Thursday, August 6News That Matters

Month: ७ वर्ष अगाडि

प्रति दिन सुनको भाउ घट्यो

प्रति दिन सुनको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक २२ गते ।  आज सुनको भाउ घटेको छ । शुक्रबार तोलामा ७ सय सय रुपैयाँले सनुको भाउ घटेको हो । बजारमा सनु तोलाको ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

समाचार, संसार
कात्तिक २२ गते ।  न्यूयोर्कको एक न्यायधिशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ । ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा उक्त रकम जरिवाना तिन आदेश दिएको हो । न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै उक्त रकम तिर्नु पर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो ।...
व्याडमिन्टन खेलाडीलाई खेल सामग्री सहयोग

व्याडमिन्टन खेलाडीलाई खेल सामग्री सहयोग

खेलकुद, समाचार
उदयपुर, कात्तिक २२ गते ।  उदयपुरको बेल्टारमा एक ब्याडमिन्टन खेलाडीलाई खेल सामाग्री सहयोग गरिएको छ । बेल्टार व्याडमिन्टन ऐकेडेमीले आर्थिक अवस्था कमजोर भएका तथा राम्रो खेल सम्भावना र क्षमता भएका चौनपा ५ सुन्दरपुर घर भएका खेलाडी जयराम राईलाई सहयोग गरेको हो । उनलाई एक जोर जुत्ता, एक सेट जर्सी, एक सेट रेकेट, एक जोर निक्याप गरी आठ हजार पाँच सय ५० रुपैयाँ मुल्यको खेल सामग्री सहयोग प्रदान गरेको संस्थापक अध्यक्ष भेषबहादुर मगरले बताउनुभयो । खेलाडीलाई चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राई, पालिका खेलकुद अध्यक्ष शशिचन्द्र राई र ऐकेडेमीका अध्यक्ष मगरले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । खेलप्रति रुचि भएका र क्षमता भएका व्यक्तिहरु आर्थिक अभावका कारण पछि नपरुन भनेर सानो सहयोग गरेको अध्यक्ष मगरले बताउनुभयो ।...
साउदीमा गाडीको ठक्करले उदयपुरे युवाको ज्यान गयो

साउदीमा गाडीको ठक्करले उदयपुरे युवाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, कात्तिक २२ । रोजगारमुलक विदेशी भूमिमा हिजो उदयपुरे एक युवाको ज्यान गएको छ । बेलका नगरपालिका ८ का ३० वर्षिय भविन्द्र कटुवालको गाडीको ठक्करबाट साउदीमा  ज्यान गएको हो । कामको सिलसिलामा खटिएर विहानको खाना खान फर्कदै गर्दा सवारी साधनले ठक्कर दिई उनको ज्यान गएको उनकी दिदी देवि कटुवालले जानकारी दिनुभयो । बैदेशिक रोजगारीको सिलसिलामा उनी गएको बैशाखमा साउनी गएका थिए । दुर्घटनाको खबर लगत्तै परिवार शोकमा डुबेको छ । परिवारमा एकछोरा, एकछोरी, श्रीमती र बृद्ध बुवाआमा छन् । परिवारले दोषीमाथी कानूनी कारवाहीको मागका साथै छिटो शब नेपाल झिकाईदिन र क्षतीपूर्तीको माग गरेको छ ।  ...
अवैध गाँजा फडानीमा प्रहरी

अवैध गाँजा फडानीमा प्रहरी

समाचार
उदयपुर, कात्तिक २१ गते ।  उदयपुरमा अवैध रुपमा लगाईएका र आफै उम्रिएका लागु औषध गाँजा फडानीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । पश्चिमी विकट पहाडी पालिका ताप्लि गाउँपालिकाको विभिन्न वडामा अवैध लगाईएका र आफै उम्रिएका गाँजा फडानीमा विहिबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी नायव निरिक्षक गोपाल राईको कमाण्डमा ११, सशस्त्र प्रहरी बल नेपाल न। ५ गण उदयपुरबाट सशस्त्र प्रहरी नायव निरिक्षक गुण्ड तामाङको कमाण्डमा १५, ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरिक्षक रामनारायण माझिको कमाण्डमा २३ जना र सशस्त्र प्रहरी बल बेस क्याम्प कटारीबाट सशस्त्र प्रहरी नायव निरिक्षक डम्बर दनुवारको कमाण्डमा ७ जना प्रहरी गाँजा फडानीमा परिचालन भएको जनाईएको छ । ताप्लिको वडा नम्बर क्रमश स् १,२,३,४ र ५ नम्बर वडाको विभिन्न गाउँ बस्तिमा अवैध रुपमा लगाएका र आफै उम्...
भारतको नक्सका प्रति माओवादी मजदुर पार्टीको घोर भत्र्सना

भारतको नक्सका प्रति माओवादी मजदुर पार्टीको घोर भत्र्सना

समाचार
उदयपुर, कात्तिक २१ गते ।  भारतले भर्खरै सार्वजनिक गरेको राजनीतिक नयाँ नक्सा प्रति मोओवादी मजदुर पाटी केन्द्रिय तदर्थ समितिले विहिबार प्रेस विज्ञाप्ति जारी गर्दै घोर भत्र्सना गरेको छ । भारतले सर्वभौम राष्ट्र माथि हस्तक्षेप गरेको र तत्काल नसच्याए आन्दोलमा उत्रने विज्ञप्तिमा उल्ले गरेको छ । छिमेकी भएपनि राम्रो सोचको नभई विस्तारबादी भएकाले नक्सा सच्याउनु पर्ने, नसच्याएमा पाटी आन्दोलन गर्न तयार रहेको मोओवादी मजदुर पाटी केन्द्रिय तदर्थ समितिका प्रवक्ता जगत कटुवालले बताए ।...
भारतको नक्सा मान्य छैन : प्रचण्ड

भारतको नक्सा मान्य छैन : प्रचण्ड

समाचार
कात्तिक २१ गते ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले भर्खरै जारी गरेको नक्सा स्वीकार्य नहुने बताएका छन् । पोखरामा विहिबार नेकपा अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग भने ‘ भारतले जुन खालको नक्सा सार्वजनिक ग¥यो नेपाललाई मान्य छैन ।’ लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘यो गलत हो, यसबारे पुनर्विचार गरिनुपर्छ ।’ भनेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन ।’ भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको छ । यसबारे सरकार बोलिसकेको छ । नेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एक ठाउँमा उभिने अध्यक्ष दाहालले बताए । उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा केहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’...
आज विदेशी मुद्राको भाउ बढ्यो

आज विदेशी मुद्राको भाउ बढ्यो

आर्थिक, समाचार
कात्तिक २१ गते । आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राहरुको भाउ बढेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ४१ पैसा रहेको थियो । साउदी रियाल  १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो खरिददर २ सय ९५ रुपैयाँ ०४ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ छ ...
सिमाबारे विद्यार्थी उत्रिए

सिमाबारे विद्यार्थी उत्रिए

समाचार
पूर्णपुष्टि, कात्तिक २१ । भारतले सिमा नाघ्दै नेपालको भूमिलाई भारतको नक्सामा समावेश गरेकोमा चर्को विरोध गर्दै विद्यार्थीहरुले उदयपुरमा पनि प्रदर्शन गरेका छन् । त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडाका विद्यार्थीहरुले विहिबार चर्को विरोध गर्दै गाईघाटमा प्रदर्शन गरेका हुन् । अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन गरिएको जिल्ला अध्यक्ष बिमल कार्कीले बताए । भारतले नेपालको भूमी, कालापानी, लिपुलेक र लिम्पियाधुरा आप्mनो भूमिमा समावेश गरेको भन्दै सोको विरोधमा प्रदर्शन गर्दै र्याली तथा गाईघाट बजारको पिपलचौकमा कोणसभा गरेको थियो । हाम्रो भूमी फिर्ता गर, भारतीय विस्तारवाद मुर्दाबाद, देशभक्त विद्यार्थी एक हौं, हाम्रो भूमि हाम्रै हो जस्ता नाराबाजी गर्दै उनीहरुले नाराबाजी गरेका थिए । कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले भारतको नेपालप्रतिको अपमान र हेपाहा प्रबृत्तिको चर्को आलोचना गरेका थिए । यस्...
नयाँ विद्यालय खोल्न रोक

नयाँ विद्यालय खोल्न रोक

शिक्षा, समाचार
कात्तिक २१ गते ।  काठमाण्डौमा काठमाण्डौँ महानगरपालिकाले नगर भित्र नयाँ विद्यलय स्थापना गर्न रोक लगाएको छ । महानगरले अहिले सञ्चालनमा भई रहेका विद्यालयलाई गुणस्तरीय बनाउनका लागि नयाँ विद्यालय स्थापनामा अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी भन्दा विद्यालय बढी भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको नगरको शिक्षा विभागले जनाएको छ । अहिले महानगरमा ९१ सार्वजनिक र ६ सय ४३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । उक्त विद्यालयमा १ लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । त्यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन रहेको विभिगले जनाएको छ । संघियता पछि कानूनीरूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएपछि नगरले यस्तो व्यवस्था गरेको हो । महानगरमा ९१ सामुदायिक विद्यालयमा १ हजार ८३० शिक्षक कार्यरत छन् । मह...