Month: ७ वर्ष अगाडि
नेपालकै पहिलो सुरुङ मार्गका लागि १६ अर्ब
असोज ७ गते ।
नागढुङ्गा–नौविसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ । नेपालकै पहिलो सुरुङ मार्गको रुपमा चिनिएको सुरुङ मार्ग निर्माणको सम्झौता भएको हो ।
दुई दशमलव छ किलोमिटर लामो सुरुङ बनाउन सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबी विच सोमबार सम्झौता भएको थियो । सडक विभागको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापा र हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सुरुङ मार्गको काम नोभेम्बर महिनादेखि सुरु गर्नेछ । आयोजनाको कामको लागि धादिङका केही स्थानमा जग्गा अधिग्रहणको विषयमा समस्या देखिएपछि कम्पनीले काठमाण्डौैतर्फबाट काम सुरु गर्ने र जग्गाको समस्या आफूहरुले समाधान गर्दै जाने विभागले जनाएको छ ।
४२ महिनामा सुरुङ मार्गको काम सक्ने गरि सम्झौता गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग सुरुङ मार्ग निर्माणको लागि १६ अर्ब र...
रौतामाई गाउँपालिकामा पर्यटन विकासको प्रचुर संभावना
खम्बराज राई
रौतामाई गाउँपालिका उदयपुर जिल्लाको मध्ये उत्तरी भागमा अवस्थित रहेको छ । साविक पोखरी, रौता, आँपटार, भुट्टार, लाफागाउँ र नामेटार गा.वि.स. गरी ६ वटा गाविस मिलेर बनेको यो गाउँपालिका २०४.०८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको पहाडी भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टतामा छुट्टै विशेषता, मौलिकता र पहिचान रहेको छ । भौगोलिक अवस्थितिको आधारमा समुन्द्र सतहदेखि ३६० मिटरदेखि २३१० मिटरको उचाईमा रहेको छ । यो गाउँपालिका २६ड्ढ५३‘०”देखि २७ड्ढ०३‘५७”उत्तरी आक्षंश र ८६ड्ढ३५‘१३”देखि ८६ड्ढ४६‘०” पूर्वीदेशान्तरमा फैलिएको छ । यस गाउँपलिकाको पूर्वमा खोटाङ जिल्ला, पश्चिममा उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिका दक्षिणमा त्रियुगा नगरपालिका र उत्तरमा लिम्चुङबुङ गाउँपालिका र खोटाङ जिल्लासँग सिमाना जोडिएको छ ।
अनुपम प्राकृतिक सौन्दर्य, प्रच...
अवैध ढंगले असुलेको ३९ करोड मेडिकल कलेजले फिर्ता नगरे कारवाही
असोज ७ गते ।
अवै ढंगले मेडिकल कलेजहरूले असुलेका ३९ करोड रुपैयाँ फिर्ता गर्न नमानेपछि सरकारले कारबाहीको दायरामा ल्याउन लागेको छ । सरकारले तोकेको भन्दा १३ लाख रुपैयाँ बढी असुलेको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन लागेको हो ।
किस्ट कलेज, युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेसनल मेडिकल कलेजले मापदण्ड भन्दा बढी शुल्क लिएको पीडित विद्यार्थीहरुको गुनासो छ । कलेजहरूले बढी लिएका ३९ करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको विद्यार्थी संघर्ष समितिले जनाएको छ ।
मेडिकल कलेजहरुलाई सरकारले अवैध ढंगले असुलिएको शुल्क फिर्ता गर्न एक महिनाको अल्टिमेटम दिएको छ । उक्त कलेजहरुले एक महिनाभित्र विद्यार्थीलाई शुल्क फिर्ता नगरे सरकारले कारबाही गर्ने जनाएको हो ।
यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । ...
बालुवाटार प्रकरणमा सीआईबीको निष्कर्ष
असोज ७ गते ।
बालुवाटारको ललिता निबास प्रकरणमा सीआईवीले संलग्नलाई गठी कसुरमा कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन ल्याउन लागेको छ । प्रहरीले ललिता निवासको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्न भएकालाई कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको हो ।
छ महिना लामो छानविनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अन्तिम रुप दिन लागेको छ । प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटक शमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
श्रीमानले वास्ता नगरेपछि मृगौला पिडित टिकाको बिजोग, उपचारको लागि आर्थिक सहयोगको माग
उदयपुर/आसोज, ६
३ बर्षदेखि बैदेशिक रोजगारमा कतार पुगेको श्रीमानले वास्त नगरेपछि दुवै मृगौला पिडित टिका बस्नेत एतिवेला बिजोक अवस्थामा रहेकी छिन् । चौदण्डीगढी नगरपालिका वडा नं ९ हडियाका तेज बहादुर थापासँग मागी बिबाह गरेकी बस्नेत अहिले श्रीमानको सहारा नपाएपछि आफुलाई माइती र आफन्तहरुले बचाँईरहेको बताउँछिन् । उदयपुरगढी गाउँपालिका वडा नं ७ बिजनबारी नेपालटारमा रहेको माइती पक्ष र आफन्तहरुको कारण अहिले सम्म बाँच्न सकेरहेको उनीले बताईन् ।
उपचारको क्रममा लाखौँ खर्च सकिएपछि बिगत ४ बर्ष देखि दुवै मृगौला फेल भएकी बस्नेतको आर्थिक समस्याका कारण अहिले उपचारमा समस्या आएको छ । श्रीमालने आफुले अर्कै बिबाह गरिसकेको भन्दै उनिको वास्त व्यस्त गर्न छाडेको र त जे सुकै गर मलाई तेरो कुनै मतलव छैन तलाई म अब केहि गर्न सक्दिन भन्दै थप पिडा दिएको उनिले बताईन् ।
१ बर्ष सम्म श्रीमानले नै उपचार खर्च गर्दै आएको भएता ...
रामजानकीमा कानुन विषय पठनपाठन सुरु
उदयपुर, असोज ६ गते ।
उदयपुरको रामजानकी माविमा कानुन विषयको पठनपाठन सुरु भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको रामजानकी माध्यामिक विद्यालयले कक्षा ११ बाट कानुन विषयको पठनपाठन सुरु गरेको हो ।
कानुन विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत कार्यक्रमका साथ स्वागत गरेएका छन् । यस विद्यालयले जिल्लामै पहिलो पटक कानुन विषयको पठनपाठन सुरु गरेको विद्यालयका प्रध्यानध्यापक देवनाथ चौधरीले बताए ।
समाजको आवश्यता र शिक्षामा गुणस्तरियतासँगै प्राविधिक शिक्षालाई जोड दिने उद्देश्यले कानुन विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयले कानुन र शिक्षा संकायको पठनपाठन सुरु गरेको छ । नगरबाट स्वीकृती लिएर दुई विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए ।
विद्यालयको प्रस्तावलाई मेयरले महत्वका साथ स्वीकृती दिएर कानुन विषयलाई विशेष रुपमा लिएको र सहयोग गर्दै आएको प्रअ चौधरीले बताए । वडा...
World Headlines & World Business Report
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...
इस्ट टुरिजम् मार्टमा होटल व्यवसायी संघ उदयपुरको सहभागीता
उदयपुर/असोज, ५
नेपालको बिभिन्न पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन र विकास गर्ने भन्दै आयोजना भएको इन्डस्ट्रि इस्ट टुरिजम् मार्ट २०१९ मा जिल्ला होटल व्यवसायी संघ उदयपुरले पनि उत्साहजनक सहभागीता जनाएको छ ।
शनिवार १ नं प्रदेशको धरान उप–महानगरपालिकामा भएको टुरिजम महोत्सवमा सहभागिता जनाएको हो । जिल्लाबाट होटल व्यवसायी संघ उदयपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठसहितको टोलीले सहभागीता जनाएको हो । १ नं प्रदेशको सबै जिल्लाहरु आयोजक समितिको सदस्य समेत रहेर कार्यक्रममा सहभागी रहेको संघका अध्यक्ष श्रेष्ठले बताए ।१ नं प्रदेशको १४ ओटै जिल्ला र प्रदेश बाहिरको पोखरा, मकवानपुर, चितवन र देश बाहिरबाट, पूर्वी भारत, भुटान र बङगलादेशले पनि सो कार्यक्रममा सहभागी जनाएका थिए । बिषेश गरी १ नं प्रदेशको पर्यटकीय क्षेत्रलाई पहिचान गर्ने र त्यस्ता क्षेत्रलाई अवलोकन गरी तत्काल परिचालनमा ल्याउने भन्दै पर्यटनन महोत्सवको आयोजना ...
बन्चरोले हानेर २ जना घाईते
ओखलढुङ्गा असोज ५ गते ।
ओखलढुङ्गाको मानेभञ्ज्याङमा हर्कजित राईले घरेलु हतियार बन्चो प्रहार गरी दुई जनालाई घाईते बनाएका छन् । मानेभञ्ज्याङ गाउँपालिका–१ मोली फस्कु निबासी ५५ वर्षीय राईले घरायसी विवादमा बन्चरो प्रहार गरी विश्रबहादुर राई र उनको श्रीमति रत्नमाया राईलाई घाईते बनाएका हुन् ।
गतराती करिब ११ बजे ७२ वर्षीय विश्रबहादुर र उनको श्रीमति ६५ वर्षीय रत्नमायालाई शरिरको विभिन्न भागमा बन्चरोले हानेर गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते दुवै जनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाएको प्रहरीले जनाएको छ ।
बन्चारो प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरीले जनाएको छ ।...

