Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ईलाम, कात्तिक २१ गते ।  ईलामको माई जोगमाईमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । माई जोगमाई गाउँपालिका–५ सोयाङ निबासी ६० वर्षीय टेकबहादुर खड्को मृत्यु भएको हो । बुधबार विहान करिब साँढे ९ बजे घाँस काट्न हिडेका खड्का अबेरसम्म  घर नफर्केपछि खोजतलास गर्ने क्रममा घरबाट करिब १ सय मिटर पूर्वमा रहेको घर भिर मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ तत्तकाल प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहहरी कार्यालयले जनाएको छ ।...
नेस्पेकको अध्यक्षमा पोखरेल निर्वाचित

नेस्पेकको अध्यक्षमा पोखरेल निर्वाचित

समाचार
उदयपुर, कात्तिक २१ गते ।  उदयपुरको एक गैरसरकारी सस्था नेस्पकेको अध्यक्षमा अर्जुन पोखरेल निर्वाचित भएको छ । २४ आँै बार्षिक साधरण सभा तथा ८ औ अधिवेशनबाट पोखरेलको अध्यक्षमा नयाँ समिति चयन भएको हो । यस अघि संस्थाको महासचिव रहेका पोखरेल अधिवेशन तथा साधरण सभाबाट अध्यक्षमा सर्वसहमत निर्वाचित भएको नेस्पेकले जनाएको छ । उपाध्यक्षमा खगेन्द्र पोखरेल, महासचिव शिव भट्टराई, कोषाध्यक्षमा सृजना राई र सदस्यहरु क्रमश ः आनन्द खड्क, शिव दियाली र शर्मिला राना मगर रहेका छन् ।...
आज उपचुनावको लागि उम्मेदवारको मनोनयन दर्ता

आज उपचुनावको लागि उम्मेदवारको मनोनयन दर्ता

समाचार
कात्तिक २१ गते ।  आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उपचुनावका लागि उमेदवारको मनोनय दर्ता हुदैछ । आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उपचुनावको लागि विहिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै गरेको निर्वाचन आयोगले जनाएको हो । उम्मेदवारी दाबी विरोध उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली आउँदो आइतबार प्रकाशन गर्ने आयोगले जनाएको छ । त्यस्तै आउँदो बुधबार मात्रै पालिकाका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगले जनाएको छ  । मंसिर १४ गते प्रतिनिधिसभाका एक जना सहित तीनजना प्रदेशसभा सदस्य र पालिकाका चार जना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते मतदान हुँदैछ । निर्वाचन आयोगले उपचुनावका लागि २ सय ४७ वटा मतदान स्थल ...
साकेला टोल विकासले देउँसी भैलो कार्यक्रमबाट ६० हजार संकलन

साकेला टोल विकासले देउँसी भैलो कार्यक्रमबाट ६० हजार संकलन

आर्थिक, समाचार
गाईघाट, कात्तिक २१ गते ।  गाईघाटको साकेला टोल विकास संस्थाले नेपाली मौलिक परम्परागत देउँसी भैलो कार्यक्रम गरेर करिब ६० हजार ४ सय १ रुपैयाँ संकलन गरको छ । नेपालीहरुको एक विशेष महान चाड तिहारको अवसरमा देउँसी भैलो कार्यक्रम गरेर त्रियुगा नगरपालिका–११ का साकेला टोल विकासले उक्त रकम संकलन गरेको हो । नेपालीहरुले परम्परागत रुपमा मनाउँदै आएका विभिन्न मुख्य चाड पर्वहरुमध्ये तिहार पनि एक मुख्य चाड हो । मौलिक परम्परागत रुपमा मनाउँदै आएका तिहारलाई संरक्षण तथा रमाईलो तिहार बनाउनका लािग देउँसी भैलो कार्यक्रम गरेको टोल विकास संस्थाकाकी अध्यक्ष तारा श्रेष्ठले बताईन् । विभिन्न चाड पर्वहरुको छुट्टा छुट्टै विशेषता हुने भएकाले रमाईलो चाड बनाउनका निम्ति पनि परम्परागत रुपमा मनाउँदै आएको चाड पर्वको संरक्षण गर्न जरुरी छ । संकलन भएका पैसामध्ये कार्यक्रमको खर्चबाट बचेको पैसा आगामी कार्यक्रमको लागि नेपाली प...

स्कुलबसकाे ठक्करले बृद्धकाे मृत्यु

समाचार
पूर्णपुष्टि, कात्तिक २१ । उदयपुरकाे बेल्टारमा स्कुलबसकाे ठक्करबाट बिहिबार बिहान एक बृद्धाकाे ज्यान गएकाे छ । जिल्लाकाे चाैदण्डिगढी नगरपालिका ७ पारुहाङचाैकमा पारुहाङ एकेडेमी स्कुलकाे ना ४ ख ८१३४ नम्बरकाे बसले ठक्कर दिएर चाैनपा ८ सिद्धिपुरकी ६० बर्षिया यशाेदा खुलालकाे ज्यान गएकाे हाे । प्रहरीका अनुसार पैदय यात्रामा रहेकी बृद्धलाई एक्कासि बसले ठक्कर दिएकाे थियाे । उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर प्रकृित मुचुल्का उठाएकाे जनाएकाे छ । ...
च्याम्प्यिन्स लिगमा युभेन्टसको जित

च्याम्प्यिन्स लिगमा युभेन्टसको जित

खेलकुद, समाचार
कात्तिक २१ गते ।  च्याम्प्यिन्स लिग फुटबलमा युभेन्टसले जित हात पारेको छ  । गतराति भएको खेलमा युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो । खेलको तेस्रो मिनेटमा युभेन्टसका आरोन राम्सेले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै खेलका १२ औं मिनेटमा लोकोमोटिभ मस्का अलेक्सी मिरान्चुकले १ गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । तर ५५ औँ मिनटमा युभेन्टसका केभिन भोलान्डले १ गोल गर्दै २–१ ले आफ्नो टिमलाई जित दिलाएको थियो ।...
दिल्लीको धुलोले नेपालको तराई प्रदूषित

दिल्लीको धुलोले नेपालको तराई प्रदूषित

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक २१ गते । नेपालको तराई क्षेत्रका केहि स्थानमा दिल्लीको धुलोले प्रदूषित भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै  तराईमा आइपुगेको देखाएको हो । तराईमा आएका प्रदूषण काठमाडौँमा भने नभित्रिने महाशाखाले स्पष्ट पारेको छ । अहिले दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च रहेको छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ । राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...
भारतको नक्मासमा परेका कालापानी क्षेत्र प्रति सरकारको ध्यानाकर्षण

भारतको नक्मासमा परेका कालापानी क्षेत्र प्रति सरकारको ध्यानाकर्षण

समाचार
कात्तिक २१ गते ।  केहि दिन अगाडी भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट जनाएको छ । नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धीका विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय गरेको निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारिएको छ । नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि ...
भारतको नक्सामा नेपाली भूभाग, अनेरास्ववियूकोे विरोध ¥याली

भारतको नक्सामा नेपाली भूभाग, अनेरास्ववियूकोे विरोध ¥याली

समाचार
कात्तिक २० गते ।  भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुभाग परेपछि चौतर्फी आलोचना भईरहेको छ । गएको शनिबार भारतले सार्वजनिक गरेको नक्सामा नेपालको करिब ३ सय ७२ किलोमिटर भन्दा बढी जमिन समेटको भुभाग समावेश गरएको छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । अहिले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् । यसै क्रममा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ¥याली निकालेर विरोध गरको छ । ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् । यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने अनेरास्ववि...
कार दुर्घटनामा ३ जनाको मृत्यु

कार दुर्घटनामा ३ जनाको मृत्यु

समाचार
कात्तिक २० गते ।  सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा विहान कार दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो भने दुई जना घाईते भएका छन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुदा मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।...