाई पटक–पटकको आग्रह सुनुवाइ नभएकाले गोर्खा सत्याग्रह संघर्ष समितिले भोक हडतालमा उत्रिने चेतावनी दिएको हो । भूतपूर्व ब्रिटिस गोरखा सैनिकको हक–हितका पक्षमा आवाज उठाउँदै आएका गोर्खा सत्याग्रह संघर्ष समिति एक संस्था हो भने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पनि सक्रिय छ । चेतावनी दिएका  गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारलाई आगामी २४ अक्टुबरसम्मको समय दिएको छ । समय भित्र बेलायत सरकारले मागको सुनुवाइ नगरे भोकहड्तालमा...
चट्याङले २ सय ३३ भेडा मरे

चट्याङले २ सय ३३ भेडा मरे

आर्थिक, समाचार
भदौ १७ गते । जाजरकोटको कुशेमा चट्याङ लागेर २ सय ३३ भेडा मरेको छ । कुशे गाउँपालिकाको पाटनमो हावाहुरीसँगै परेको चट्याङले भेडा मेरेको हो । अझै २ सय ५२ वटा भेडा हराइरहेको स्थानियले जनाएको छ । अचान परेको चट्याङले भेडा सखाप पारेपछि कृषकहरु चिन्तित भएका छन् । प्रखुम आय स्रोतकै रुपमा भेडा पालन व्यवसाय गर्दै आएका कृषकहरुको भेडा मरेपछि परिवार चलाउन समस्या हुने स्थानीयले बताएका छन् ।...
फेरी बढ्यो सुनको भाउ

फेरी बढ्यो सुनको भाउ

आर्थिक, समाचार
भदौ १७ गते ।  सोमबार स्थिर रहेको सुनको भाउ आज बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेर एक तोलाको ७२ हजार ५ सय रुपैया पुगेको हो । सनु बढेर तोलाको ७२ हजार ५ सय पुगेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दर्जनौ महिला बलात्कार गर्ने एक युवक पक्राउ

दर्जनौ महिला बलात्कार गर्ने एक युवक पक्राउ

समाचार
 भदौ १७ गते । सप्तरीमा एक दर्जन बढी महिलालाई जागिरको प्रलोभन देखाई बलात्कार र लुटपाट गर्ने एक जना पक्राउ परेको छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ निबासी २८ वर्षीय सञ्जीव खड्का नाम भन्ने सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । धेरै महिलाहरुलाई रोजगारी डटकममार्फत एनआईसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागिर लगाइदिने भन्दै सम्पर्कमा ल्याई बलात्कार र लुटपाट गर्ने सन्तोषलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल र ईमोमार्फत फोन गरि जागिर लगाई दिने भन्दै विराटनगर बोलाई सन्तोषले आफ्नो गाउँ लगी बलात्कार र लुटपात गर्ने गरको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध पाँच जनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । सन्तोषलाई पक्रनु पहिलानै उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको प्रहरील...
ओमानकोे टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

ओमानकोे टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

खेलकुद, समाचार
भदौ १७ गते ।  ओमनमा हुन लागेको टी–२० क्रिकेट सिरिज नेपालको उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएको छ । आगामी असोजमा हुने पाँच राष्ट्र बीचका टी–२० क्रिकेट सिरिजमा नखेल्ने भएको हो । सिरिजमा व्यक्तिगत कारण देखाउँदै मल्लले नखेल्ने जानकारी दिएका हुन् । असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । असोज १९ गते हङकङसँग नेपालले पहिलो खेल खेल्ने छ । दोस्रो खेल असोज २० गते नेदरल्यान्डसँग खेल्ने छ भने तेस्रो खेल २२ गते आयरल्याण्डसँग खेल्ने भएको छ । त्यस्तै नेपाललले २३ गते आयोजक ओमनसँग अन्तिम खेल खेल्ने छ ।...
एउटै रूखले अड्क्यो सडक निर्माण

एउटै रूखले अड्क्यो सडक निर्माण

समाचार
भदौ १७ गते । वीरगञ्ज–पथलैया व्यापारिक मार्गको निर्माण कार्य एउटा रुखले अड्किएको छ । विरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यका साथ विस्तार गर्न लागिएको व्यापारिक मार्ग रुखकै कारण ढिलाई भएको हो । रूख कटान गर्न नसक्दा सडक विस्तारको कार्य अवरुद्ध भएसँगै कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । उक्त मार्गमा पर्ने एउटा रुख कटान गर्न नसक्दा गत फागुनबाट मार्गको निर्माण कार्य अवरुद्ध भएको छ । यस मार्गमा पर्ने रूखको कटानका लागि टाँचा (छपान) लगाउने क्रममा त्यो रूख छुटेकाले अहिलेसम्म कटान हुन सकेको छैन । रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । उक्त मार्गमा परेको रूखको कटानका लागि टाँचा लगाउने बेलामा सो रूख छुटेको हो ।  टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले  अहिलेसम्म काट्...
उदयपुरमा धुमधाम मनाए तिज  (फोटो फिचर)

उदयपुरमा धुमधाम मनाए तिज (फोटो फिचर)

समाचार
उदयपुर, भदौ १६ गते । विभिन्न कार्यक्रम गरी हिन्दु नारीहरुले भब्यताका साथ तिज मनाएको छ ।  विहानै स्नान गरी शिवको पुजा गरी ब्रत बसेका नारीहरु विभिन्न सास्कृतिक कार्यक्रम गरी धुमधामका साथ तिज मनाएको हो । नारीहरुको विषेश पर्वको रुपमा मनाउँदै आएको तिज यसपाली पनि भब्यताका साथ सम्पन्न भएको छ । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।...
पत्रकार बन्न परीक्षाको प्रस्ताव

पत्रकार बन्न परीक्षाको प्रस्ताव

समाचार
भदौ १६ गते ।  समाजमा उठेको विभिन्न प्रश्नको विच कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । सत्तारुढ दल नेकपाका १४ जना सांसदले आईतबार संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । पत्रकारिता व्यवसायी परीक्षा भनिने परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ । वर्षमा दुई पटक लिईने प्रवधानको साथ यसका लागि पाठ्यक्रम काउन्सिलले नै तयार गर्ने संशोधन प्रस्तावमा उल्लेख छ । ‘काउन्सिलले पत्रकारिता व्यवसायी परीक्षाको पाठ्यक्रम, स्तर र प्रणाली निर्धारण गर्नेछ । यससम्बन्धी पत्रकारिताको विषयको अध्ययन अध्यापन शैक्षिक संस्थाहरुको आवश्यक सहयोग काउन्सिलले लिने संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।’ पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने स...
मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई जरिवाना हट्ने

मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई जरिवाना हट्ने

समाचार
भदौ १६ गते । कुनै पत्रकार वा मिडिया हाउसले समाचार लेखेकै कारण कसैको प्रतिष्ठामा आँच पुगेको ठहर भएमा १० लाखसम्म जरिवाना तिर्नु नपर्ने भएको छ । सरकारले राष्ट्रियसभामा पेर गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकको पीडितलाई २५ हजारदेखि १० लाखसम्म क्षतिपूर्ति भराउने दफा सत्तारुढ नेकपाकै तर्फबाट हटाउने गरी संशोधन दर्ता भएपछि जरिवानाको व्यवस्था हट्ने भएको हो । नेपाल पत्रकार महासंघ र नेकपा संसदीय दलबीच भएको सहमतिमा सत्तारुढ नेकपाका सांसदहरु शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरीलगायतले संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको परामर्शमा सोमबार संशोधन दर्ता गराएको थियो । सत्तापक्षको १४ जना सांसदले राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकमाथि संशोधन दर्ता गर्दै ‘२५ हजार देखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्ने प्रस्ताव गरेका...